राई नेपाली का“ग्रेसको खेलकुद विभाग सदस्यमा मनोनित

धरान÷नेपाली काँग्रेसका निवर्तमान धरान उपमहानगर समितिका सभापति किशोर राई नेपाली काँग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित हुनु भएको छ ।
अखिल नेपाल फुटबल संघका मानार्थ उपाध्यक्ष, प्रदेश न. १ का एन्फा अध्यक्ष, धरान फुटबल क्लबका अध्यक्ष समेत रहनु भएका राईको खेलकुद विभागको केन्द्रीय सदस्यमा भएको नियुक्तिलाई नेपाली काँग्रेस सुनसरीले खुशी व्यक्त गरेको छ । नेपाली काँग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइरालाले भन्नुभयो मैले उहाँलाई सामाजिक सञ्जालमा बधाइ दिइसकेको छु । उहाँको कार्यकाल सफल रहोस् । किशोर राई ग्रास रुटबाट संगठनमा आउनु भएको हो । खेलकुदप्रति असाध्यै समर्पित व्यक्ति राई विगतमा नगरको वडा अध्यक्ष, नगरको सभापति र प्रदेश संसदको पार्टीले प्रत्यासी बनाइसकेका व्यक्ति हुन् । हामीसँगै खेलकुद विकास समितिको सदस्य पनि थियौं । पार्टीले उहाँको मनोनयन सही गरेको छ । पार्टी संगठनमा खेलकुदको माध्यमबाट युवायुवतीहरुलाई अगाडि बढाउने काम अवस्यै गर्नुहुनेछ । कोइराला भन्नुहुन्छ राईको मनोनयन केही ढिलो भयो । पार्टीले उहाँलाई प्रारम्भमै मनोनयन गर्नुपर्ने थियोे । यद्यपि म धेरै आशावादी छु उहाँले आगामी दिनमा राम्रो काम गर्नुहुनेछ । जिल्लामा पनि खेलकुद विभाग गठन गर्न बाँकी छ । यसमा राइले तदारुकता देखाउनु हुनेछ ।

तपाईको प्रतिक्रिया