आन्दोलनको घोषणा गर्दैमा जनता सडकमा हिाड्दैन्

विनोदराज मोक्तान । नेपाली कााग्रेस जनसम्पर्क समिति लण्डनका निवर्तमान अध्यक्ष, युरोप समन्वय समितिका उपाध्यक्ष मोक्तान विगत २१ बर्षदेखि लण्डनमा बस्दै आउनु भएको छ । विदेश स्थित रहेका नेपाली कााग्रेस निकाट संघ, संगठनहरु मध्ये युरोप समन्वय समितिलाई सशक्त ढंगले हेर्ने गरिएको छ । अत्यन्तै जुझारु, पार्टीको नीति र आदर्शप्रति सदैव वफादार रहेर विदेशमा रहेर पनि पार्टीको संगठन, आपसी मेलमिलापमाथि जोड दिादै आउनु भएको छ मोक्तानले । यदाकदा विदा मिल्नासाथ नेपाल आउनु हुने मोक्तान सदैव संगठनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पार्टीका शीर्ष नेतादेखि स्थानीय स्तरका नेताहरुसम्मलाई उहाा भेट्नु हुन्छ ।
यतिबेला आफ्नो जन्मथलो धरान आइपुग्नु भएका मोक्तान पार्टीका स्थानीय नेतृत्वसागकै भेटघाटमा व्यस्त हुनुहुन्छ । झण्डै एक महिना अगाडि अर्थात पौष २५ गते लण्डनबाट नेपाल आउनु भएका मोक्तान चााडै नै लण्डन फर्कने तयारीमा हुनुहुन्छ । युरोप समन्वय समिति मार्फत दुर्गममा रहेका विद्यालयलाई आर्थिक सहयोग, विकट गाउाहरुमा सडक निर्माण लगायतका कार्यमा उहााले सहयोग पुर्‍याउदै आउनु भएको छ । यदाकदा र्पाीभित्रदेखिने गुटबन्दी राजनीतिका खिलाफमा नेपाल आउादामात्र हैन लण्डनमा रहादा समेत उहााले आवाज उठाउने गर्नुभएको छ । यसपटक हामीले यिनै जुझारु युवा नेतासाग मुलुकमा देखिएका राजनैतिक अन्योलता, सत्ता पक्ष र विपक्षबीच देखिएको सहमतिको नाममा रस्साकस्सी, विपक्षी दलले गरेको आन्दोलनको घोषणा आदिका विषयमा केन्द्रीत रही वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
द्दलण्डनबाट कहिले आउनुभयो ?
– ९ तारेखमा अर्थात पौष २५ गते म नेपाल आएको हुा ।
द्दअहिले आउनु केही मिशन थियो कि ?
–त्यस्तो केही छैन । मरो सोच अलि बद्लिएको छ । आधारभूत आवश्यकता केही हदसम्म पूरा भएपछि र इतिहास हेर्दा पनि आफ्नै देशमा गर्नुपर्छ भन्ने छ । बीपी लगायतका हाम्रा नेताहरु पनि लामो समय बाहिर बसाई पछि स्वदेश फर्कनु भएको थियो । नेपाली कााग्रेसमा आवद्ध भएकोले यहााको संगठनमा बाहिर बसेर भन्दा पनि भित्रै बसेर केही गर्न किन्छ कि भन्ने छ । यो सबै समयले बताउला ।
द्दत्यसो भए आगामी दिनमा नेपालमै बस्ने योजना बनाउनु भएको छ ?
–नेपालमा बसेर केही गर्ने सोच त बनाएको छु । यसभन्दा अगाडि पनि बाहिरै बसेर केही नगरेको हैन । नेपाली कााग्रेसको विचारलाई विगत २१ बर्षदेखि त्यहााका नेपाली माझ, कुटनीतिक निकायमा फैल्याउादै आएको छु सबैलाई थाहा छ ।
द्दपछि गएर तपाई युरोप छाड्नु हुन्छ ?
–यो कुरा तपाईहरुले विस्तारै थाहा
पाउनुहुन्छ । पछि पछि गएर म युरोप छोड्ने पक्षमै छु ।
द्दयसको शुरुवात कहिले होला ?
–धेरै समय लाग्दैन । दुई बर्ष भित्रमा म युरोप छाड्छु ।
द्दयहाा स्थायी रुपमा बसेपछि राजनीति वा व्यवसाय के गर्नुहुन्छ ?
–पछि गएर समयले बताउाछ । म अहिले नै यो गर्छु भन्दिना । तर नेपाली कााग्रेसको संगठनलाई कसरी मजबुत बनाउनुपर्छ त्यसमा पनि म सुनसरी क्षेत्र नं. १ धरानमा जन्मेको नाताले नेपाली कााग्रेसलाई कसरी शशक्त बनाउन सकिन्छ त्यसतर्फ लाग्छु । विगतको तुलनामा धरानमा कााग्रेसको संगठन बजबुत बन्दै गएको मैले महसुस गरेको छु । संगठनको हिसाबले हामीले निाराश हुने ठाउा छैन । आफ्ना व्यक्तिगत स्वार्थ, मनमुटावलाई त्याग्दै जानुपर्छ । यतिमात्र भइदिएमा सुनसरी क्षेत्र नं. १ मा नेपाली कााग्रेसको भविष्य उज्वल देखिन्छ ।
द्दतपाई युरोपबाट यहाा आएपछि नेपालको
राजनीति कस्तो पाउनुभयो ?
–अहिले स्पष्ट भन्नुपर्दा एकीकृत मोवादीको अर्घेल्याइ नै हो कि भन्ने देखिन्छ । उच्च स्तरीय राजनैतिक संयन्त्रको औचित्य नहुादा त्यसलाई बहाना बनाएर एक महिनाभन्दा बढी संसद अवरुद्ध गर्नु, अन्य दललााई लिएर मोर्चा बनाउनु माओवादीको गलत काम थियो । हिजोका आन्दोलनमा एमाओवादीले पनि सशक्त भूमिका खेलेका थिए । राष्ट्र र जनताका लागि केही गर्छु भन्नुहुन्थ्यो । तर दोस्रो संविधानसभामा नेपाली जनताले दिएको म्यान्डेटले उहााहरु आफै स्खलित हुनुभएको छ । जनतासाग गरेका वाचा उहााहरु सत्तामा बस्दा पनि पूरा गर्न सक्नुभएन । अब अहिले फेरि उहााहरु गलत गर्दै हुनुहुन्छ त्यो के भने जातको राजनीति ।
द्दमाओवादी एउटा कम्युनिस्ट पार्टी भएको नाताले वर्ग विहीन समाजको कुरा गर्नुपर्ने हो । तर उहााहरु त जातको राजनीति गर्दै हुनुहुन्छ किन होला ?
–हिजो जे जे कुरा जनताका माझमा कुरा उठाउनु भयो त्यो कुनै पूरा गर्न सक्नु भएन । अब अर्थात दोस्रो सविधानसभामा आफ्नो साख कायमै राख्न सकिन्छ कि भनेर जातको मुद्दा उठाउनुभयो । तर जनताले त्यसलाई अस्विकार गरिदिए । जसको कारण आज उहााहरु पहिलाबाट तेस्रो स्थानमा झरेका छन् । आजको एक्काइसौं शाब्दीमा जातको राजनीति कही पनि सफल भएको छैन । युरोपमा सिस्टम र प्रक्रियामा दलहरु हिाड्छन् । त्यसैले उहााहरु संसारमै अगाडि हुनुहुन्छ । जातको म विरोधी हैन । नेपालमा संविधान बन्दा पनि जातको आधारमा संघीय संरचना बन्नुपर्छ भने छैन । भौगोलिक रुपमा तराई, पहाड, हिमाल मिलाएर संघीयता बन्नुपर्छ । खोलानाला, नदीनाला, ऐतिहासिकताका आधारमा स्ंघीय प्रदेशहरुको नामाकरण गरिनुपर्छ । जात र धर्मले विखण्डन र विभाजनमा मुलुक पुग्छ । मुलुकको राष्ट्रियतालाई सर्वोपरी मानेर सोच्नुपर्ने बेला आएको छ । धर्म र जातलाई अलि पर बसेर सोच्नुपर्छ । मैले संघीयताका बारेमा ‘आइ’ होइन ‘वि’ भन्ने बोध
गराउनुपर्छ भन्ने बुझेको छु, महसुस गरेको छु । लोकतन्त्रमा संघीयता भनेको एउटा अवसर हो । केन्द्रले मात्र सबै कुरामा जस्तै विकास, आर्थिक रोजगारमा कन्ट्रोल गरेको हुादा यसलाई डिसलाइज गर्ने हुादा गाउाका जनता, व्यक्ति व्यक्तिले पनि महसुस गर्न सक्छन् भन्ने मेरो बुझाई छ ।
द्दमाओवादीले एउटा सानो समूहसाग जातकै कुरालाई लिएर मोर्चा बनाएको छ । उनीहरु ठूला दलसाग सहमति पनि गर्न सक्दैनन् र प्रंक्रियामा पनि जान चाहदैनन् । अबको निकास के त ?
