नेपाली साहित्य र भारतीय साहित्यमा युगौदेखि अन्योन्याश्रित सम्बन्ध

नेपाली साहित्य र भारतीय साहित्यमा युगौदेखि अन्योन्याश्रित सम्बन्ध रहेको कुरा कसैले पनि नकार्न सक्दैन ।
एघारौ शताब्दीदेखि नै दुवै देशका साहित्कारहरु आधुनिक साहित्य लेखनमा सहभागी हुन थालेको, एक अर्का साहित्यकार बीचमा सम्बन्ध स्थापित गर्ने गरेको नेपाली साहित्यका विद्वानहरुले औँल्याएका छन् ।
आज भन्दा झण्डै ७ दशक अगाडि नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारतका मुर्धन्य कवि एवम् साहित्यकार हरिवंश राय बच्चन लगायत अन्य ख्याति प्राप्त साहित्यकार एवम् कविबीच दुर्लभ कवि गोष्ठी (तस्वीरले आफै बताउँछ) सम्पन्न भएको थियो । तस्वीरमा (दुर्लभ) महाकवि लक्ष्मीप्रसाद देवकोटा पलेटी कसेर आफ्नो कविता वाचन गर्दै हुनुहुन्छ भने बच्चन देवकोटको कविता वाचनबाट मन्त्रमुग्ध भएको तस्वीरबाटै प्रष्ट हुन्छ ।
नेपाली साहित्यका आधुनिक कालको निर्माता मध्येका एक जना महाकवि लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्थ्यो । महाकविको कवित्व निर्माणका लागि पाश्चात्य साहित्कारहरुको मात्र नभएर भारतीय साहित्यकारहरुको गहिरो प्रभाव परेको थियो । भारतीय साहित्यकारहरुका कैयौ कृतिहरु अध्ययन गरेर देवकोटाले आफ्नो कवित्वलाई प्राजल प्रस्फुटित बनाउनु भएको प्रा.डा. गोपाल भण्डारी बताउनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा वि.स. २००४ सालतिर भारतको बनारसमा निर्वासित भएर बस्दा उहाँले नेपाली पत्रपत्रिकाको सम्पादन गर्ने, भारतीय र नेपाली साहित्यका लागि सेतुको काम गर्ने गर्नुहुन्थ्यो ।
प्रा.डा. भण्डारी भन्नुहुन्छ भारतका प्रसिद्ध कविहरु पंतप्रसाद निराला, हरिवंश राय वच्चनहरुका साहित्यबाट पनि देवकोटामा केही प्रभाव परेको पाइन्छ । हरिवंश राय वच्चन प्रशंसावादी, प्रकृतिलाई माया गर्ने, सत्यम शिवम सुन्दरम् भन्ने कुरालाई जनसमक्ष ल्याउने कविका रुपमा चिनिनुुहन्छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटा समेत जीवन जगतलाई सौन्दर्यको माध्यमबाट प्रकतिसँग घुलमिल गराई आफ्ना रचनाहरु पस्कनु हुन्थ्यो । देवकोटालाई सत्यम् शिवम् सुन्दरमकादेखि जीवनका अनेकौ पक्षलाई अत्यन्तै कलात्मक रुपले प्रस्तुत गर्ने कविको रुपमा आज सबैले चिन्छन् । लक्ष्मीप्रसाद देवकोटा, हरिवंश राय वच्चन, पंतप्रसाद निराला समकालीन समयमा युग प्रवद्र्धक कवि हुनुहुन्यो । नेपाल र भारतको साहित्यका सम्बन्धमा भारतीय हिन्दी साहित्य र नेपाली साहित्यमा अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालका धेरै कवि, साहित्यकारहरु भारतीय विश्वविद्यालय, त्यहाँका साहित्यबाट प्रशिक्षित भएर आउनु भएको पाइन्छ । स्वयम् मध्यामिक कालका प्रसिद्ध कवि मोतिराम भट्ट भारतीय साहित्यका प्रसिद्ध साहित्यकार भारतेन्दु हरिचन्दबाट अभिप्रेरित हुनु भएको ऐतिहासिक तथ्यबाट प्रष्ट हुन्छ । भारतेन्दु हरिस्चन्द्रले मोतिराम भट्टलाई धेरै प्रेरणा दिनु भएको थियो । उत्तरवर्ती कविहरुमा पनि धेरै कविहरुको भारतीय साहित्यकारहरुसँगको निकटताबाट प्रेरणा प्राप्त गरेको देखिन्छ । जस्तै स्वच्छन्तावादी धारा भारतमा पनि आयो । त्यसलाई नेपालमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतले ल्याउनु भयो । कवि केदारमान व्यथित भारतका कवि साहित्यकारबाटै प्रभावित हुनुहुन्थ्यो ।
प्रा.डा. भण्डारी भन्नुहुन्छ भारतमा महात्मा गान्धीको हत्या हुँदा व्यथितले भाव विव्हल भएर लेख्नुभएको थियो । नेपालमा धेरै यस्ता कविहरु हुनुहुन्छ जो भारतीय साहित्यकारहरुको प्रभावमा आएर आफ्नो कवित्व निर्माण गर्नुभएको छ । युगौदेखि हिन्दी साहित्य र नेपाली साहित्यमा अन्योन्याश्रित समबन्ध छ, दुवै भाषा एउटै आमाका छोरी सरह छन् । एघारौ शताब्दीमा हिन्दी साहित्य र नेपाली साहित्यले अधुनिक रुप लिएको प्रा.डा. भण्डारीको कथन छ । नेपाली भाषाको र हिन्दी भाषाको जननी भनेको प्राकृत भाषा हुन् । प्राकृत भाषाबाट उता हिन्दी भाषा विकसित भयो यता नेपाली भाषा । दुवैले अत्याधिक रुपमा संस्कृत भाषा भण्डारलाई प्रयोग गरेका छन् । त्यसैले नेपाली र हिन्दी भषालाई दिदी बहिनी भाषा भनिएको हो । प्रा.डा. भण्डारीको कथन छ दुवैतिरका साहित्यकारका आदर्श व्यक्ति पनि एकै खालका देखिन्छन ।
भारतमा तुलशी दाशले आर्दशका रुपमा राम चरित्रलाई व्याख्या गरेर भारतीय नागरिकलाई प्रभावित बनाउनु भयो भने ्नेपालमा त्यसैलाई आदिकवि भानुभक्त आचार्यले रामायण लेखेर नेपाली जनमानसमा पु¥याउनु भयो । हिन्दी सािहत्यको स्रोत र नेपाली साहित्यको स्रोत एउटै हो अर्थात समुन्द्र एउटै हो । फरक यति हो उहाहरुले हिन्दीको माध्यमबाट प्रकट गर्नुभयो भने नेपाली साहित्यकारहरुले नेपाली भाषामा प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया