बलिउडका मेघा कलाकार अभिताभ बच्चन परिवार कोरोना संक्रमित

एजेन्सी÷बलिउड अर्थात भारतको मेघा स्टार कलाकार अभिताभ बच्चन उनका छोरा अभिषेक बच्चन, श्रीमति जया वचन र बुहारी र्एश्वर्य वचन रनातिनीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतका विभिन्न एजेन्सीहरुले जनाए अनुसार बाबु छोरा अभिताभ बच्चन र अभिषेकमा कोरोनाको पुष्टि भएपछि उनका परिवारका अन्य सदस्यहरुको समेत कोरोना टेष्टमा पोजेटिव रिपार्ट आएको छ ।
कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएपछि महानायक अभिताव बच्चन र अभिषेक बच्चनलाई उपचारार्थ मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ । दुवै जनाको स्वास्थ्यका सम्बन्धमा महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले दुवैको स्थिति राम्रो रहेको र चिन्ता गर्नु नपर्ने बताएका छन् । स्वास्थ्य मन्त्री टोपेले अभिताभ बच्चनमा कोरोनाको हल्का लक्षण देखिएको छ । कोभिड १९ को रेपिड एन्टिजेन टेष्टमा दुवै बाबु छोरामा पोजेटिव देखिएकाले दुवैलाई नानावती अस्पालमा भर्ना गरिएको हो ।
यसैबीच मेघा स्टार अभिताभ वच्चनले आफ्ना शुभचिन्तकहरुलाई आफ्नो स्वास्थ्यलाई लिएर कुनै चिन्ता नगर्न आग्रह गरेका छन् । उनले शनिवार एक ट्विट गर्दै बच्चन परिवारका अन्य सदस्यको पनि कोरोना टेष्ट गरिएको छ । यसका अलावा पछिल्ला दश दिनमा आफ्नो सम्पर्कमा आएका जति मानिस छन् सबैको टेष्ट गर्न पनि उनले आग्रह गरेका छन् । शनिवार
राति १० बजे अभिताभ बच्चन र अभिषेक बच्चन आफ्नै नीजि गाडीमा अस्पताल पुगेका थिए । दुवै जनाले आफैले आफूलाई अस्पताल भर्ति
गराएका थिए । दुवैको आरटी पिसआर गरिएको थियो । अमिताभ बच्चनले आफ्नो ट्विटमा आफूलाइ कोरोना संक्रमण भएको कुरा लेखेका थिए । उनले आफूमा कोरोना पोजेटिव भएको छ । त्यसपछि उनलाई अपस्तालले पनि भर्ना लिएको थियो ।

नेपालका प्रधानमन्त्रीद्वारा सुस्वास्थ्यको कामना

मेघा स्टार अभिताव वच्चन र उनका परिवारका अन्य सदस्यमा देखिएको
कोरोना भाइरस प्रति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
उहाँले आइतबार आफ्नो व्यक्तिगत ट्विट ह्यान्डलमा ट्विट गर्दै चाँडै मेघा स्टार अभिताभ बच्चन र अन्य सदस्यको शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया