धरान÷ लकडाउनका कारण सर्वसाधारणको दैनिकीमै अफ्ठयारो परेपछि नेपाल लकडाउन खुकुलो बनायो । लकडाउन रहुञ्जेल समुदायमा कोरोनाको संक्रमण देखिएको थिएन तर लकडाउन अन्त्य गर्न साथ कोरोनाको संक्रमण समुदाय स्तरमै देखा पर्न थालेको छ । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थालेपछि सुनसरीमा रहेका स्थानीय तहहरुले आ आफ्नो तरिकाले सावधानी अपनाउन थालेका छन् ।
सरकारले लकडाउन अन्त्य गरेसगै सुनसरीमा समुदाय स्तरमा कोरना संक्रमित देखा पर्न थालेपछि जिल्लाका दई उपहानगरपालिका र एक नगरपालिकामा जोखिम न्यूनिकरणका लागि सावधानी अपनाउन थालिएको छ । कोरोना सक्रमितको संख्या बढेसगै सुनसरीमा सावधानी अपनाउन शुरु गरिएको हो । सुनसरी सरमुकाम इनरुवासगै धरान र इटहरी उपमहानरपालिकाहरुको कोराना सक्रमण समुदाय स्तरमा फैलने सक्ने भन्दै सुरक्षा कडाई गरिएको हो ।
सुनसरीको इनरुवा नगरपालिकामा केहि दिन अघि एक प्रहरीमा कोरोना देखियो, नगरपालिकाले आपतकालीन नगर लकडाउन ग¥यो । यस्तै धरान पनि प्रतिष्ठानभित्र पनि एक विरामी र चिकित्सकका श्रीमानलाई कोरोना संक्रमण देखिनुका साथै धरान १३ का २८ बर्षीय एक युवा र , धरान १४ मा बस्दै आएका एक न. प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानमा कोरोना देखियो । यस्तै इटहरी उपमहानर पालिकाका कर्मचारीलाई कोरोना पोजेटिभ देखियो ।
यी सम्पूर्ण घट्नाले समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाइएपछि सावधानी अपनाउन थालिएको हो ।
कोरोना संक्रमणको जोखिमलाई कम गर्न सुनसरीका स्थानीय तहहरुले आ आफ्नो ढंगबाट काम गर्न शुरु गरेका हुन् ।
आवश्यक जनचेतनाको कमी,
सरकारी उदासिनता र सर्वसाधारणको हेलचेक्र्याइका कारण विगतमा भारत तथा विदेशबाट आएकामात्र देखिएको कोरोना टूाभल हिस्टूी नै नभएकालाई धमाधम कोरोना देखिन थालेपछि अहिले सबैतिर सन्त्रास फैलिएको छ ।
लकडाउन खुले पनि सर्वसाधारणमा कोरोनाबाट बच्ने उपाय अवलम्बन नगर्दा कोरोना समुदायभित्र नै प्रवेश गरेको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ बताउनुहुन्छ । उहाले अब भने सबै सचेत नभए भोलिका दिनमा अझ भयावह अवस्था आउने बताउनुभयो । उहाले सबै
व्यापारी व्यवासायी तथा उपभोक्ताहरुलाई माक्स, सेनिटाइजर प्रयोग गर्दै सुरक्षा उपनाएर मात्र व्यपार व्यवसाय गर्न सुनसरी उद्योग वाणिज्य संघले आग्रह गरेको वताउनुभयो ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राइले अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु सुरक्षा उपनाएर मात्र विहान ९ देखी साझ ५ सम्म खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रमुख राईले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने भएकाले सचेत गराउदै यस्तो निर्णय गरिएको वताउनुभयो । उहाले सवारीका साधन तथा वजार पसलमा समेत सुरक्षाका उपाय अपनाएरमात्र खोल्न आग्रह गर्नुभयो । उहाले समुदायमा संक्रमण फैलन नदिन २० वटै वडामा भिडभाड हुने तथा सम्भावित जोखिम मानिउको क्षेत्रको पहिचान गरी पिसिआर टेष्ट गर्ने जानकारी दिनुभयो ।
इटहरी उपमहानगरपालीकाका एक कर्मचारीमा कोरोना पुष्टी भएसँगै उपमहानगरको आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको काम बन्द गर्ने निर्णय
गरेको छ । यस्तै इटहरीभित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय
गरिएकोे मेयर द्धारिकलाल चौधरीले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले सुनसरीमा अहिलेनै समुदाय
स्तरमा कोरोना नफैलिएको दावी गर्दै फैलन सक्ने सक्ने संभावित खतराई मध्यनजर गर्दै कडाइ
गरिएको जानकारी दिनुभयो ।
उहाले सुनसरीका बिभिन्न स्थानमा कोरोनाको लक्षणा भएका मानिस भेटिएकोले यसको जोखिम जिल्ला भरि नै बढेको वताउदै माक्स,सेनेटाईजरको प्रयोग गर्दै सामाजिक दूरीको पालना गर्न सुझाव दिनुभयो ।
सुनसरीमा पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको छ । खुल्ला सिमानाको कारण पनि यसको जोखीम उच्च भएको हो । पछिल्लो समय सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै संक्रमित देखिन थालेका हुन् । स्थानीय सरकारले यसको न्युनिकरण गर्न आफ्नो नगरिकलाई केहिदिन पुर्ण लकडाउन गर्न आवस्यक देखिन्छ । लकडाउन नगरे सुनसरीमा समुदाय स्तरमै कोरोना सक्रमण फैलने जोखिम बढ्दै गएको छ ।
