धरान÷ कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कृषि पेशा नै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताउनुभएको छ ।
मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्मको अवलोकन गर्दै विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरी थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न लागु गरिएको सहुलियत ब्याज दरको ऋण तथा अनुदानको सदुपयोग र उपयोग गर्न आग्रह गर्नुभएको छ ।
४ वर्ष वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका धरानका १७ का ललित गजमेर र मन्जिल लिम्बुले १६ लाख रुपैयाको लगानीमा दुई वर्ष अघि देखि मोरङको बेलबारी ६ स्थित बोरोबादमा बंगुर फार्म संचालनमा ल्याएका छन् । फार्मको अवलोकन गर्दै राज्यमन्त्री गजमेरले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
