धरान÷पूर्वकी उदयीमान कवयित्री तथा गजलकार गीता भट्टराईको सोमबार असामयिक निधन भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ५ पचरुकीकी भट्टराईको सोमबार आफनै घरको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । पारिवारिक सं्रोतका अनुसार सोमबार भट्टराई घरमा एक्लै बसेकी थिइन् ।
साँझ करिब ५ बजे उनको कोठा भित्रबाट बन्द गरेको देखेपछि ढोका खोल्न आग्रह गरेका थिए । पटक पटक ढोका खोल्न आग्रह गर्दा पनि ढोका नखुलेपछि परिवारका सदस्यले झ्यालबाट कोठामा चियाएका थिए । उनले कोठामा रहेको सिलिङ्ग फेनमा सलको पासो लगाएर अस्वभाविक मृत्यु रोजेकी थिइन् । एक छोरा, एकछेरीकी आमा भट्टराईले अस्वभाविक मृत्यु किन रोजिन भन्ने कुरा हालम्म खुल्न सकेको छैन ।
पछिल्लो समय भट्टराई कविता, गजल लेखनसँगै गायन क्षेत्रमा समेत सक्रिय रहेकी थिइन् । उनलाई हालससम्म दर्जन भन्दा बढी साहित्यिक संघ संस्थाहरुले सम्मान र अभिनन्दन गरिसकेका छन् ।
