धरान÷ कोरोना भाइरस (कोभिड १९) ले खेल क्षेत्रलाई प्रभावित मात्र पारेको छैन, तीन महिना बढी समयदेखि खेलकुदका कार्यक्रम हुन सकेका छैनन् ।
त्यसमा पनि राज्यको प्राथमिकतामा नपरेको गल्फ खेल त झन दोहोरो मारमा परेको छ । एकातिर राज्यको प्राथमिकतामा नपर्नु र अर्कोतर्फ लकडाउनका कारण खेल हुन नसक्नुले गल्फ खेल दोहोरो मारमा परेको हो । अब भने स्थानीय सरकार धरान उपमहानगरपालिकाले गल्फ खेल र खेलाडीको प्रोत्साहनका सहयोग पु¥याउन थालेपछि भने हराएको निराशा आशामा परिणत भएको छ ।
व्यवसायिक रुपमा गल्फ प्रतियोगितामा लागेका खेलाडीहरुले पछिल्लो समय गल्फ खेलका लागि अभिषाप बनेको बताएका छन् । भर्खरै मात्र सार्क गेममा समेत समावेश हुन थालेको यो प्रतियोगितामा राज्यको अझै ध्यान जान नसक्दा गल्फ खेलको विकास हुन नसकेको बताएका छन् । गल्फ खेलका राष्ट्रिय खेलाडी शुक्रबहादुर राईले गल्फ खेल कम हुने र यसको स्कोप भएपनि राज्यले प्राथमिकतामा नराखको बताउनुभयो । गल्फ खेलबाट सातौ र आठौ सार्क गेममा दुई÷दुई वटा गोल्डमेडल प्राप्त गरिसक्नु भएका र १३ औ सार्क प्रतियोगितमा टिमप्रति गोलमेडल ्र सिंगल प्रतियोगितामा समेत मेडल नेपाललाई दिलाउन सफल भइसक्नु भएका खेलाडी राईले राज्यको दृष्ट्रि केही मात्रामा पर्ने गरे पनि त्यो प्रर्याप्त नभएको बताउनुभयो । उहाँले त्यसमाथि पनि तीन महिना भन्दा लामो समयदेखि भएको लकडाउनले गल्फ खेलको विकासमा ठूलो असर गरेको बताउनुभयो ।
त्यसो त प्रदेश एक मै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको एक मात्र गल्फ कोर्स निर्वाणा कन्ट्री गल्फ कोर्षको विकासका लागि स्थानीय सरकारले भने सहयोगको शुरुवात गरेको छ । नगरपालिलकाले खेल मैदानको स्तरोन्नति गर्न त्यहा
रहेका अनावश्यक उम्रेका घास कटानका लागि ९ लाख ९५ हजार पर्ने ट्याक्टर खरिदका लागि ५ लाख सहयोग गरेको छ । १२ लाख ५० हजार पर्ने सो ट्याक्टर सामाजिक उत्तरदायित्व अन्तर्गत कविन इन्टरनेशलल प्रालि.ले २ लाख ५५ हजार छुट दिएर क्लबलाई उपलब्ध गराएको हो ।
ट्याक्टरको चाबी धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बुलाई हस्तान्तर गर्नुहुदै धरान उपमहानगरपालिकाका प्रमुख एवम् गल्फ खेलाडी तिलक राईले विज्ञान प्रतिष्ठान हाताभित्र रहेको प्रदेश नंं १ मै रहेको एक मात्र गल्फ कोर्ष निर्वाणा कन्ट्री गल्फ कोर्सलाई अव संघ, प्रदेश र स्थानीय सरकारले संरक्षण गर्दै विकास गरेर लानुपर्ने बताउनुभयो । गल्फ खेलाडी समेत रहनु भएका प्रमुख राईले गल्फ खेलको माध्यमबाट धरानमा बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।
यता गल्फ खेलाडी एवम् धरान गल्फ क्लबका निवर्तमान अध्यक्ष पूर्ण लिम्बुले २२ विघा जमीन ओगटको गल्फ कोर्स अनाश्यक रुपमा घास उर्मेर खेल मैदान नै कुरुप हुने गरेको स्मरण गर्दै गराउदै वृटिशकै पालामा छोडेर गएका घास काट्ने मेसिन ट्याक्टरमा जोडेर घास काट्न सकिने बताउनुभयो । उहाँले यसका अलावा यसलाई अन्य प्रयोजनको लागि समेत प्रयोग गर्न सकिने बताउनुभयो ।
जननिर्वाचित आएपछि पहिलोपटक स्थानीय सरकारले ट्याक्टर सहयोग गरेकोमा उहाले धन्यवाद समत दिनुभयो । नेपालकै पुरानो गल्फ कोर्ष मानिएको निर्वाणाकन्ट्री गल्फ कोर्स सन् १९६२ सालमा धरानमा वृटिशहरुले शुरु गरेको बताइन्छ । विगतमा यो गल्फ कोर्षमा बार्षिक रुपमा सुनसरी टेक्निकल कलेज एम्युचेयर, इन्द्र बराह एम्युचेयर, तृस्ना मेमोरियल एम्युचेयर, गुरु बर्थ डे खुल्ला गल्फ प्रतियोगिता, अन्तर सदस्यीय टुर्नामेन्ट लगायत राष्ट्रियस्तरको हिमालयन गल्फ प्रतियोगिता, सूर्य इस्टर्न गल्फ प्रतियोगिता हुने गरेका थिए । अब यो खेलको विकासका लागि खेल मैदानका संरक्षण गर्दै खेलको विकासमा खेलप्रेमी, खेलाडी तथा स्थानीय सरकार जागरुक भएर लागेका छन् ।
