जब सरकारहरु उच्छृंखलमा रमाउँछन् त्यसबेला नागरिकहरुले पीडा भोग्नु पर्छ । शासकको उच्छृंखलताले नागरिकहरुले अनाहक रुपमा नागरिकमा मानसिक उद्देलना पैदा हुन्छ ।
नेपालमा यतिबेला यस्तै भएको छ । रोम जलिरहँदा सम्राटले बाँसुरी बजाएर बस्दाको दुस्परिणाम जसरी निकट भविष्यमा देखिएको थियो त्यो प्रवृत्तिको पुनरागमन यहाँ पनि नहोला भन्न सकिने अवस्था छैन ।
नागरिक दैवी प्रकोपबाट आहत भएका छन् । चाहे त्यो कोरोना संक्रमणबाट होस या बाढी, पहिरो या अन्य कुनै घट्ना दुर्घनाबाट होस् तर शासक राम र अयोध्याको मुद्दा उछालेर रमाइरहेको छ । असान्दर्भिक परिघटनालाई वर्तमान अवस्थामा उछाल्नुले त्यसको औचित्य पुष्टि गर्न सक्दैन । नेपालका कम्निष्ट शासकहरु राज्य सत्तामा पुग्दा समेत भगवानको नाममा सपथ लिदैनन् तर तिनै भगवानका असान्दर्भिक कुराहरुलाई उछालेर रोमका सम्राटको अनुशरण गरेर रमाइरहेका छन् ।
परिस्थितिलाई सहीढंगले आंकलन गर्न सक्नु शासक वर्गको विशेषता हो । अहिले राम र अयोध्या भन्दा पनि नागरिकको तत्कालीन आवश्यकतालाई आत्मसात गर्न सक्नु पथ्र्यो , झण्डै पाँच महिनादेखिको लकडाउनले नागरिकहरुमा पु¥याएको आर्थिक, सामाजिक, मानसिक अवस्थालाई राज्यले सम्बोधन गर्नुपर्ने थियो । विश्वव्यापी रुपमा एकैसाथ देखिएको कोरोना सन्त्रासले नेपालमा समेत आफनो प्रभाव देखाउने निश्चित थियो । जसको प्रारम्भिक रोकथाम भनेकै लकडाउन थियो । राज्यले गरेको लकडाउनलाई नागरिकले इमान्दारिताकासाथ पालन गरे । आफ्ना सम्पूर्ण आर्थिक कारोबार बन्द गरे, राजगारलाई थाँति राखे । तर राज्यले नागरिकको अनुशासनलाइ कमजोरीको रुपमा बुझ्यो ।
कोरोना संक्रमणबाट बाच्न उसले समाजिक दूरीको अवधारण अगडि सा¥यो । विभेद यहीबाट शुरु भयो । आज सामाजिक दूरी नभनेर भौतिक दूरीको अवधारणा अगाडि सर्नुपर्ने थियो । आज सामाजिक दूरीको अवधारणाका कारण डरलाग्दो वर्ग विभेद शुरु भएको छ । संक्रमण देखिएकालाई सामाजिक बहिष्कार नै हुन थालेको छ । सक्रमितप्रति गरिने उपहास छिछी र दुरदुरले उसको मानसिकतामा असर परेको छ । फलत ः कतिपय सक्रमितहरुले राज्यद्वारा खडा गरिएका अव्यवस्थित क्वारेन्टाइनहरुमा आत्महत्याको विकल्प नभएको बुझि आत्महत्याको बाटोमा अग्रसर भएका छन् । समाजमा पुन स्र्थापना हुन सक्ने अवस्था नदेख्दा, सामाजिक दुव्र्यवहारको सामना गर्नुपर्ने, आर्थिक जर्जरता जस्ता कारणले उसले आत्महत्याको बाटो अवलम्बन गरेको बुझ्न गाह«ो पर्दैन ।
अर्कोतर्फ बाढी र पहिरोमा विगत केही दिन यता हजारौ नागरिकहरु घरबारविहीन भएका छन्, अंगभंग र घाइते भएका छन्, कसैले ज्यान गुएमा छन् र कैयौ बेपत्ता भएका छन । यसरी दैवी विपत्तिमा परेकाहरुलाई राज्यको पहिलो प्राथमिकता उद्धार, उपचार र राहत वतरण गर्नु हो । तर शासक वर्ग राम र अयोग्याको मुद्दालाई उछालेर नागरिकका गम्भीर पीडाप्रति उदाशीन देखिएको छ । वर्थ डे मनाउन, वर्थ डेको केक काट्न हेलिकोप्टरको प्रयोग गर्ने शासकहरुले पीडितहरुको उद्धारमा देखाएको उदाशीनतो यतिबेला मानवताकै खिल्ली उडाएको छ । खराब मौसमका कारण हेलिकोप्टरले उडान गर्न सकेन, घटना स्थलमा हेलिकोप्टर ल्याण्ड गर्न सकेन भन्ने हाँस्यास्पद अभिव्यक्ति शासक वर्गका जिम्मेवार व्यक्तिहरुबाट आउने गर्छ ।
राज्यले चाहेमा अनेकौ विकल्पहरु हुन सक्छन् । तर अन्य विकल्पमा सरकारका संयन्त्रहरु सक्रिय भएको पाइदैन । दैवी विपत्ति नेपालमा बर्षेनी जस्तो आउने गर्छ । यसकालागि राज्यले पूर्व तयारी गर्न सक्थ्यो । तर जब दैवी विपत्तिले नागरिकको ज्यान लिन्छ, भौतिक संरचनामा क्षति पु¥याउँछ अनि सरकारका संयन्त्र चलमलाउन थाल्छन् । यो प्रवृत्ति विगतमा पनि थियो हाल चल्दैछ र अगाडि पनि यसैगरी चल्ने देखिन्छ ।