–यो जटिल कुरा हो । नेपाली कााग्रेस र एमालेले भनिसकेका छन् सहमति हुन सक्दैन भने प्रक्रियामै जानुपर्छ । लोकतन्त्रम अन्तिम विकल्प भनेको प्रक्रिया वा बहुमतीय नै हो । तर माओवादीहरुले यसमा अलिकति डिस्टरभेसन ल्याएका छन् । यसमा लेनदेन र व्यक्तिगत स्वार्थ उहााहरुले त्यागेर राष्ट्र र राष्ट्रियतालाई कसरी बचाउने भन्नेतर्फ लाग्नुपर्छ ।
द्दसंविधानजस्तो महत्वपूर्ण कुरामा लेनदेन, स्वार्थ जस्ता कुरा अलि असहज जस्तो लागेन यहाालाई ?
–यो विडम्बना हो । मलाई असहज लागेको छ । तीन करोड नेपालीका लागि बन्ने हो संविधान कुनै व्यक्ति वा दलको स्वार्थ त्यसमा लादिनु हुादैन । सबै वर्ग जात, जाति, धर्म, सास्कृति मान्नेहरुको हक अधिकार संविधानमा सुरक्षित हुनुपर्छ । सबैले समान अवसर पाउनुपर्छ हिजोको संविधानमा केही गल्ति त्रुटीहरु भएका थिए । अब त्यस्ता गल्ति, त्रुटी नहोस् भनेर सचेत भएर अबको संविधान बनाउनुपर्छ ।
द्दहिजो पनि दुई बर्षको कार्यकाललाई चार बर्ष पुर्‍याए । सहमति त्यसबेला पनि गर्न सकेनन् । अहिले आफैले घोषणा
गरेको माघ ८ गतेलाई पनि गुजारे । सहमतिका नाममा कहिलेसम्म मुलुक संविधानविहीन रहने ?
–मलाई लाग्छ माघ ८ गते संविधान बन्नुपथ्र्यो । हामीले अझ पनि धैर्य र आशा राख्नैपर्छ । बरु अब अलिकति समय लिएर भएपनि राम्रो र लोकतान्त्रिक संविधान बनाउनुपर्छ । असहमतिका कुरामा म प्रत्येक राजनैतिक पार्टीका नेताहरुले जनता र
राष्ट्रका बारेमा इमान्दारिता देखाउनुपर्छ । उनीहरु देश बनाउछु, जनताको सेवा गर्छु भनेर आएका हुन् । हामीले राष्ट्र बनाउन शहीदको रगत सम्झनुपर्छ । अझै पनि हामी निराश हुने अवस्था चै छैन । अपनत्व झल्कने खालको संविधान बन्ने कुरामा म विस्वस्त छु ।
द्दसहमति नभएपछि सत्तारुढ दल प्रंक्रियामा गइसकेका छन् भने विपक्षीहरुले आन्दोलनको घोषणा गरिसकेका छन्, यसलाई कसरी लिनुभएको छ ?
