कोरोना भाइरसका कारण होटल व्यवसायीको भविष्य अनिश्चित

धरान÷सरकारले लकडाउन खुकुलो बनाए पनि केही यस्ता व्यवसाय अझै चल्न नसक्दा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पर्यटन प्रवद्र्धनमा होटल व्यवसायले महत्वपूर्ण हिस्सा ओगटे पनि सम्भावित कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको तीन महिना लामो लकडाउन जेष्ठ ३२ गतेदेखि खुकुलो बनाए पनि करोडौ लगानी गरेर खुलेका होटल व्यवसाय नराम्ररी थला परेको छ । अब विगतकै जस्तो अवस्था आउदासम्ममा धेरै होटल व्यवसायी विस्थापित हुने अवस्था आउने स्वयम् होटल व्यवसायीहरु नै बताउछन् ।
धरानमा मात्र साना तथा ठूला गरी २ हजार भन्दा बढी होटल सञ्चालनमा छन् । त्यसमध्ये पनि धरान १५ बगरकोटमा खोलिएका १ सय भन्दा बढी होटल पर्यटन प्रवद्र्धन गर्दैै गुणस्तरीय खानपिनसंंगै पर्यटकलाई लोभ्याउन मनोरञ्जन प्रदान गर्ने उद्देश्यले खोलिएका हुन् ।
विगतमा धरानको अन्य स्थानमा भन्दा बगरकोटमा खोलिएका होटलहरुमा साँझ पर्ने वित्तिकै ग्राहकहरु झुम्मिन्थे । विभिन्न खानाको परिकारसंगै विभिन्न ब्राण्डको मदिरा अनि विभिन्न सांगीतिक कार्यक्रमका यहाँका अधिकांश होटलले पस्किने
गरेका कारण प्रदेश नं. १ मात्र हैन भारतदेखि समेत बगरकोट आउने गर्दथे । तर सरकारले होटल खोल्ने अनुमति अहिले पनि नदिएका कारण करोडौ ऋण गरेर लगानी गरेका व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् ।
विगतमा दैनिक हजारौ कमाइ हुने होटल अहिले सुनसान रहेको एपोलो होटल सञ्चालक सुन्दर लिम्बुले बताउनुभयो ।
सरकारले अन्य क्षेत्रलाई खुकुलो पारे पनि होटल व्यवसाय सञ्चालन गर्ने अधिकार अझै नदिएका कारण दिनप्रतिदिन समस्या बढ्दै गएको एमएच होटल एण्ड लज बारका सञ्चालक जीवन मेन्याङवोले बताउनुभयो । उहाले करोडौ ऋणमा सञ्चालन भएका होटल व्यवसायले बैंकको व्याज तिर्न धौ धौ पर्ने गरेको बताउनुभयो । बगरकोट व्यवसायिक मञ्चका अध्यक्ष समेत
रहनु भएका मेन्याङवोले होटल सञ्चालनको मार एकातिर रहेको र अर्कोतर्फ मासिक १ लाख देखि डेढ लाखसम्म भाडा तिर्नुपर्ने अवस्था भएका व्यवसायीहरु झन समस्यामा परेको बताउनुभयो । उहाले होटल व्यवसाय सञ्चालन हुन नसक्दा सैयौ
कर्मचारीहरुको रोजगार गुमेको समेत बताउनुभयो ।
सरकारले सार्वजनिक यातायातका साधन जिल्लाभरि चलाउन अनुमति दिइरहँदा होटललाई समेत कोरोनाको जोखिम न्यूनिकरण गर्ने सामाग्री प्रयोग गर्दै सामाजिक दूरी कायम गरेर होटल सञ्चालन गर्न दिए व्यवसायीहरु केही तंग्रिने तर्क मेन्याङबोले राख्नुभयो ।
सरकारले आर्थिक बर्षको बजेटमा समेत व्यवसायिको हित हुने खालका कुनै प्याकेज नल्याएको बताउदै उहाले सरकारले बैैकबाट व्याजमा केही प्रतिशत छुट, घर भाडामा केही महिनाको मिनाहा लगायतका सरकारले गर्न सक्ने सहुलित गरिदिएन भने अब होटल व्यवसायीहरु होटल सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।्
धरान १५ बगरकोटमा खोलिएका होटल रेष्टुरेन्टहरुले खानपिनसंगै मनोरञ्जनको प्रदान गर्ने भएकैले यहा आन्तरिक तथा वाह्य मानिसहरु एक पटक बगरकोट नपुगिकन सक्दैनथिए । यहा दैनिक ५ सयदेखि १ हजार ग्राहकहरु आउने गर्दथे भने यहाका करोडौ रुपैया बराबरको कारोबार हुने गर्दथ्यो । सरकारले होटल व्यवसायीहरुलाई समेत कोरोनाको जोखिम न्यूनिकरण गर्ने उपाय अवलम्बन गर्दैै होटल सञ्चालन गर्ने अनुमति नदिए भोलिका दिनमा आजको भन्दा धेरै भयावह अवस्था हुन सक्ने सम्भावना बढेर गएको छ । स्थानीय, प्रदेश र सघीय
सरकारले सहयोग नगरेको गुनासो पोखिरहेका उनीहरुको रोजी
रोटीतर्फ पनि सरकारले ध्यान नदिए भोलिका दिनमा धेरै लगानी गरेर व्यवसाय चलाउनहरु विस्थापित हुदा राज्यले धेरै घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । यसतर्फ तीनै तहका सरकार्ले बेलैमा सोच्न आवश्यक भइसकेको छ ।

तपाईको प्रतिक्रिया