घण्टाघरबाट हेर्दा

अशक्ति उपिन्द्र
एउटा चोरले अरुलाई नि चोरै देख्छ, एउटा गजेडीले अरुलाई पनि गँजेडी नै देख्छ भन्ने हो कि क्या हो ? अब हेरम न हाम्रै पर्धानमन्तरीलाई जनता समाजवादी पार्टीका अध्येक्षे उपिन्दर जादवले जहिल्यै थुतुनो र त्यो के जाति चाहिँ जोगाएरै हिड्नु भन्थे बुढाहरु तर उपिन्दर जादव यी दुवै कुरा उदांगो पारेर हिड्न थाल्या छन् । अशत्ति † हाम्रा पर्धानमन्तरी विचरा विरामी छन् । हिड्दा नि अरुले अँठ्याइ दिनुपर्छ । धन्न मुलुक सञ्चालन ग¥या छन् । यस्ता मान्छेलाई नि जथाभावि आरोप त लगाउनु भएन नि † चिनियाँ राजदूत याङछीले गोडापाँचेक पटक भेट्दैमा अशत्तिले कस्तो शंका ग¥या ? चीनले नेपालमा महिला राजदूत पठाएर ओलीलाई फँसाउदै छ पो भनेछन् है । हैन हौ महिला राजदूत हुनै नहुनुे ? बोल्दैमा फँसाइ हाल्छन् र ? अबचाहिँ उपन्दर जादव पूरै खुस्केछन । पर्धानमन्तरी ओली बरु चुड्किला हान्छन्, हावा गफ जोत्छन्, ज्यान गए सत्ता छोड्ेदैनन् तर पापाचारीचाहिँ छैनन् है ।
बाख्रे काजीको मुख मिठ्यान
साँढेको झुण्डिएका यमानका राजकानी झर्ला र खाम्ला भनेर लोभी स्याल चौवीसै घण्टा साढेको पछि लाग्दा लाग्दा थाके थ्यो रे । न राजकानी झ¥यो न स्यालले चिथोर्ने पायो । यतिबेला नेप्लिज लाँग्रेसका मुखिया स्यालबहादर नेकपा फुट्ला र सत्तामा पुगौला भनेर थुतुनो मिठ्याएर बस्या छन् । अस्तिका दिन उन्ले आफ्ना नन्दीभृंगीहरुलाई बडो प्रसन्न मुद्रामा आदेशै दिएछन् सरकार चलाउने अवसर आउला जस्तो छ तयार भएर बस्नु । ज्योतिषीले स्यालबहादुरलाई सातखेप पर्धामन्तरी बन्छस भन्याछ रे । कस्ता उट्पट्याङ्ग ज्योतिष रै’छन् । वहुमत चाहिँ कम्निष्टले पाउँछ भन्ने अनि सात पटक पर्धानमन्तरीको भविष्ये वाणीचाहिँ स्यालबहादुरको गर्ने ? करङ्ग खुस्काउनुपर्ने त्यस्ता पाजी ज्योतिषीको । खैर जे होस् स्यालबहादुरका हस्याङ्ग फस्याङ्ग यतिबेला राम्रैसँग बढ्या छ । नेकपा फुटिदिए आफू पर्धानमन्तरी बनौला भनेर धुपधुवाँर नै गर्न थाल्या छन् रे स्यालबहादुरले । न नेकपा फुटोस न साढेको राजकानी झरोस । अन्तेमा उही हिस्सा बूढी हरिया दाँत ।
जोर विजोर चलाउनु नि
नेकपाभित्र यतिबेला दुई अध्येक्षेहरुको गतिलै पौठेजोरी चल्या छ सिनेमा हलको जस्तै दुवैको भिडन्तमा मज्जा यतिबेला सडकमा समेत देखिएको छ । वाल्वाटार र धुम्वाराहीमा रिहर्सल चल्या छ । पर्धानमन्तरी खप्रओले छिमेकीसँगको सम्बन्ध विगारेको, कुनै काम गर्न नसकेको भन्दै प्रचण्डाउ इतरले पर्धानमन्तरी र अध्येक्षे पदबाट राजीनामा मागेसी दुवैको कुस्ती शुरु भएको हो । खप्रओ ज्यान गए नि राजीनामा नदिने पाँचै बर्ष दुवै पद नछाड्ने बरु पार्टी नै फुटाउने भन्दै हिड्न थाल्या छन् । हुन पनि हो हातबाट फत्केको माछो अँठ्याउन त गाह«ै पर्छ । यही बुझेर खप्रओले दुवै पद नछोड्ने अड्डी ल्यहा होलान् । तर प्रचण्डाउ ज्यान गए मान्नेवाला छैनन् । जोरी पारी हँसाउनु भन्दा दुवैले यसो सुझबुझ देखाए हुने हो । पर्धानमन्तरी आलोपालो गरेर चलाउनु । जोर दिन एउटाले चलाउनु अनि विजोर दिन अर्काले चलाउनु । दुवै पर्धानमन्तरी पनि हुने पार्टी नि नफुट्ने । कि कसो हौ ?
सत्ता जोगाउन राष्ट्रवादी बन्या रे
सर्पको टङगडी सर्पले नै देख्छ भन्ने नेपाली उखान छ । एकै कुरा त होला ? नत्र बूढापाकाहरुले किन त्यसरी भन्थे । अब अहिले आएर नेकपामा फतौरे नेता भीम रावलले यस्तै कुरा ग¥या छन् । अस्तिका दिन रावलले भन्या खप्रओ माने पर्धानमन्तरी सत्ता जोगाउन राष्ट्रवादी बन्या रे । हैट होइन होेला ? खप्रओ राष्ट्रवादी हुन् भनेर दुनियाँलाई थाहा छ । खप्रओले नि भनिरा’छन् म राष्ट्रवादी हुँ भनेर । आफैले भनेसी अरुले विश्वास नगर्ने कुरै भएन । तर रावलले खप्रओलाई राष्ट्रवादी नै देखेनन् । सत्ता जोगाउन खप्रओ राष्ट्रवादी भाका हुन भनेर प्याच्च बोल्दिए । रावलको कुरा पनि कसरी नपत्याम् ? एउटै थालमा खाएर जनवादी गीत गाउनेले भनेको पक्कै झुठो हैन होला ? कम्निष्टले नै कम्निष्टको कुरा चाल पाउँछन् । अरु बाहिरियाहरुलाई त के थाहा ?
आपत्तिजनक छ रे
नेप्लिज लाँग्रेसका गनगने काजी माने गगन थापा उही थुतुनो चलाउन मात्र जान्ने हुन भन्ने कुरा कस्लाई पो थाहा नहोला र ? थुतुनो चलाउन त तिन्ले बरदान नै पाएका छन् । थुतुनो चलाएरै तिन्ले लंका पिटेका छन् । के बोल्दा जनलहरले थपडी बजाउँछन् उही त्यही गर्न खप्पिस छन् । त्यसैले त गनगने थापा । अब हेरम न अस्तिका दिन तिन्ले भन्या चिनियाँ राजदूत हाउ याङ्गछीको दौडधूप आपत्तिजनक छ भनेर बोले । याङ्गछीका बारेमा साह«ा दुनियाँ बोलिसक्दा मात्र गनगने थापाले थुतुनो उघारे । याङ्गछीले एक दुई महिनादेखि नेकपाका नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएकी थिइन तर गनगने थापाले देख्दै देखेनन् । सञ्चार माध्येमहरुमा त्यत्रा समाचारहरु बाढी जस्तै आए तर गनगने थापाले पढ्दै पढेनन् । गो व्याक चाइना भनेर चिनियाँ राजदूतावास अगाडि नारै लाग्यो तर गनगने थापाले भेउ नै पाएनन् । आँची गरिसक्यो अनि दैलो देख्यो भनेझै अहिले आएर चिनियाँ राजदूतको दौडधूप आपत्तिजनक छ रे । यस भन्दा अगाडि चै के ललिपप चपाएर बस्या थिए गनगने थापा ?
