धरान÷सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित उदय सामुदायिक वनमा निगुरो टिप्न गएकी ५२ बर्षिय महिलामाथी जबरजस्ती करणी गर्न खोज्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार जङगलमा निगरो टिपी रहेकी महिलालाई धारिलो हतियार देखाई जबरजस्ती गर्न खोजको अभियोगमा धरान १७ का ३३ बर्षिय तेजकुमार राजधामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।
अभियुक्त राजधामीले महिलाले कानमा लगाएको सुनको कुण्डल र नाकको फुलि समेत चोरी गरेको थियो । घटना पश्चात पिडित महिलाको उजुरीको आधारमा तत्काल प्रहरी परिचालन गरि राजधामीलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताउनु भयो । अभियुक्त विरुद्ध जबरजस्ती करणी उद्योग तथा चोरी मुद्धा दर्तामा अनुसन्धान भैरहेको छ । प्रहरीले चोरी गरेको महिलाको गरगहना समेत बरामत गरेको छ । अभियुक्तलाई प्रहरीले शनिवार सार्वजनिक समेत गरेको छ ।
