धरान÷ पछिल्लो समय प्रहरीका लागि लागू औषध कारोबार बढ्दै जादा प्रहरीलाई यसको नियन्त्रणमा दिनप्रतिदिन चुनौति थपिदै गएको छ ।
खुल्ला सीमानका कारण भारतबाट नेपाल नेपाल प्रवेशमा समस्या नहुदा लागू औषध कारोबारीहरुहरु बढेको हो । सुनसरी जिल्ला समेत भारतको खुल्ला सीमा जोडिएको क्षेत्र भएकोले धेरै लागूऔषध सुनसरी भित्रिने गरेका कारण सुनसरी प्रहरीलाई समेत यो समस्याले टाउको दुखाई भएको छ ।
यसरी सुनसरी हुदै नेपालका पूर्वी पहाडी क्षेत्रमा लागुऔषध भित्रिने गरेको पाइएपछि यतिबेला भने सुनसरी प्रहरीले स्विप अप्रेशन नै चलाएको छ ।
सुनसरी प्रहरीले पछिल्लो दुई महिनामा सुनसरी प्रहरीले लागुऔषध
कारोबारीको ठुलो गिरोह प्रक्राउ गर्न सफल भएको छ । लकडाउनका समयमा
कोरोना जोखिम न्यूनिकरणमा खटिएका प्रहरीको आखा छलेर ल्याउने गरेका लाग औषध यसरी प्रक्राउ गरेको हो ।
भारतमा रही नेपाल तर्फ लागुऔषध सप्लाई गर्ने देखी सुनसरी हुूदै नेपालका विभिन्न शहर सम्म लागुऔषध पु¥याउने कारोबारीलाई प्रहरीले समात्न सफल भएको छ ।
सुनसरी प्रहरीले पत्रकार सम्मेलन मार्फत २ महिने प्रगती विवरण सार्वजनिक गर्दै लागुऔषध विरुद्धको स्विप अप्रेसनका बारेमा जानकारी दिएको हो ।
सिआइबीमा लामो समय काम गरी प्रहरी प्रमुखका रुपमा सुनसरी जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएका थापा अनुसन्धानमा अब्बल अधिकृत मानिनुहुन्छ ।
उहा सुनसरी आएपछि प्रहरीले दैनिकजसो ठुलो मात्रामा लागुऔषध बरामद गर्दै आएको छ । प्रहरीले लागुऔषध कारोबारीलाई समेत पक्रदै आएको छ ।
सुनसरी प्रहरीले यतिबेला गम्भिर प्रकृतिका मुद्दालाई समेत प्राथमिकतामा राखी अनुसन्धान बढाएको छ । लक डाउनका समयमा सामान्य भन्दा गम्भिर र जटिल मुद्दा केन्द्रित बनेको सुनसरी प्रहरी जिल्लालाई लागुऔषध मुक्त बनाउने अभियानमा जुटेको छ ।
सुनसरी प्रहरीका अनुसार लागुऔषध तर्फ बढी मात्रामा युवा जमात संलग्न छ । बढ्दो कारोवारी रोक्न नेटवर्क पत्ता लगाउन केन्द्रित देखिएको सुनसरी प्रहरी सोही अभियानमा अघि बढेको बताउँछ । जसकालागि उसले स्विप अप्रेसन नै थालेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार भारतमा रहेका व्यक्तिले सीमामा ल्याई लागुऔषध भण्डारण गर्ने र नेपाल तर्फ रहेका व्यक्तिले सुनसरी सहित मोरङ, झापा, सप्तरी, उदयपुर लगायतका क्षेत्रमा सप्लाई गर्ने गरेको देखिएको छ ।
यसैगरी प्रहरीले पत्रकार सम्मेलन मार्फत श्रीमति र ससुराली मिलेर हत्या गरिएका मिथुन उरावका हत्यारा समेतलाई सार्वजनिक गरेको छ ।
ज्वाईलाई मदिरा सेवन गराई सासु ससुरा र मृतककी श्रीमती सहितको योजनामा हत्या गरी खाल्टो खनी पुरिएको प्रहरीले निष्कर्श निकालेको छ ।