–मेरो व्यक्तिगत विचार सकभर विवेक, सोच, विचार, सिद्धान्त लिएर हिडेको दलका नेताहरुले सकभर सहमति गर्नुहुनेछ । यसको विकल्प छैन ।सबैले आफ्ना हठहरु त्याग्नै पर्छ र ढिलो चााडो सबै एउटा सहमतिको विन्दुमा आउनुहुन्छ ।
द्दअहिले सहमति नबन्नुको कारण चाहिा के होला ?
–मलाई लाग्छ स्पेश र सेपल्याण्डिङ्ग नै हो ।
द्दजस्तै ?
–माओवादीहरुले हिजो जसरी जातीय मुद्दा लिएर गएका थिए । हामी दिन्छौं, गर्छो भनेका थिए । आज त्यो कार्यान्वयन गर्न सक्ने अवस्थामा उनीहरु छैनन् । त्यो कार्यान्वयन हुन पनि सक्ने अवस्था छैन । त्यसले देश विखण्डनको अवस्थामा जान सकछ भनेर सर्वसाधारणले बुझेर त्यस्ता दललाई निर्वाचनबाट देखाइदिए । जातलाई महत्व दिनुहुादैन । मुलुक संघीयतामा गइसक्यो । संघीयतसागै धर्मनिरपेक्षता पनि संस्थागत हुदै गएको छ । यस्तो अवस्थामा राष्ट्रलाई विखण्डन हुन नदिने हिसाबले पार्टीहरुले सहमति खोज्नुपर्छ । नेपाली कााग्र्ेस र एमालेले सात प्रदेशको साझा अवधारणा अगाडि सारेका छन् । अहिले यही नै उपयुक्त हुन्छ ।
द्दविपक्षीहरुले संविधानसभा नै बहिष्कार गर्ने आन्दोलनमा जाने एक प्रकारको घोषणा गरिसक्नु भएको छ नि ?
–मलाई लाग्छ जनताले उहााहरुलाई साथ दिादैनन्् । किनकि जनता सधै आन्दोलन गर्दा गर्दा वाक्क भइसकेका छन् । नेपाली जनता शान्ति, सुशासनको पक्ष्मा छन् ।
द्दतर पनि आन्दोलनको घोषणा किन
गरको होला ?
–आन्दोलनको घोषणा गर्दैमा आन्दोलनमा जनता सडकमा हिाड्दैन । यो माओवादी लगायतका दलका सत्ता पक्षसंग गर्ने एउटा वार्गेनिङ्ग मात्र हो । हिजो माओवादीलाई जनताले मत किन दिए भने माओवादीले शान्ति स्थापित गराउलान्, सुशासन कायम गराउलान् भनेर हो लोकतन्त्र मानेर आएको माओवादीलाई मत दिएका थिए । माओवादीले लाकतन्त्रको मर्म बुझ्नुपपर्छ । आन्दोलनले उहााहरुसाग भएको बचेको साख पनि गिर्छ ।
द्दतपाई पार्टीको एउटा जुझारु कार्यकर्ता हुनुहुन्छ । अहिले नेपाली कााग्रेसको संगठन यहााले कस्तो देख्नुभएको छ ?
–नेपाली कााग्रेसको संगठत सिद्धान्त तह जुन रुपमा हुनुपर्ने थियो त्यो रुपमा हुन सकेको छैन । मलाई विश्वास छ त्याग तपस्या गर्ने हाम्रा अग्रज नेता र जुझारु युवापंक्तिहरु पार्टीको नीति गाउा गाउामा पुर्‍याउन सक्रिय हुनुहुन्छ । आगामी १३ औं महाधिवशेनले नेपाली कााग्रेसलाई ठूलो रुपान्तर गर्नेछ ।
द्दएउटा प्रजातान्त्रिक पार्टीको भातृ संगन नेपाल विद्यार्थी संघ र तरुण दलको अधिवेशन समेत पार्टीले गर्न सकेको छैन । यस्ता अवस्थामा कसरी संगठन सुदृढ होला ? तपाईलाई के लाग्छ ?
