कता बाठा छैनन् खप्रओ बा
हाम्रा पर्धानमन्तरी खप्रओ बा कम्ता बाठा छैनन् । सत्तामा बसेर गरिखानै नदिने असत्तिहरु सल्वलाएसी’बाले ट्या बोली पड्काइ दिए । बाले बोली पड्काइदिएपछि देशभित्र र देश बाहिर हलचल शुरु भा’छ । हिजोसम्म पर्धानमन्तरी र अध्येक्षेबाट राजीनमा दिनुपर्छ भनेर उफ्रनेहरु यतिबेला खप्रओ बाले पड्काएको बोलीमा रुमलिन थाल्या छन् । जब जब आफू उपर संकट आउँछ त्यति त्यति बेला बाका दिमागमा नयाँ नयाँ कुरा फुर्छ ।
राजीनामा दे कि दे भनेर विचरालाई कम्ता हैरान बनाएका थिएनन् । एकै पटक सबैका दिभाग सड्काइ दिए ।
राम भगवान नेपालको ठोरीमा जन्मेका थिए भनेर बाले थुतुनो पड्कारेका थिए । अहिले त्यसरी वारि र पारि दुवैतिर तहल्का मच्चाइ दिएको छ । सत्ता कसरी टिकाउने भनेर खप्रओ बाले राम्र्ररी बुझेका छन् । मुलुकमा कोरोना संक्रमण, बाढी पहिरोको महामारी चर्किए पनि सबै रामकै बहसमा भेडिया घसान लागेर घसेका छन् । खप्रओ बाको मलद्वारलाई पनि हरिद्वार देख्नेहरुले राम नेपालमै जन्मेका थिए भनेर उफ्रदै छन भने अरुचाहिँ खप्रओ खुस्केछन् भन्दै वहस गर्न थाल्या छन् । बहसले राम्रै आकार पाएको छ । राजीनामाको कुरा छायाँमा परेको छ । मान्नै पर्छ खपओ बालाई ।
बेलगाम भयो रे
नेपालमा एकजना आयाराम गयाराम सासद छन् बाउराम भट्टराईलाई तिन्ले अस्तिका दिन भन्या पर्धानमन्तरी खप्रओ बेलगाम बोल्दै छन् । उन्को बोलीमा लगाम लगाउनुपर्छ रे । कस्ले लगाम लगाउने ? विरालाको घाँटीमा कस्ले घण्टी झुण्ड्याउने ? कस्ता कस्ता मै हुँ भन्नेहरु त पाँखा लागि सक्या छन् । खप्रओलाई कस्ले लगाम लगाउँछ हेरम न । मनलाग्दी बोलेकैले उन्लाई खप्रओ माने खड्गप्रसाद ओली भन्या हो । उन्ले बोलेपछि बोल्यो बोल्यो । पहिला पहिला कुनै युवाले रोजगारीका लागि अब विदेश जानु पर्दैन नेपालमै टन्न रोजगारी दिन्छु, भातै खान नपाएर कोही भोको बस्नु पर्दन सुतीसुती सरकारले भात खुवाउँछ, ग्याँसको सिलिण्डर बोकेर कैले लाइन लाग्नु पर्र्दैन सरकारले घरघरमै ग्याँसको पाइप हुलिदिन्छ, पानी जहाज चलाई दिन्छु,पूर्व पश्चिम रेल कुदाई दिन्छु भन्या हुन् । ओलीको बोलीमा लगाम लगाउनु कठिन मात्र हैन महा कठीन छ भन्ने कुरा बाउरामले किन नबुझ्या होलान् ?
