सरस्वती बाल अनाथ आश्रमका बालबालिकासंग जन्म दिन मनाउदै

धरान÷धेरै जसोले आफ्नो जन्मदिन मनाउदा साथीभाई, दिदी बहिनी भेला हुने रमाइलो गने, मिठो परिकार पकाएर खादै मनाउन प्रचलन छ ।
तर धरानकी एक महिला नेतृले भने सरस्वती बाल अनाथ आश्रमका बालबालिकासंग खुसी साट्दै जन्म दिन मनाएकी छन् ।
धरान १५ निवासी नेपाली काँग्रेसी नेतृ मनिता घिमिरेले सरस्वती बाल अनाथ आश्रमका बालबालिकासगै बसेर खाना खाएर जन्म दिन मनाएकी हुन्


पछिल्लो समय अनाथहरुलाई खाना खुवाएर जन्म दिन मनाउने प्रचलन बढ्दै गएपनि सायदै हुनसक्छ उद्यमसिल महिला समेत रहेकी घिमिरेले बालबालिकासंगै रमाइलो गरेर सगै एउटै टेबलमा बसेर खाना समेत खाएकी थिइन् ।
बालबालिकासंग बसेर र संगै खाना खाएर जन्म दिन मनाउदा आफूलाई रमाइलो लाग्ने गरेको घिमिरेले बताइन् । विगतका बर्षहरुमा समेत यसरी नै जन्मदिन मनाउद ै आएकी उनले जन्मदिनमा फजुल खर्च नगरी थोरै खचले सामाजिक कार्य गरेर पनि जन्मदिन मनाउन सकिने बताइन् ।
आश्रमका अध्यक्ष दानबहादुर राईले पछिल्लो समय जन्मदिनका दिनमा बालबालिकालाई खाना खुवाएर आफ्नो जन्म दिन मनाउनेहरु बढ्दै गएको बताए । आश्रममा २७ जना बालबालिका आश्रित रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया