नागरिक समाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धरान/विगत केही महिना यता खाना पकाउने एलपी ग्याासको चर्को अभाव झेल्दै आएका आम नागरिकलाई सहज ग्याासको आपूर्तिको माग राखी नेपाल नागरिक समाज जिल्ला कार्यसमिति सुनसरीले प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।
धरानस्थित रहेको इलाका प्रशासन कार्यालयमा नागरिक समाजमा पादधिकारी पुगी समाजमा पदाधिकारीले प्रधामन्त्री समक्ष ज्ञापनपत्र पुर्‍याइदिन आग्रह गरेका थिए । ज्ञापनपत्रमा भनिएको छ, जनताको न्यूनतम आधारभूत आवश्यकता, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सरकारको दायित्व हो । हाल महिनौदेखि ग्याासको सहज आपूर्ति नहुादा जनताले दुई छाक समेत राम्ररी खान पाइरहेका छैनन् ।
ज्ञापनपत्रमा अगाडि भनिएको छ ग्याासकै कारण दैनिक रुपमा दु:ख कष्ट भोग्दै आएका जनता सधै निरीह बन्नुपरेको अवस्था छ । एकातिर लोडसेडिङ्ग, महागी जस्ता कारणले अनावश्यक रुपमा जनता पिल्सिरहेका छन् भने अर्कोतिर जनताले बााच्न पाउनुपर्ने अधिकारबाट बन्चित हुनुपरेको छ । यस्ता खाले समस्या आखिर किन भइरहेको छ ? यसमा को जिम्मेवारी हुुनुपर्ने हो ? मिडियाहरुमा आए अनुसार सरकारले पर्याप्त मात्रामा पेट्रोलियम, एलपी जि पदार्थको आयात गरेको छ तर जनता समक्ष नआइपुगि ग्याास कहाा
हरायो ? के मिडियामा आएका कुरा भ्रमक हुन् ? या व्यापारीले गरेको कालोबजारी, कृत्रिम अभाव हो । यस विषयमा गम्भीर रुपमा विश्लेषण नहुादा नेपाल नागरिक समाज सुनसरी गम्भीर आपत्ति जनाउदै तत्काल पहलकदमीका साथ समस्या समाधानका लागि प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउछौ ।
ज्ञापनपत्रको बोधार्थ वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रमुख जिल्ला अधिकारी सुनसरी, उद्योग वाणिज्य संघ सुनसरी, धरान उपमहानगरपालिका लगायतलाई दिइएको छ । ज्ञापनपत्र बुझाउन नेपाल नागरिक समाज सुनसरीका अध्यक्ष प्रेमप्रसाद पौड्याल, सचिव विजय अछामी, कोषाध्यक्ष धनबहादुर राई, सदस्यहरु उद्धव अधिकारी, श्याम पोख्रेल, निर्मला शर्मा, भुपध्वज बुढाथोकी, नेपाली कााग्रेस धरान नगर समितिका सभापति किशोर राई, नेकपा एमाले धरान नगर उपाध्यक्ष नारायण सुवेदी, गणेश परियार लगायत इलाका प्रशासन कार्यालय पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया