बाढी पहिरोले पु¥याएको क्षतिप्रति दुःख व्यक्त

राजधानी÷केही दिनको अविरल बर्षासँगै नेपालका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति नेपाल स्थित भारतीय राजदूतावासले दुःख व्यक्त गरेको छ ।
नेपालस्थित भारतीय राजदुतावासले शुक्रबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी केही दिनदेखिको अविरल बर्षाका कारण नेपालको सिन्धुपाल्चोक लगायत विभिन्न स्थानमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले आफ्नो विज्ञप्तीमा भनेको छ विभिन्न जिल्लाहरुमा बाढी र पहिरोका कारण हुन गएको जनधनको क्षतिप्रति हामी दुखित छौं । यस दैवी विपतको घडीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया