धरानमा का“ग्रेसको महाधिवेशन चहलपहल शुरु

धरान÷गुट, उपगुट, पार्टीको पद भँजाएर लाभ लिने, संगठनमा वेवास्ता गर्ने, संगठन भन्दा पनि शक्तिको फन्को लगाउने धरानका नेपाली काँग्रेसका स्थानीय नेताहरु आगामी फागुनमा हुने चौधौ महाधिवेशनका लागि सक्रिय हुन थालेका छन् ।
शनिवार धरान १२ स्थित प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति (१) क धरान सुनसरी १ नं. प्रदेशको कार्यालय उद्घाटनका क्रममा धरानका पुराना र नयाँ नेता कार्यकर्ताको राम्रै जमघट देखियो । कार्यालय उद्घाटनका अवसरमा मञ्चमा उक्लिन पाएकाहरुले १४ औं महाधिवेशनको सरगर्मी बढेको छनक दिएका थिए ।
प्रदेश सांसद तथा पूर्व क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गरेको पार्टी कार्यालयको सभापतित्व क्षेत्रीय उपसभापति तथा क्षेत्र नं. १ क का सभापति धनबहादुर कटुवालले गर्नुभएको थियो । मञ्चमा उक्लिएर आफ्नो भनाई राख्ने अधिकांशले धरानमा काँग्रेस कमजोर हुनुको प्रमुख कारण गुटबन्दी र वहु पद धारण गर्ने प्रवृत्ति रहेकोले १४ औं महाधिवेशन अगाडि काँग्रेस त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले काँग्रेसको संसोधित विधानले धेरै पद सिर्जना गरेकोले अब गुटबन्दी र पदका लागि विवाद गर्नुभन्दा पनि संगठन सुदृढिकरणमा लाग्नुपर्ने बताएका थिए । काँग्रेसको संसोधित विधानले आगामी अधिवेशनमा एउटै वडाबाट २० जनासम्म क्षेत्रीय प्रतिनिधि छान्न पाउने भएकोले विगतको तुलनामा विवाद कम हुनेमा समेत आशा गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ,पूर्व नगर सभापति किशोर राई, जिल्ला सचिव केदारभण्डारी, सुजेन्द तामाङ्ग, प्राध्यापक संघ सुनसरीका जिल्ला सभापति गंंगा चौलागाई, नेपाली काँग्रेसका नगर उप सभापति महेन्द्र तामाङ्ग, क्षेत्र ख का सभापति मुरारी भट्टराई, सचिव रमेश काफ्ले, महिला संघ सुनसरीकी सचिव निर्मला शाक्य, वडा नं. ११ का सभापति लोकेन्द्र फागो, क्षेत्र नं. १ का कोषाध्यक्ष सागर प्रसाई लगायतले बोल्नु भएको थियो भने सञ्चालन क्षेत्र क का सचिव महेन्द्र प्रधानले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया