जय प्रकाश प्रसाद गुप्ता
सन् १९१८ मा भारतका प्रख्यात साहित्यकार एवम् कवि सूर्यकान्त त्रिपाठी ‘निराला’ शायद २२ बर्षका थिए । बंगालमा जन्मेका उनले आफ्नो आत्मकथा ‘कुल्ली भाट’ मा स्पेनिस फ्लु महामारीको भयानक चर्चा गरेका छन् ।
उनले लेखेका छन् म गंगाको किनारमा उभिएको छु आँखाले हेर्न भ्याएसम्म गंगाको धारमा मृत मानव शरीरहरु मात्र यत्रतत्र तैरिरहेका देखिन्थे । नदी बगरमा जताततै लाशहरु Ïयाकिएको जस्तो देखिन्थे । मानिसहरु लगातार मरिरहेका थिए । मृतकहरुका दाहसंस्कारका लागि दाउरा पाइरहेका थिएनन् । देख्दा देख्दै निमेषभरमै मेरा परिवार, मेरी पत्नी आँखाबाट ओझेल भइसकेका थिए । विवाहपछि म पहिलो पटक पत्नीको द्वारगमन गरी लानका लागि ससुराली पुगेको थिएँ । सर्वत्र चारैतिर अँध्यारो नै अँध्यारो देखिन थाल्यो । मैले थाहा पाएँ यो त्रासदी र सबैतिरको दुर्दशा हालै देखिएको एक महामारीका कारणले भइरहेको थियो । स्पेनिस प्mलु नै थियो त्यो महामारी ।
निरालाको पत्नीमात्रहोइन त्यस महामारीबाट त्यस बखत अन्य लाखौ मानिसहरु झै महात्मा गान्धी पनि संक्रमित रुग्ण भइसक्नु भएको थियो । गान्धीकी बुहारी गुलावर नाति शान्तिको निधन पनि यही स्पेनिस प्mलुबाट भइसकेको थियो । मानिसहरु अनुमान गर्छन् यदि गान्धी त्यस महामारीबाट नजोगिएको भए शायद भारतको स्स्वतन्त्रता आन्दोलन नै अर्कै बाटोबाट बढ्ने थियो होला । भारतका अर्का महान साहित्यकार, कथाकार प्रेमचन्द्र पनि स्पेनिस फलुबाट सिकिस्त भएका थिए । त्यस महामारीबाट त्यस बखत भातरमा मात्र एक करोड ८० लाख मानिसको मृत्यु भएको थियो । यो संख्या तत्कालीन भारतको जनसंख्याको ६ प्रतिशत थियो । भारतमा यस रोगबाट विरामीहरुको मृत्यु दर २०.६ प्रति हजार गणना गरिएको थियो । जबकी लण्डन सहरको मृत्यु दर ४.४ प्रति हजार थियो । दिल्लीको एक अस्पतालमा उपचारका लागि १३ हजार १ सय ९० विरामी रहेका थिए । त्यसमध्ये हेर्दा हेर्दै ७ हजार ४४ जना मरेका थिए । मृतकमा महिलाहरु बढी थिए । भनिन्छ त्यसबेलाको सामाजिक व्यवहारमा घरका विरामीहरुको सेवा गर्ने दायित्व मूलत महिलाहरुले नै उठाउनु परेकोले महिला मृत्युदर उच्च थियो ।

यस तथ्यको थोरै चर्चा हुने गरे पनि इतिहासकारहरुले लेखेका छन् कि भारतमा स्पेनिस प्mलुका कारणले ३ करोड भन्दा बढी मानिसहरुको अकाल मृत्यु भएको तथा तत्कालीन वृटिश शासनले समुचित व्यवस्थापन गर्न नसकेको कारणबाट उत्पन्न आक्रोसले पनि स्वतन्त्रता आन्दोलनमा बल पुग्न गएको थियो । कतिपयको मत छ कि सोही आक्रोसले पनि वृटिश औपनिवेशिक सत्ताको अन्त्यलाई नजिक ल्यायो । भारतमा स्पेनिस फ्लुको प्रवेश युरोपबाट भएको थियो । प्रथम विश्वयुद्धमा भाग लिएर युारेपको मोर्चाबाट भारतीय मुलुका वृटश सेनाका मानिसहरु मुम्बई बन्दरगाहमा ओर्लदा त्यस ंसक्रमणलाई प्रवेश गराएका थिए ।
युरोपमा मई २९, १९१८ मा पहिलो पटक त्यस महामारीको शुरुवात भएको भनिन्छ । १० जुन १९१८ का दिन पहिलो पटक फिर्ति टोलीका सात सैनिक जवानहरुमा रुखा खोकीको लक्षण देखियो । सो
रोगले भारतमा दैलो उघारेको थियो । भनिन्छ स्पेनिस फ्लुबाट संसारभरिका १०देखि २०करोड मानिसको अकाल मृत्यु भएको थियो । त्यतिबेला साढे १० करोड जनसंख्या भएको अमेरिकामा मात्र ६ लाख ७५ हजार मानिस मरेका थिए । १३औं शताब्दीमा युरोपमा फैलिएको व्युवानिक प्लेगबाट भने युुरोपको कुल आवादीको २५ प्रतिशत मनिस मरेका थिए । आजपनि धेरै अध्येताहरुको ठहर छ कि संसारभर यसको सक्रमणको पहिलो विश्वयुद्धबाट यत्रतत्र फर्केका सैनिकहरुले पु¥याएका थिए भने भारतमा यो रेल यात्राले गर्दा तिब्र रुपमा फैलिएको थियो ।
जापानमा ४.५लाख मानिस मरेका थिए । जापान अधिनस्थ कोरिया र ताइवानमा दुई लाख मरेका थिए । त्यसबेला स्पेनिस फ्लुको प्रभाव चीनमा कम रहयो । विश्व युद्धमा चिनियाँ सैनिकको नगएकोले बाह्य सहभागिता, चीनको कृषिमा आधारित सामाजिक संरचना,जहा वहुसख्यक मानिसहरु फैलिएर ग्रामीण क्षेत्रमा बस्थे तथा जडीबुटीबाट बनेका औषधिप्रति चिनियाँहरुको लगावका कारणले सो मुलुक संक्रमणबाट धेरै हदसम्म जोगिएको थियो ।
लेखक राजनीतिज्ञ एवम् बरिष्ठ पत्रकार हुनुहुन्छ ।
