धरान÷तुलसीदासद्वारा रचित वैद्धिक धार्मिक ग्रन्थ रामायणका अनुवादक, दर्जनौ कृतिहरुका रचयिता आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्म जयन्ति सोमबार धरानमा भव्यताका साथ भनाइएको छ ।
नेपाली लेखक संघ सुनसरीको आयोजनामा धरानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा दर्जनौ साहित्कार, लेखक, कवि तथा कवियित्रीहरुले पुष्पगुच्छा, माला अर्पणा गर्दे आÏना रचनाहरु वाचन गरेका थिए ।
वि.सं. १८७१ सालमा जन्मिएका भानुभक्त आचार्यको निधन वि.सं १९२५ साल आषाढ २९ गते भएको थियो । नेपालको आधुनिक साहित्य लेखनमा उल्लेख्य योगदान पु¥याउनु भएका आचार्यलाई राज्यले आदिकविबाट विभुषित गरेको छ । धरानमा स्थापना गरिएको भानुभक्तको प्रतिमा वि.सं. २०३४ सालमा तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले अनावरण गर्नुभएको थियो । नेपालका मुर्धन्य साहित्यकार एवम् भाषा शास्त्री महानन्द सापकोटाद्वारा शिलान्यास गरिएको थियो भने आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा कोशी अञ्चल मोटर सिण्डिकेटद्वारा निर्माण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का पूर्व प्रमुख एवम् नेपाली कंग्रेसका महासमिति सदस्य प्रा.डा. गोविन्द सुब्बाले रामायणको एकदिन नारद सत्यलोक पुगि गया लोकको गरौ हित भनी भन्ने श्लोक वाचन गरेर सुभारम्भ गर्नुभएको थियो । यसैगरी नेपाली लेखक संघ सुनसरीका अध्यक्ष एवम् कार्यक्रमाको औपचारिक रुपमा सभापतित्व ग्रहण गर्नुभएका प्रा.डा गोपाल भण्डारी, गिरिराज आचार्य, भिष्म काफ्ले, मुरारी सुवेदी, मञ्जु भण्डारी लगायतले आदिकवि भनुभक्त आचर्यद्वारा रामायणका विभिन्न श्लोकहरु बाचन गर्नुभएको थियो ।
नेपाली लेखक संघका सदस्य महानन्द तिम्सिनाद्वारा सञ्चालित कार्यक्रममा विजयपुर एफएमकी सञ्चालिका हिमाल राई, कवयित्री लक्ष्मी अच्युत ढुंगाना, मोति स्मरण समिति धरान सुनसरीका अध्यक्ष गोविन्द तिम्सिना, लक्ष्मी वाचनायलयका अध्यक्ष पुष्प ढकाल, शरण राई, प्रदीप आचार्य, मच्छिन्द्र खत्री, लालबहादुर कार्की, भरत भट्टराईले आदिकवि आचर्याको स्मरणमा कविता वाचन गर्नुभएको थियो ।
