इटहरी÷गत चैत्र ११ गतेदेखि कोरोना भाइरस नियन्त्रणका नाममा राज्यद्वारा घोषणा गरिएको लकडाउन औपचारिक रुपमा हँटाइए पनि झण्डै चार महिनादेखि बन्द रहेको व्यापार व्यवसायले अझै सम्म पूर्ववर्त रुपमा गति लिन सकेको छैन ।
ग्राहक तथा उपभोक्ताहरुको बीचमा पूर्वाञ्चलमै ब्राण्ेडको रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरले केही दिन यता आफना सबै शाखा खुल्ला गरेको छ । प्रारम्भमा सामाजिक दूरी कायम राख्दै ग्राहकहरुको अत्यावश्यकीय समानहरुका लागि ग्रोसरी आइटम खुल्ला गरेको डिपार्टमेन्ट स्टोरले हाल सबै शाखाका किचन समेत खुल्ला गरेको छ ।

खोलिने काम भएको छ तर ग्राहकहरुको चाप न्यून रहेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । म्यानेजर गौतम भन्नुहुन्छ गोरखा डिपार्टमेन्ट स्टोरको फ्लोरमा रहेको ग्रोसरी आइटममा ग्राहकहरुको भीड पूर्ववत अवस्थामा झै देखिन थालेको छ । खाद्यान्न, पेय पदार्थ लगायतका सामानको हाल विक्री बढेको छ । उहाँका अनुसार ग्रोसरीका आइटम खरिद गर्नेहरुमा अधिकांश स्थानीयहरु नै हुने गरेका छन् । विगतमा पूर्वी पहाडी जिल्ला धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर सम्मका ग्राहकहरुले ग्रोसरीका सामान खरिद गर्ने गरेको भएपनि हाल पहाडी क्षेत्रमा यातायातका सार्वजनिक साधन चल्न नसक्नु, ग्रामीण क्षेत्रका बासिन्दाहरु खेतिपातिमा व्यस्त रहनु, निरन्तर बर्षा हुनु आदिका कारणले पनि ग्राहकहरुको चाप कम भएको हुन सक्छ ।
नेपालीहरुको चाडपर्व विस्तारै नजिकिन थालेकोले उपभोक्ताको चाप बढ्ने जाने र पूर्ववत रुपमा स्टोरले गति समात्नेमा म्यानेजर गौतम विश्वस्त हुनुहुन्छ । उहाँले भन्नुभयो केही दिनदेखि गोरखा डिपार्टर्मन्ट स्टोरले किचन समेत खुल्ला गरेको
छ । ग्राहकहरु विस्तारै बढ्न थालेका छन् । पहिला ग्राहकहरुले अर्डर गर्न र बस्ने स्थान समेत सुरक्षित गर्न पर्खनु पर्ने अवस्था थियो । त्यो अवस्था अहिल्यै नभएपनि ग्राहकहरुको सन्तोषजनक रुपमै भीड बढ्न थालेको छ म्यानेजर गौतम भन्नुहुन्छ । जबसम्म लामो दूरीका सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चल्दैनन् तबसम्म व्यवसायले गति लिनै गाह«ो हुन्छ ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का,
धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
कुनै पनि कर्मचारीलाई अवकाश दिइएन
झण्डै चार महिना डिपार्टमेन्ट स्टोर बन्द हुँदा पनि कार्यरत झण्डै १ हजार ४ सय कर्मचारी कसैलाई बेतलबी विदा, अवकास दिइएन ।
डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ सहज अवस्थामा हामीलाई सदैव साथ दिनु भएका कर्मचारीहरुलाई हामीले कसैलाई पनि बेतलबी विदा र अवकाश दिएनौं । अरुले यो अवस्थामा आफ्ना कर्मचारी तथा स्टाफहरुलाई बेतलबी विदा दिने, अवकाश दिने सम्मकामा काम गरे भन्ने सुन्नमा आएको छ । हामीले त्यसो गरेनौ र गर्ने सोच पनि बनाएनौं । व्यापार व्यवसाय चौपट्ट भएको अवस्थामा हामीले उनीहरुलाई फोन गरी गरी राहतका कार्यक्रम समेत ल्यायौ । भोकैचाहिँ नबस भन्यौ । अहिले व्यवसाय चलेको छैन सबै कर्मचारीहरुको काम पनि छैन । काम छैन भन्दैमा उनीहरुलई काम विहीन राख्ने कुरा पनि भएन । त्यसैले आठ घण्टा ड्युटी भएका कर्मचारीलाई चार घण्टा भएपनि काममा लगाएका छौं । यसले उनीहरुको दैनिकी सहज भएको र थोरै भए पनि घरायसी समस्या समाधान हुने उहाँले बताउनुभयो ।
सुनियोजित रुपमा अफवाह फैल्याइयो
मानिसको नियति र चरित्र पनि विचित्रको हुन्छ । गत हप्ता गोरखा डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक, समाजसेवी बलराम आचार्यका सम्बन्धमा दुस्प्रचार गरियो । दुस्प्रचारको समचार हावा सरी फैलियो ।
कैयौ शुभचिन्तकहरुले प्रबन्ध निर्देशक आचार्यको स्वास्थ्यका सम्बन्धमा तारन्तार सम्पर्क गरी जिज्ञासा राखे । उहाँले सबै शुभचिन्तकहरुलाई एउटै जवाफ दिनुहुन्थ्यो खै कस्ले, किन र के प्रयोजनका लागि यस्तो प्रचार गरेका हुन् थाहा भएन । उहाँले हामीसँगको समपर्कमा हाँस्दै भन्नुभयो जसले प्रचार ग¥यो त्यसलाई मज्जा आयो होला । हामी त्यसरी दुस्प्रचार गर्नेको खोजी गरिरहेका छौं । चाँडै नै फेला पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उता यसै सम्बन्धमा जिज्ञासा राख्दा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ त्यसरी अनाहकमा दुस्प्रचार गर्नेको खोजी हामी गरिरहेका छौं । एक दुई दिन भित्रैमा हामी त्यसलाई नियन्त्रणमा लिन्छौं । त्यसपछि थाहा हुन्छ दुपचार गर्नेको वास्तविकता ।



