पूर्वाञ्चलमै पहिलो र ग्राहकहरुका लागि सर्वसुलभको ट्रेडमार्क बनेको गोरखा डिपार्टमेन्ट स्टोरले इटहरी र विराटचौकस्थित रहेको आफ्ना दुवै किचनबाट रु ५० मा सदा खाना र रु ९० मा चिकेन खाना उपलब्ध गराउन थालेको छ । यतिमात्र हैन खानासागै शुद्ध फिल्टर
गरिएको पानी समेत आफ्ना ग्राहकहरुलाई नि:शुल्क उपलब्ध गराउादै आएको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, स्टोरकै कर्मचारीहरुले भन्न थालेका छन् यो रेटमा खाना खुवाएर केही मुनाफा आर्जन हुादैन । आचार्य भन्नुहुन्छ मुनाफा होस् कि नहोस् ग्राहकहरुले भरपेट खाना त खान पाउनु पर्यो नि । अत्यन्तै सफा र सुद्ध तरिकाबाट तयार गरिएका खानाका लागि यतिबेला स्टोरका दुवै किचनमा ग्राहकहरुको भीड लाग्न थालेको छ । किचेनका सुपर भाइजर खेम खत्री भन्नुहुन्छ यति सस्तो, सफा, सुद्ध र स्वादिस्ट खाना रु ५० र ९० मा नेपालमै अन्यत्र कही पाइदैन होला । गोरखा डिपार्टमेन्ट स्टोले खानाका लागि सस्तो र सर्वसुलभ गरेपछि एक महिना अगाडिमात्र खुलेको विराटचौकमा दैनिक ५ सय जना र इटहरीमा दैनिक एक हजारको हाराहारीमा परिवारसहित खाना खान ग्राहकहरु पुग्न थालेका छन् ।
सधैजसो दमकमा खाना खाने धरान कााकडभिट्टा रुटमा चल्ने यात्रुबाहक बसका कर्मचारीहरुले विहीबार विराटचौकमा गाडी रोके र गोरखा किचेनको सिाढी उक्लिए । बसका कर्मचारीहरुमात्र हैन अन्य यात्रुहरु पनि त्यसैगरी ग्वारग्वार्ती किचेनतिरै अगाडि बढे । कसैले सादा खानाका लागि रु ५० को कुपन लिए भने कसैले ९० रुपैयााको । कुर्सी र टेवलमा बस्नासाथ बोतलको सफा र सुद्ध फिल्टर गरेको पानी, गिलाससागै कुपन बमोजिमको स्वादिष्ट खाना अगाडि आइपुग्यो । करिब २०–२५ मिनेटपछि बसका कर्मचारी र यात्रुहरु त्यहााबाट
धरानका लागि प्रस्थान गरे ।
साधारणता सादा खानाका लागि अन्यत्र १ सयदेखि १ सय २० र चिकेन खानाका लागि २ सयदेखि २ सय ५० सम्म उपभोक्ताहरुले तिर्ने गरेका छन् । खानाका लागि यतिबेला गोरखाका दुवै किचनमा उपभोक्ताको भीड लग्ने गरेको छ । किचेनका इन्चार्ज खेम खत्री भन्नुहुन्छ कुपन लिएर खानाकै लागि उपभोक्ताहरुले लाइनमा बस्नुपर्ने अवस्था आउला जस्तो छ । कााकडभिट्टाबाट विराटनगर आफ्ना परिवारका साथ आएका सुमन उप्रेतिले भने अहिलेको समयमा पनि यति सस्तो रेटमा सफा र सुद्ध खाना खान पाइन्छ भन्ने आफूलाई विश्वासै लागेको थिएन । केही दिन अगाडि देखि रु ५० मा र रु ९० मा सादा र चिकेन खाना गोरखाले खुवाउदै आएको छ भन्ने सुनेको थिएा, आज अनुभव नै गर्न पाइयो । इटहरीमा रिक्सा मजदुरी गर्दै आएका किसन चौधरीले आइतबार भने पहिला त मैले पत्याएकै थिइना । ५० रुपैयाामा पनि यस्तो शानसाग बसेर सफा र सुद्ध खान खान पाइन्छ भनेर आज आफैले खाएपछि पत्याएा । ५० रुपैयाामात्र तिरेर भरपेट स्वादिलो खाना खाएा उनले खुशी हुादै भने । गोरखा किचनेमा खाना खाादा बेग्लै आनन्द आउाछ स्थानीय ज्योति काÏलेले भनिन् । उनको कथन थियो यहाा खाना खाादा पााचतारे होटलमा बसेझै लाग्छ । बहिरी दृश्यावलोकन गर्दै खाना खाादा छुट्टै आनन्द आउाछ ।
पूर्वाञ्चलमै सफल व्यवसायका रुपमा स्थापित गोरखा डिपार्टमेन्ट स्टोरले डेढ दशकमै आफ्ना ग्राहकहरुमा बेग्लै छाप छोडेको छ । भदौ १८ गतेदेखि
मोरङ्गको विराटचौकमा गोरखाले आफ्नो शाखा विस्तार गरेपछि विराटचौकमा व्यवसायिक चहलपहल समेत बढेको छ । चााडै नै गोरखाले दमक, धरान,
पथरीमा आफ्नो शाखा विस्तार गर्दैछ भने विराटनगरमा समेत स्टोरलाई विस्तार गर्ने सोच बनाएको सञ्चालक बलराम आचार्य बताउनुहुन्छ ।
विराटनगरका उद्योगी व्यवसायीहरुले विराटनगरमा स्टोर विस्तार गर्न आग्रह गर्ने गरेको आचार्यको कथन छ ।
