धरान÷खसी चोरी गर्ने चार जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा मोरङको बेलबारी ३ बस्ने १९ बर्षीय रोशन पराजुली, सुन्दर हरैचा नगरपालिका ७ का २९ बर्षीय डम्बरबहादुर मगर, इलाम माइजोगमाइ ९ झाक्री गाउँका २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङका ३२ बर्षीय विशाल तामाङ रहेका छन् ।
शनिवार दिनको करिब २ः४५ बजे उनीहरुलाई टेम्पोमा दुई वटा खसी बोकेर लग्दै गरेको अवस्थामा बीपी पार्कबाट प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
अन्दाजी १७÷१७ केजी तौल रहेको खसी टेम्पोमा हालेर लुकाइ छिपाइ चोरी गरी लाने नियत भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको डिएपी बस्नेतले बताए ।