अब खोज्नै पर्छ
हाम्रा पर्धानमन्तरी खप्रओबाले बडो मेहनतपूर्वक अनुसन्धान गरेर राम जन्मेको ठाम पत्ता लगाइ छाडे । अब मुख्य पात्रको जन्मथलो पत्ता लगाएसी अरु पात्रको पनि पत्ता लगाउनुु परिहाल्छ । बरु अरु पात्रको कुण्डली पत्ता लगाउने काम पछिलागे राम््रो हुन्थ्यो होला ? राम भएसी’ हनुमान नहुने कुरै भएन । राम भएसी’ रावण पनि नहुने कुरा भएन । राम भएसी लक्ष्मण, भरत र सत्रुधन पनि हुनुप¥यो । राम भएसी सीता नहुने भन्ने हुँदै भएन । राम भएसी दशरथलगायत अरु पात्र पनि हुनै प¥यो । बल्ल वल्ल खप्रओ बाले राम जन्मेको कुरा पत्ता लगाए । अब अरुले पनि अरु पात्रको बारेमा पत्ता लगाउन जुट्ने हो कि ?
सत्तरी करोडको फूर्ति
एकैदिन ७० करोड मुनाफा आर्जन गर्ने गोफ्ले बास्कोटाले अस्तिका दिन प्रचण्डाउलाई पुरानै पार्टीमा फर्कन चुनौति दिएछन् । दुवै पूर्व मिलेर बनेको नेकपाका अध्येक्षे प्रचण्डाउलाई गोफ्ले जस्ताले चुनौति दिएर हेप्नी काम भएछ । प्रचण्डाउ जस्ता जल्दाबल्दा नेतालाई त्यसरी भन्ने आँट गोफ्लेमा कसरी आयो हँ ? कस्को वैसाखी टेकेर त्यसरी बोल्या होलान् ? हुन त गोफले पनि कहाँ चानचुने मान्छे हुन र ? पर्धानमन्तरीको घर कुरुवा पो हुन त गाँठे । पर्धानमन्तरी नै आफनो दाहिने भएसी वातै खलास भैगयो नि । मान्छे कसै न कसैको आड भरोसामै बोल्छ । गोफ्लेले पनि त्यही ग¥या हुन् । अहिलेको अस्थामा खप्रओ भन्दा शक्तिशाली अरु छँदैछैनन् र हुँदैनन् पनि । छ्यास्स ७० करोडको दाग कोट पाइन्टमा नलाग्या भे यतिन्जेल सम्ममा गोप्लेले प्रचण्डाउलाई नेकपाबाट अलग्गाइ सक्ने थिए होलान् । धन्न ७० करोडले तिनको गतिलो चुक्कुल खुस्काइदिएछ ।
व्यक्तिको पछि नलाग्नु रे
नेप्लिज लाँग्रेसका ल्यांग्रे नेता तनहुँका बाजे राम चन्द्रले भन्या पार्टीका कुनै पनि कार्जेकर्ता व्यक्तिको पछि लाग्न हुँदैन । महाधिवेशन नेर नेर आउन लागेसी कार्जेकर्ता ग्वार्रग्वार्ती व्यक्तिको पछि लागेसी पौडेल बालाई चिन्ता परेछ । सँगैका साथी गोडाचारेक पटक पर्धानमन्तरी भैसक्या, पार्टी सभापति भैसक्या आफ्नै टोड्यकाले टुलुटुलु हेर्नुपरेको छ तर आफनो चाहिँ कहिल्यै पालै नआएसी’ मन त त्यसै कुँडिने नै भयो । विचारालाई कम्ता पीर प¥या छैन ? संघको चुनाउमा नि गलहत्याइ दिए अब सभापति बनौला र यसो खुट्टो घुमाउँला भन्या त्यो नि यसपटक साह«ै पूरा होला जस्तो छैन । एकातिर शेखराउ चम्केर हिड्या छन् अर्कौतिर सशांक बाउ टाइफाइ गर्दैछन् । स्याल बहादुर दोस्रो पटक सभापति बन्न भ्याँ भ्या र भुभु गर्दे छन् । उता झापाली कृष्णे आफ्नै जमात बनाएर लोस्याङ्ग फस्याङ्ग गरिरहेका छन् । माने सबै आ आफ्नै गुट बनाएर हिड्या छन् । तर बाजे गुट नबनाउ, व्यक्तिको पछि कार्यकर्ता नहिड भनेर रोइलो गरिरा’छन् । यस्तै ताल हो भने यसपटक पनि पौडेल बाजे गेले ।
क“ग्रेस कम्निष्टले माफ माग्नुपर्छ रे
हिजो आज जनता समाजवादी पार्टीका नेता उपिन्द्र जादव अलि ज्यादा बर्बराउन थाल्या छन् । कहिले मधेशमा आन्दोलनको आँधीवेहरी ल्याउँछौ भन्छन्, कहिले के भन्छन् । अस्तिका दिन त उन्ले अब काँग्रेस र कम्निष्टले नेपाली जनतासँग माफी माग्नुपर्नै भनेर उफ्रेको देख्दा घण्टाघर पनि एकछिन रनभुल्लमा परेको थियो । जादवको कुरा सुन्दा कता कता ठीकै जस्तो पनि लाग्यो । संसदबाट नेपालको चुुच्चे नक्सा पारित भइसकेसी प्रमाण जुटाउन विज्ञ समूह गठन गर्नु, महाकाली सम्झौता गर्दा काली नदीलाई सीमा मान्नु अनि अहिले खोचे थाप्नु सुहाएनर रे जादवले भन्या । सुहाउने तरिकाले यो मुलुकमा कस्ले पो काम ग¥या छ र ? कि कसो हौ ?
कुरा मिल्यो
एक महिनादेखि च्याँखे थापेर बुरुक बुरुक उफ्रदै आएका नेकपाका डेढ अक्कली नेताहरु हिजोदेखि ट्याप्पै भा’छन् रे । न यिन्लाई पाखुरा सुर्केरपौठे जोरी खेल्दै उफ्रन बेर लाग्छ न ट्याप्पै हुन शुभ साइत चाहिन्छ । एउटा समूहले टन्न हसुरेर मोजमस्ती गरेको देखेपछि अर्को समूहलाई जलन त हुने नै भयो । अनि हसुर्न पाउने र नपाउने बीचमा द्वन्द्व हुने नै भयो । यो क्रम परापूर्व कालदेखि चल्दै आएको हो । पौठे जोरीको रिहर्सल ज्यादै क्लाइमेक्समा पुगेपछि पार्टीका दुवै पूर्व अध्येक्षेले गर्दन जोडेछन् । एउटा एउटा पूर्व अध्येक्षेहरुको पछि लागेर हर्ष बढाइ गर्ने कार्जेकर्ताहरु खत्रक्क मात्र हैन लल्याकलुलुक भएका छन् ।
अन्तेमा
नेपालमा यतिखेर त्रेता युगमा जन्मिएका रामको जन्मथलोको व्यापक खोजी भइरहेको छ । पर्धानमन्तरी खप्रओले राम नेपालमा जन्मेको भनेर पत्ता लगाएसी’ अन्य अनुसन्धानकर्ताहरु यसको खोजीमा जुटेका हुन् । कसैले सुनसरीको रामनगर भुटाहालाई उत्खननन गर्ने योजना बनाएका छन, कर्सैले नवलपरासीको रामनगर कसैले रामेछापको रामपुर,कसैले उदयपुरको रामपुर ठोक्सिलालाई उत्खननन गर्ने योजना बनाएका छन् । कसैले राम नेपालमा जन्मेको भनेर प्रमाण भेट्टाएको दाबी गरेका छन्, कसैले रामको सिक्का भेट्टाएको प्रमाण पेश गर्न थाल्या छन् । अबचाहिँ नेपालमा केही होला जस्तो छ । राम नेपालमा जन्मेको कन्फर्म गर्न प्रर्धाानमन्तरी देखिका अनुसन्धानकर्ताहरु लागेपछि वातै खलास । राम जन्मेपछि कृष्ण पनि पक्कै नेपालमा जन्मेको हुनुपर्छ । आखिरी दुवै विष्णुका अवतार त हुन् । विष्णुका अन्य अवतारहरुको पनि व्यापाक अनुसन्धान हुनुपर्छ, आखिरी नेपालीले मौका पाए भने गर्छन् क्या ।
