धरान ११ र २० जोड्ने सर्दुखोलामा पुल निर्माण सम्पन्न

धरान÷ धरान उपमहानगरपालिका ११ मगलबारे र २० विष्णुपादुका जोड्ने सर्दुखोलामा पुल निर्माण भएपछि धरान उपमहानगरपालिकाबासी भएर पनि दुर्गमको जस्तै पीडा भोग्दै आएका विष्णुपादुकाका सर्वसाधारणले राहतको सास फेरेका छन् ।
साविक विष्णुपादुका गाविस २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिए पनि विष्णुपादुकाका जनताको अवस्थामा भने खासै परिवर्तन आउन सकेको थिएन । उपमहानगरपालिकाबासी भएर पनि विष्णुपादुकाबासी बर्षादको समयमा बर्षेनी आफ्नै उपमहानगरपालिकासग सम्बन्ध विच्छदे झै हुन्थ्यो । तर अहिले पुल निर्माण भएपछि भने उनीहरुले धरान उपमहानगरमै बसोबास गरेको महसुसमात्र गरेका छ्रनन् आफूले उत्पादन गरेको कृषिजन्य वस्तु धरानसम्म ल्याएर विक्री समेत गर्न सहज भएको छ ।
धरान उपमहानगरपालिकाले धरान २० विष्णुपादुकालाई कृषि जोनको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यस स्थानमा अदुवा, बेसार, लसुन लगायतका अन्य हरिया सागसब्जी प्रसस्त उत्पादन हुन गर्छ । तर बर्षादका समयमा उनीहरुले धरान ११ मंगलबारे र धरान २० विष्णुपादुका जोड्ने सर्दु खोलामा पुल निर्माण नहुँदा उनीहरुले उत्पादन गरेको कृषि सामाग्री बजार सम्म ल्याउन नै धौ धो पर्दथ्यो । बर्षनी बर्षाद्को समयमा वारपार गर्न नै कठिन हुने यहाका कृषकहरुलाई सहज भएको
धरान ११ का जीतबहादुर राई बताउनुहुन्छ । धरान ११ मंगलबारेका कृषकहरु घास दाउरा गर्न धरान २० विष्णुपादुका जानुपर्दा धेरै अप्ठेरो पर्ने भएपनि अहिले पक्की पुल नै निर्माण भएपछि जीवन यापनमा सहजता आएसंगे यहाका सर्वसाधारण खुशीले गदगद भएको उहाँले बताउनुभयो ।
यो पुल ठेकेदार कम्पनी कार्की बन्धु कन्ट्रक्सनले ८ करोड ३२ लाखमा बनाएको हो । यो पुल स्वीस सरकारको सहयोगमा नेपाल सरकारले निर्माण गरेको हो । धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने बाटोलाई यो पुलले जोडेको छ ।
१ सय २१ मटर लम्बाई रहेको यो पुल निर्माण सम्पन्न भएसंगै खोलामा आएको बाढीले निम्तिने समस्या हटेर गएको छ । धरान २० का मोतिलाल राईले विगतमा समस्या सम्झिदा कहालीलाग्दो भएको बताउनुभयो । उहाँले विगतमा सर्वसाधारणलाई खोलाले बगाउने, विक्री गर्न ल्याएको सागसब्जी खोलाले बगाइदिने गरेको बताउनुभयो । उहाले धरानमा पढ्न आउने आफ्ना नानीहरुलाई विद्यालयसम्म जान नै मुस्किल हुने बताउदै खोलामा पुल निर्माण भएपछि यो सबै समस्या हटेर गएको बताउनुभयो ।
विगतमा सवारी साधन लिएर जादा गन्तव्यसम्म पुग्न समेत धौ धौ पर्ने गथ्र्यो भने फर्कदा उस्तै चिन्ता हुन्थ्यो । चालक गेहराज पराजुलीले बर्षादमा खोलामा बाढी समेत आउने गरेका कारण सवारी साधन खोलामा फस्दा बल्ल निकालेर गन्तव्यसम्म पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो ।
धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने बाटोलाई यो पुलले जोडेको छ । यो पुल औपचारिकरुपमा उद्घाटन भने भएको छैन । तर, जनताको आवश्यकतालाई बुझेर पुल सञ्चालनमा ल्याइएको वडाका जनप्रतिनिधिहरुले बताएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष मणिराम राईले बर्षाको बेला सर्दु खोलाको बाढीले गर्दा विष्णुपादुकाको कृषिजन्य उत्पादन धरान बजारसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले पुल निर्माण गरेको बताउनुभयो । उहाले अहिल विष्णुपादुकाको तरकारी, कृषि उत्पादनहरु सजिलै ल्याउन सकिने बताउनुभयो । धरानबाट १७ किमीको दूरीमा रहेको उपमहानगरपालिकाकै २० नं. वडा पुग्न समस्या झैल्दै आएका सर्वसाधारणले पुल निर्माण भएसंगै उपमहानगरपालिकाको आभाष भएको महसुस गर्न थालेका छन् । हिन्दुहरुको आस्थाको केन्द्र विष्णुपादुका मन्दिरसम्म श्राद्ध गर्न जाने सर्वसाधारण समेत पुल नहुदा हैरानी हुने गरेका थिए । पुल निर्माण भएपछि अहिले सबैको जीवनयापन सहज भएको छ ।

तपाईको प्रतिक्रिया