नगरसभा स्थगित
अतिका दिन बोलाएको धरान उपमहानगरपालिकाको नगर सभाको बैठक स्थगित भएछ । केही भस्मसुरहरुले यसलाई भंगेरै टाउकोमा बढो बढाइ चढाई गरेर बखान गरे । कसैले नगर प्रमुखले १५बर्ष अगाडि लिएको रकम फस्र्यौट नगरेकोले स्थगित ग¥या भनी टोपले । कसैले असफल खानेपानी आयोजना जम्मा लिन ढिलाई गरेकोले भनि टोपले । कसैले के भने कसैले के भने गाँठी कुरा त कसैले ओकल्नै चाहेका छैनन् । गाँठी कुरामा सबै तै चूप मै चूप छन् । १५ बर्ष अगाडि पेस्की ल्या भए कस्ले दियो ? त्यसको किलकिले अँठ्याउनु पर्नेै होइन ? त्यबेला तिलक राई नगरपालिकाका मेयर,अध्यक्ष, सदस्य ते थेनन् होला । कुनै हैसियतै नभएकालाई पेस्की दिन मिल्थ्यो कि मिल्दैन थ्यो ? नगरपालिकामा गएर जस्ले पेस्की माग्या पनि हुने हो कि क्या हो ? घण्टाघरलाई त बुझ्नै गाह«ो भयो वा †
अपुताली खानेको फूर्ति
रविन्द्रनाथ अधिकारीको अपुतालीमा ढलीमली गरेर बस्या पर्यटन मन्तरी योगेश बाजेले अस्तिका दिन भन्या कुरा सुन्दा घण्टाघर छक्क प¥या छ । नेकपालाई भारतले फुटाउन खोज्यो चीनले मिलाउन खोज्यो रे । हे नादान नेकपा भन्या दुई तिहाइको हैन र ? त्यत्रो बलियो नेकपालाई कसैले फुटाउँदा फुटने हो र ? अनि कसैले जुटाउँदैमा ट्याप्प हुने हो र ? गोडा पन्द्रेक डम्फू बजाएर बस्नु ? अरुले कमाउनु, जमाउनु पर्दैन ? नेकपाभित्रको ताण्डव नृत्य गलगिद्ध हसुर्न पाउने, लखनउ लुट मच्चाउन पाउने र सुकेनाश लागेर सिद्धिन लागेका बीचको हो भन्ने कुरा अपुताली मन्तरीले खै कुरा बुझ्या ? बडो फूर्ति लगाउँछन् चीनले जोडिदिन लाग्यो भनेर ।
अन्तेमा
यतिबेला नेकपा विभाजनको संघारमा छ । पर्धानमन्तरी खप्रओ भन्छन् प्रचण्डाउलाई पर्धानमन्तरी चाहिए अर्को चुनाउबाट आउनु, अध्येक्षे चाहिे महाधिवेशनशबाट आउनु । प्रचण्डाउलाई अहिलै यी दुईमध्ये एउटा पद चाहिया छ । खप्रओ छोड्दै नछोड्ने । अब यो पार्टी फुट्यो भने दुई वटा पार्टीको नामचाहिँ के राख्लान् ? एउटाले चिकपा राख्ला अकोले इकपा राख्ला माने एउटा चिनियाँ कम्युनिष्ट पार्टी र अर्कोचाहिँ इन्डिया कम्युनिष्ट पार्टी । पक्कै पनि चिकपा पर्धानमन्तरी खप्रओको होला । अर्को त प्रचण्डाउको भैहाल्यो । जेहोस् नामचहिँ गजब गजबकै जुर्ने भयो । नेप्लिज जन्ता पेट मिचीमिची हाँस्ने भए ।

तपाईको प्रतिक्रिया