घरमै गाजा उत्पादन गरी विक्री वितरण गर्ने प्रक्राउ

धरान÷धरानबाहिरबाट भारीमात्रामा गाजा भित्रिने गरे पनि पहिलो पटक धरानमै गाजा उत्पादन गरेर घरबाटै विक्री वितरण गरेको पाइएको छ ।
आफ्नै बारीमा गाजा उत्पादन गरी घरबाटै गाजा विक्री वितरण गर्ने धरान १३ का २९ बर्षीय नविन मगरलाई प्रहरीले प्रक्राउ गरपछि यो रहस्य खुलेको हो ।
उनलाई ३ सय मिलीग्राम गाजासहित प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो । विगतदेखि नै घरमा नै गाजा तयार बनाएर बेचविखन गर्ने गरेको सूचनाका आधारमा उनलाई प्रक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिनुभयो । । प्रक्राउ परेका मगरको बारीमा लगाएको १३ बोट गाँजा प्रक्राउ गरेको उहाले बताउनुभयो । प्रक्राउ परेका राईका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया