बीपीको आइसियुका कार्यरत नर्सहरु आन्दोलित

धरान÷ बीपी काेंइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, विरामी, विरामीका आफन्तरुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेपछि त्यहा कार्यरत नर्सहरुले भने आफूहरु असुरक्षित भएको भन्दै आन्दोलित भएका छन् ।
प्रतिष्ठानको जनरल आइसियुमा उपचारार्थ एक विरामीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमणकालीन समयमा आफूहरु सुरक्षित भएर काम गर्ने वातावरण मिलाई दिन उनीहरुले अस्पतालसमक्ष माग समेत गरेका छन् ।
उनीहरुले संक्रमण पुष्टि भएका विरामीको उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टिनमा राखिए पनि आफुहरुलाई वेवास्ता गरिएको, मास्क र पञ्जासमेत पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै आइसियुका नर्सहरु प्रशासन अगाडि धर्नामा बसेका हुन् । आइसियुमा ६ वटा वेडमा विरामी रहेकोमा वेड नं १ मा रहेको विरामीको हिजो राती पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउदै कार्यरत नर्सले यसतर्फ प्रतिष्ठानको ध्यान जानुपर्ने बताएका छन् ।
आफूहरु पोजेटिभ विरामीको सम्पर्कमा आएको र परिवारहरुसँगै बस्ने भएकोले प्रतिष्ठानले क्वारेन्टिनमा नराखी आफूहरुको स्वास्थ्यमाथि खेलबार्ड गरेको उनीहरुले बताएका छन् । उनीहरुले प्रतिष्ठानका नर्सहरुमाथि समाजले हेर्ने दृष्टिकोण फरक हुदै गएको भन्दै काम गरेर घर जादा समाजबाट धेरै समस्या हुने बताए ।
आजमात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न वार्डमा उपचारार्थ८ जना विरामीमा कोरोना संक्रमण देखिएको बताउदै दिनप्रतिदिन कोरोना संक्रमण बढदै गएपनि सुरक्षित भएर काम गर्ने वातारण प्रतिष्ठानले नमिलाएको उनीहरुले बताए ।

तपाईको प्रतिक्रिया