धरान÷जीवनभरि निजी मेडिकल कलेजमार्फत विरामीको उपचार र विद्यार्थीहरुको शुल्क उठाउन बानी परेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. ज्ञानेन्द्र गिरी यतिबेला प्रतिष्ठानको नाममा रहेको अरबौको जग्गा बेच्ने षड्यन्त्रमा लागेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोहन गर्न स्वास्थ्य मन्त्री भानुभक्त ढाकालसँग सेटिङ गरेर उपकुलपति पद हत्याएका डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठान भित्रका अनगिन्ती समस्या थाँति राखेर अरबौको अचल सम्पत्ति व्यापारिक घरानासँग गुपचुप सौदाबाजी गर्न लागेको देखेर प्रतिष्ठानका शिक्षा तथा कर्मचारी आक्रोसित हुन थालेका छन् ।

प्रतिष्ठानका अन्य पदाधिकारी र कार्यकारिणी समितिलाई निकम्बा देखाउन एकल निर्णयबाट तलब बृद्धि गरेका उपकुलपति डा. गिरीले र्आिर्थक बर्ष सिद्धिदा पनि बृद्धि गरेको तलब दिन सकेका छैनन् । डा. गिरीले तामझामका साथ शुरु गरेको कोरोना अस्पतालको व्यवस्थापन वेहाल छ । प्रतिष्ठानमा वैधानिक रुपमा नियुक्त अस्पताल निर्देशक हुदा हुदै गिरीले कोरोना अस्पतालको निम्ति अलग्गै निर्देशक नियुक्ति गरेका छन । बहालवाला अस्पताल निर्देशक रेग्मी–गिरी सिण्डकेटको मनोमानी खरिद प्रक्रियामा भाँजो हाल्ने देखेर उक्त सिण्डिकेटले कोरोना अस्पतालमा गाइजात्रे व्यवस्थापन गरेको र करोडौको अनियमित खरिद गरेको प्रतिष्ठानका एक अधिकृत स्तरका कर्मचारी बताउँछन् ।
मन्त्रीको आडमा अचल सम्पत्तिमाथि रेग्मी–गिरी सिण्डिकेटको गिद्धे नजर
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता करिब ४५० विघामा फैलिएको छ । नेपालमै यत्रो ठूलो संरचनामा कुनै प्रतिष्ठान बनेको छैन ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा स्थापना भएको प्रतिष्ठानमा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाले प्रतिष्ठानका लागि प्रतिष्ठान बाहिर पनि अरबौको अचल सम्पत्ति प्रतिष्ठानको नाममा जोडिदिएका थिए । प्रतिष्ठानको नाममा मोरङको सुन्दर हरैचा नगरपालिकामा ३० लाख रुपैया प्रति कट्ठा पर्ने ७ विघा, छाताचौकमा करिब २ करोड प्रतिकट्ठा पर्ने १ विघा १४ कट्ठा जग्गा छ । त्यसैगरी पूर्व उपकुलपति डा. शेखर कोइरालाले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको हालतको मूल्य प्रतिआना १ करोड रुपैया पर्ने ४ रोपनी जग्गा प्रतिष्ठानको नाममा जेडिदिएका थिए । भविष्यमा यी जग्गामा प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी थप संरचना बनाउन सकोस भनेरै कोइरालाले प्रतिष्ठानको नामा यी सम्पत्ति जोडी दिएको प्रतिष्ठानका एक पूर्व रजिष्ट्रारले बताए ।
हालको उपकुलपति गिरीले आफू नियुक्ति हुने वित्तिकै प्रतिष्ठानको कार्यकारिणी समितिलाई पत्तै नदिई करोडौ भुक्तानी गरेर उठौती धन्दामा लागेको गिरी रेग्मी सिण्डिकेटले सबैभन्दा सुपथ उठन्ती नै यिनै जग्गाहरु निजी कम्पनीलाई जिम्मा दिएर गृहकार्य थाल्यो । प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानको हाताभित्रैको जग्गामा फनपार्र्क बनाउने निहुँमा एक निजी कम्पनीलाई दिँदा प्रतिष्ठानभित्र र बाहिर समेत चर्को विरोध भएको सुनेर गिरी रेग्मी सिण्डिकेटले प्रतिष्ठान हाताभित्रचाहिँ निर्माणा कन्ट्री क्लबस“ग मोटो कमिशन लिएर एक व्यापाीलाई जिम्मा लगाउने पहल शुरु गरेको प्रतिष्ठानका एक कर्मचारी बताउँछन् । ती कर्मचारी भन्छन् प्रतिष्ठानलाई सुधार गरेर अगाडि जानु पर्नेमा प्रतिष्ठानको सम्पत्ति नै बेच्ने नियत देखिदै छ । एक कार्यकारिणी समितिका सदस्य भन्छन् कुनै पनि हालतमा सम्पत्ति बेच्न दिँदैनौ । अहिले नियुक्ति भएर आएका रजिष्ट्रार रेग्मीले यस मामलामा सहमति गर्लान र आफ्नो खुट्टामा बञ्चरो हान्लान भन्ने मलाई लाग्दैन । उनले भने प्रतिष्ठानमा हाल सम्म आएका कुनै पनि रजिष्ट्रार कि अख्तियारको फन्दामा परेका छन्, हत्कडी लगाइएका छन् कि निलम्बनमा परेका छन् ।
जग्गा घोटलाको योजना
१. सुन्दर हरैचाको ७ विघा जग्गा
प्रतिष्ठानको नाममा रहेको यो अमूल्य जग्गामा विराटनगरका धेरै व्यापारीहरुको आँखा लागेको छ । उक्त जग्गामा प्रतिष्ठानले धेरै बर्ष अगाडिदेखि सुवर्ण फर्मास्युटिकल नामको औषधि कम्पनी खोल्न पहल गरेपनि सफल हुन सकेको छैन । सुन्दर हरैचा नगरपालिका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको क्षेत्र समेत हो । असफल भएको औषधि कम्पनी अब आफूले सफल पार्न र निजी कम्पनीसँग साझेदारी गरेर ६० करोड भन्दा बढी मूल्यको त्यो सबै जग्गा औषधि कम्पनी निर्माण योजना अन्तर्गत ५० बर्षको निम्ति सम्पूर्ण भोगचलन गर्ने अधिकार सहित एक पहुचवाला व्यापारी घरानालाई जिम्मा लगाउन उपकुलपति डा. गिरी विगत एक महिनादेखि निरन्तर लागेको कार्यकारिणी समितिका अर्का सदस्यले बताए । उनी आफू नियुक्ति भएर आउने वित्तिकै उनले प्रतिष्ठानको सबै पदाधिकारी लिएर तामझामका साथ उक्त जग्गाको भ्रमण समेत गरेका थिए ।
२ धरानस्थित छाताचौकको १ विघा १४ कट्ठा जग्गा
यो अमूल्य जग्गामा धरानकै एक व्यापारिक घरानाले आँखा लगाएर बसेको प्रतिष्ठानका अर्का चिकित्सकले बताए । आम धरानबासीले यस जग्गामा कम्तिमा १ सय शैøयाको अस्पताल बनाउन बर्षोदेखि माग गर्दै आएका छन् । तर यो जग्गालाई गिरी रेग्मी सिण्डिकेटले डिपार्टमेन्टल स्टोर खोल्न ५० बर्षे लिजमा दिन सौदाबाजी गर्न लागेको ती चिकित्सकले बताए ।
३. काठमाण्डौस्थित बाँसबारीको ४ रोपनी जग्गा
त्यो अमूल्य जग्गाको सौदाबाजीबाट आ–आफ्नो नियुक्तिमा लागेको सबै खर्च असुल्ने गिरी रेग्मी सिण्डिकेटको योजना रहेको प्रतिष्ठानका एक प्राध्यापकले बताए । गत आइबार बेलुका काठमाण्डौमा यही जग्गाको ५० बर्षको सौदाबाजीका निम्ति गिरी रेग्मी सिण्डिकेट र एक व्यापारीबीच महत्वपूर्ण बैठक भएको उनले बताए ।
गिरीले कार्यालयबाट बीपीको फोटो ह“टाए
भारत सरकारले महामानव बीपी कोइरालाको नाममा बनाइदिएको प्रतिष्ठानमा स्थापनाकालदेखि नै राखिएको बीपी कोइरालाको तस्विर उपकुलपति गिरीले आफ्नोे कार्यकक्षबाट हँटाएर प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर राख्न लगाएका छन् ।
्उपकुलपति डा. गिरीका सल्लाहकार दिलिप भट्टराइको नियुक्ति पाएको भोलिपल्ट नै उक्त तस्विर हटाउन आदेश दिएपनि अन्य कर्मचारीले आलटाल गरेपछि सल्लाहकारको साथ लिएर उपकुलपति आफैले तस्विर हँटाउने कार्य गरेको देखेर प्रतिष्ठानका पुराना कर्मचारी आश्चर्यमा परेका छन् ।
कोडिड अस्पताल सञ्चालनमा आएन–नर्सहरु विरामी पर्न थाले
प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईलाई ल्याएर बडो तामझामका साथ उद्घाटन गरेको कोभिड अस्पताल हालसम्म सञ्चालनमा आउन सकेको छैन । को्िभड अस्पाल उद्घाटन भएको धेरै महिना भएपनि विरामीहरुलाई आइसोलेसनबाट सारिएको छैन ।
टर्चरी लेवलको हस्पिटल भनेर प्रचार गरिए पनि पेइङ्ग वार्डको अइसोलेसनमा विरामी राखिएपनि त्यहाँ कुनै सुविधा छैन । १० वटा भेन्टिलेटर राख्ने भनिए पनि हाल एउटा पुरानो विग्रिएको दिइएको छ । अरु केही व्यवस्था छैन । अक्सिजन समेत छैन, दबाई दिइएको छैन । स्टाफहरुलाइई जबरजस्ती ड्युटीमा खटाइएको छ । पानी, बत्तीको व्यवस्था छैन । खानाको व्यवस्था पनि राम्रो छैन । दुई जना स्टाफ विरामी भएका छन् । खाना राम्रो नभएपछि कसरी ड्युटी गर्ने कार्यरत एक कर्मचारीले बताए । हामीले प्रतिष्ठानको पदाधिकारीलाई बारम्बार समस्याका सम्बन्धमा जानकारी गराउँदा पनि कसैले सुन्दैनन् । डाक्टरहरुको सुपरभिजन छैन, नर्स र जुनियर डाक्टरहरुले मात्र हेरचाह गर्ने गरेका छन्, ती कर्मचारीले बताए ।
