नेपाल भारत मैत्री संघद्वारा शैक्षिक सामाग्री र कम्बल वितरण

धरान/नेपाल भारत मैत्री संघ सुनसरी धरानले ६६ औा भारतको गणतन्त्र दिवसको अवसरमा धरान १६ स्थित पूर्वाञ्चल बहिरा स्कुलमा शैक्षिक समाग्री वितरण गरेको थियो ।
संघका अध्यक्ष मुकुल कायस्थको नेतृत्वमा गएको संघका पदाधिकारीहरुको टोलीले चार हजार रुपैयाा बराबरको शैक्षिक समाग्री वितरण गरेको हो । डटपेन, पेन्सिल, इरेजर, सार्पनर, स्केल, चक्लेट सो अवसरमा वितरण गरिएको थियो । संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, सचिव सरोज श्रेष्ठ लगायत शैक्षिक समाग्री वितरण समारहोमा धरान जेसिका अध्यक्ष प्रेमराज शाक्य, मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटल, रोटरी क्लब अफ धरानका पूर्व अध्यक्ष महेन्द्र जालान शैक्षिक सामाग्री वितरण समारोहमा उपस्थित हनुहुन्थ्यो ।
यसैगरी नेपाल भारत मैत्री संघ सुनसरी इनरुवाले भारतको ६६ औा गणतन्त्र दिवसका अवसरमा गरिब, असहाय, निमुखाहरुलाई २० हजार बराबरका ३५ वटा बाक्ला कम्बल
वितरण गरेको छ ।
इनरुवा नगरपालिका वडा नं. ५ र ६ स्थित रहेको अत्यन्तै गरिब खत्वेहरुको बसोबास रहेको स्थानमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ती कम्बलहरु वितरण गरिएको नेपाल भारत मैत्री संघ सुनसरी इनरुवाका कोषाध्यक्ष गिरिराज अटलले जानकारी दिनुभयो । माघको अत्यन्तै चीसो र कठ्यांगिदो जाडोमा कम्बल पाएपछि खत्वे परिवारले अत्यन्तै खुशी व्यक्त मात्र गरेनन् संघका पदाधिकारीहरको खुट्टा ढोक्न समेत पुगेका थिए । कम्बल वितरण कार्यक्रमको अध्यक्षता अधिवक्ता एवम्. संघका अध्यक्ष हेमराज पोिख्रेलले गर्नुभएको थियो भने केन्द्रीय सदस्य इन्द्रानन्द साह, प्रमोद खत्वे लगायतले भारतको ६६ औ गणतन्त्र दिवसका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया