धरान÷ सुनसरीको कोराना संक्रमितको संख्या बृद्धि भएपछि सुनसरीमा ४ सय ५० बेडको आईसुलेशन बेड स्थापना गरिने भएको छ ।
आईसुलेशन सेन्टर स्थापना गर्नका लागि सुनसरीका १२ स्थानीय निकायबाट ३ लाखका दरले ३६ लाख रकम जुटाइएको छ । १२ वटै स्थानिय निकायमा संक्रमितको संख्या बृद्धि भएपश्चात जिल्ला सुरक्षा समितिको बैठक बसी स्थानिय निकायहरुलाई रकम व्यवस्थापन गर्न लगाइ जिल्लाका स्थानमा आईसुलेशन सेन्टरको स्थापना गर्न लागिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनु भयो । उहाँका अनुसार सुनसरीको भुटाहा अस्पतालमा ५० बेड, धरानको हरियाली सामुदायिक वनको भवन र इनरुवा बसपार्कमा २५÷२५ बेडको आईसुलेशन सेन्टर पनि तयार गरिएको छ ।
त्यस्तै चतरा आश्रम, इटहरी रंगशाला र दुहबीको राट्रिय बाणिज्य बैंकको कार्यालयमा सय÷सय बेडको आईसुलेशन सेन्टर निर्माण भेरहेको एसपी थापाले बताउनु भयो । त्यस्तै दुहवीको अरुण वनस्पतिको भवनमा पनि ५० बेडको आईसुलेशन सेन्टर निर्माण भैरहेको छ । त्यस्तै इटहरीमा नेपाली सेना र सशस्त्र प्रहरीलाई मात्र राख्ने अर्को आईसुलेशन पनि तयारी भैरहेको एसपी थापाले बताउनुभयो ।
