बाढी पहिरोमा दर्जनौको मृत्यु : सरकारको पूर्व तयारी नै छैन

केही दिनदेखिको भारी बर्षाका कारण मुलुभरि ठूलो धनजनको क्षति भएको छ । २०७२ सालको भुकम्पले चर्किएका पहाडहरु रसाएर पहिरो जाँदा दर्जनौको ज्यान गएको, सैयौ बेपत्ता भएका, हजारौ हराइरहेका छन् भने अरबौ बराबरको क्षति भएको छ ।
पहाड तथा हिमाली भेकमा पहिरो र तराईमा बाढी प्रकोपको यतिबेला आम सर्वसाधारण आहात भएका छन् । बाढी र पहिरोको उच्च जोखिमा तराईका २२ वटा जिल्ला र पहाड तथा हिमाली जिल्ला अहिले मात्र परेका भने होइनन । विगतका बर्षहरुमा समेत बाढी र पहिरोको दुर्नियत नेपालीहरुले नभोगेका होइनन् ।
हरेक बर्ष निश्चित र अवस्यम्भावी जस्तै देखिएको बाढी र पहिरोको जोखिमबाट आफ्ना नागरिकहरुलाई जोगाउने काममा सरकार विगतदेखि नै चुक्दै आएको छ । जब प¥यो राति अनि बूढी ताँती भनेजस्तै छ सरकारको रवैया अर्थात काम कर्तव्य । जब नागरिकको ज्यान जान थाल्छ, बेपत्ता हुन्छन्, ठूलो आर्थिक क्षति हुन्छ तबमात्र सरकार अनौपचारिक रुपमा जुर्मराउँछ । नागरिक मर्दा सरकारको गणनमा संख्या थपिने मात्र हो तर जुन परिवारमा निधन भएको हुन्छ त्यो परिवारले सर्वाधिक क्षति व्यहोर्नु परेको हुन्छ । सम्भवत ? त्यो परिवार सडकमैै आउने अवस्था रहन्छ ।
बेला छँदै सरकारले बाढी पहिरो रोकथामको उपाय अवलम्बन गरिदिएको भए वा उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकहरुलाई उचित बसोबासको व्यवस्थाका लागि स्थानान्तरण गरिदिएको भए अहिलको महासंकटको अवस्थै आउने थिएन । समय छउन्ज्याल
सरकार कानमा तेल हालेर बस्नुको परिणाम हो आजको भयावह अवस्था । नागरिक बाढी र पहिराकोे कहरमा, आफ्ना परिवार, गुमनएको पीडामा दिशाहीन भएका छन भने सरकार सत्ताको लुछाचुँडी र भागबण्डामा महाभारत मच्चाएर बसेको छ । एकातिर कोरोनाको सन्त्रास अर्काेतिर बाढी पहिरोबाट आक्रान्त नागरिकको उद्वारमा सरकारका संयन्त्र चुक्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन हेलिकोप्टरबाट तेह्रथुम पुग्छन्, हेलिकोप्टरबाटै केक मगाउँछन् तर आपत्तमा परेका नागरिकको उद्वारका लागि हेलिकोप्टर टोली लिएर गन्तव्यतिर जान सक्दैनन् । यो भन्दा विडम्बना के हुन सक्छ ?
सिन्धुपाल्चोकमा गएको पहिरो, म्याग्दी, गोरखा, काभ्रे, धादिङ्ग, तनहुँ, कर्णालीका आधा दर्जन भन्दा बढी स्थानमा गएको पहिरोमा पुरिएकाहरुको समयमै उद्धार गर्न सकको भए उनीहरुले जीवन पाउने थिए । आज सैयौ व्यक्तिहरु पहिरोमा पुरिएका छन् तर सरकारी उद्धार टोली घट्नास्थलमा पुग्न सकेको छैन । पुगिहाले पनि मृतकहरुको लासबाट दुर्घन्ध आउन थालेपछि पुने विगतको प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । प्राकृतिक प्रकोप पूर्व सूचना दिएर आउने होइन । तर त्यसको पूर्व अनुमान भने गर्न सकिन्छ । नेपालमा एउटा घिनलाग्दो प्रवृत्ति के देखिएको छ भने यहाँका हरेक विपत्तिलाई सरकारदेखि एउटा वर्गको अवसरको रुपमा लिने गरेका छन् । हालसालैको बाढी पहिरोबाट ज्यान गुमाएका भौतिक क्षति र जोखिम नियन्त्रणको नाममा सरकारले दातृ राष्ट्रहरु गुहार्ने, एसियाली विकास बैंक, विश्व बैंक, आन्तरिक रुपमै भएपनि ऋण लिने काम हुन्छन् । आखिरी यो ऋणको भार मृतकका आफन्तले समेत व्यहोर्नुपर्ने हुन्छ । राहतका नाममा अरबौ अपचलन हुन्छ । लक्षित वर्गसम्म राहत पुग्न सक्दैन । अर्कोतर्फ सरकारकै संरक्षणमा रहेका एनजिओ, आएनजिओहरुले समेत यसलाई अवसरकै रुपमा विगतदेखि नै लिँदै आएका छन् । पीडित तथा लक्षित वर्गका टिठलाग्दा तस्विरहरु नै उनीहरुको लागि डलर झार्ने दब्रिलो माध्यम बन्ने हुन्छ । आखरी पीडित पीडितै रहने हो भने कोरा राहतको औचित्य रहँदैन ।

तपाईको प्रतिक्रिया