नेपाल पूर्व प्रहरी संगठनमा थापा सर्वसम्भत चयन

धरान/नेपाल पूर्व प्रहरी संगठनको माघ २४ गते शनिवार भएको सातौ जिल्ला अधिवेशनले केदारबहादुर थापाको अध्यक्षतामा सम्पूर्ण कार्य समिति चयन गरेको छ ।
प्रजातन्त्रको स्थापनापश्चात आफ्ना हक, हित र अधिकारका सम्बन्धमा सामुहिक रुपले आवाज उठाउने उद्देश्यले गठन भएको पूर्व प्रहरी संगठन सुनसरीमा आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा रामप्रसाद लामा, उपाध्यक्ष जुद्धबहादुर लोहनी, दिलिप श्रेष्ठ, सचिवमा यामबहादुर कार्की, कोषाध्यक्षमा मोहन कार्की, सह सचिवमा धनराज
रसाइली, सह–कोषाध्यक्षमा खगेन्द्र नेपाली आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको छ । विधानत: १९ जनाको कार्य समिति रहने संगठनको अन्य सदस्यहरुमा पवित्रा बस्नेत, धनकुमारी श्रेष्ठ, भोजराज काÏले,
राजकुमार विष्ट, भोलानाथ पाण्डे, केशव पाण्डे, गोपाल कार्की, नारायणप्रसाद
कोइराला, राजकुमार सुनुवार, टेकबहादुर खतिवडा र नारायण नेपाल रहनु भएको छ ।
कार्यक्रमको समुदघाटन पूर्व
प्रहरी नायव महानिरीक्षक रेवतबहादुर थापाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहााले मुलुकका सचेत नागरिक सबै प्रहरी हुन् । अझ व्यवसायिक रुपमै प्रहरी सेवामा रही अवकास पाएका
प्रहरीहरु समाज तथा टोलमा शान्ति
सुरक्षा कायम गर्न अहम् भूमिका खेल्न सक्छन् । आफ्नो संगठनमा रहेका वा आवद्ध भएका पूर्व प्रहरीहरुको समस्यालाई सम्बन्धित ठाउामा आवाज पुर्‍याई निराकरणको पहल गर्नु संगठनको मुख्य उद्देश्य रहेको कुरामा उहााले जोड दिनुभयो । सो अवसरमा निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई कामको उच्च मुल्यांकन गर्दे स–सम्मान विदाई गरिएको थियो ।

तपाईको प्रतिक्रिया