पूर्वका रत्न, झापाका मुर्धन्य साहित्कार पोखरेललाई अन्तर्राष्ट्रिय पदक

पूर्वका रत्न,झापा जिल्लामा बसेर साहित्यिक साधना गर्दै आउनु भएका मुर्धन्य साहित्यकार खेमलाल पोख्रेल ‘अन्तर्राष्ट्रिय अर्डर अफ सेक्सपियर पदक’ पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।
जीवनको झण्डै पाँच दशक साहित्यिक साधनामा विताउनु भएका पोखरेलले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका सम्बन्धमा निरन्तर कलम घोटी रहनु भयो । झापाको दमकलाई कार्यक्षेत्र बनाएर साहित्यिक, शैक्षिक क्षेत्रमा अनवरत रुपमा लाग्नु भएका पोखेरलको अहिले आएर अन्तर्राष्ट्रिय जगतले समेत उच्च मुल्यांकन गरेको छ ।
साहित्यकार पोखरेलको विशिष्ट क्षमता भनेको नेपाली साहित्य र अँग्रेजी साहित्यमा समान रुपमा कलम चलाउनु हो । दर्जनौ भाषामा दख्खल राख्नु हुने साहित्यकार पोखरेललाई सेक्सपियर जयन्तिको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । विश्वभरिका लेखक,सात्यिकारहरु बीच भएको छनौट प्रक्रियामा पोखरेल चयन हुनु भएको थियो ।
पोखरेल झापाका विभिन्न साहित्यिक, शैक्षिक संघ संस्थामा आवद्ध रहनु भएको छ । पोखरेल प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष, प्याब्सन झापाका संस्थापक सदस्य, दमक वहुमुखी क्याम्पसका पूर्व प्राध्यापक, सत्याल पब्लिकेशन दमकका बरिष्ठ सम्पादकको रुपमा रही काम गरिसक्नु भएको छ । नेपाली र अँग्रेजी भाषाका गरी हालसम्म उहाँका ६४ वटा भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् भने कैयौ कृतिहरु प्रकाशोन्मुक रहेका छन् ।

तपाईको प्रतिक्रिया