–लोकतान्त्रिक पार्टीमा हरेक काम लोततान्त्रिक प्रक्रियाबाटै हुन्छ । उसले भातृ संगठन, आफ्नै महाधिवेशन समयमै
गर्नुपर्छ । विधानलाई टेकेर काम कारबाही अगाडि बढाउनुपर्छ । नेपाल विद्यार्थी संघ र तरुण दलका यहाा रहनु भएका साथीहरुमा मात्र हैन विदेशमा रहेका साथीहरु पनि चिन्तित छन् । हाम्रै पार्टीमा प्रजातान्त्रिक पद्धति भएन भन्नुहुन्छ उहााहरु । मलाई लाग्छ जीत र हारको खेलले दुवैको महाधिवेशन नभएको हो । प्रजातान्त्रिक पार्टीमा जीत र हार त हुन्छ । त्यसलाई स्विकार्न सक्नुपर्छ । मेरै मान्छेले जितोस् भन्ने सोच राख्नुहुादैन ।
द्दतपाईले भन्नुभएको गुटगत राजनीतिले विद्यार्थी र तरुणको अधिवेशन नभएको हो ?
–गुटबन्दी भन्दा पनि नेतृत्ववर्गले समयमै निर्वाचन गराउने तत्परता देखाउनुपर्छ । आज सक्नुभएको छैन ।
द्दविद्यार्थीहरु समयमै अधिवेशन हुन नसक्दा संगठन गर्न हिड्न सकेका छैनन् किनकि धेरै ठाउामा उनीहरुको अर्थात स्थानीयस्तरमै पद निलम्बन भएको छ । अब तपाई संगठन सदृढ भन्नुहुन्छ, कसरी ?
–वास्तवमा भन्ने हो भने मैले सुदृढ भनेको छैन । नेपाली कााग्रेसका दिग्गज नेताहरुले विद्यार्थी राजनीतिमाथि खेलावार्ड गरेको जस्तो देखियो । विद्यार्थी र तरुणहरु नै पार्टीका खम्बा हुन । विद्यार्थीहरु फस्टेशन भएका छन् ।
द्दतेह्रौ महाधिवेशन संघारभा आइसकेको छ तर जुन रुपले सांगठनिक काम र भातृ संगठनको अधिवेशन पनि कतिपय ठाउामा हुन सकेका छैनन., यसलाई के भन्नुहुन्छ ?
–केन्द्रले मातहतका सबै जिल्लालाई भातृ संगठनहरुको अधिवेशन सिध्याउन निर्देशन दिई सकेको छ । पुरानााहरुको नविकरण, नयाालाई सदस्यता दिन भनिसकेको छ । अब जिल्ला, क्षेत्र, नगरमा बसेका व्यक्तिहरुले तिब्र रुपमा कामलाइ अगाडि बढाउनुपर्छ ।
द्दअहिले कतिपय युरोपियन देशले संविधान बनाउने मामलामा ठाडो हस्तक्षेप गरेको देखिन्छ यसलाई कसरी लिनुभएको छ ?
–सुन्नमा आएको छ युरोपियन युनियन लगायत अन्य देशको पनि इन्ट्रेस्ट भन्ने छ । म भन्छु इन्ट्रेस्ट आफ्नो ठाउामा अवश्य हुन्छ । तर पनि कसैको इन्ट्रेस्ट भन्दैमा त्यही अनुसार हिड्नुपर्छ भन्ने छैन । यहााका दलले राष्ट्र बचाउन, राष्ट्र विखण्डन हुनबाट बचाउन संविधान आवश्यक छ भनेर संविधान जारी गर्नुपर्छ । यसलाई कुन प्रक्रियाबाट हुन्छ त्यही प्रक्रियाबाट संविधान जाचो जारी गर्नेतिर दलका नेता लाग्नुपर्छ । जति ढिलो भयो त्यति चलखेल बढ्छ ।
द्दहैन, हैन, सानो उदाहरण लिऊ, बेलायती राजदूतले यहााका सभासदलाई पत्र नै लेखेर धर्म परिवर्तन गर्न पाउने अधिकार संविधानमा राख्न निर्देशन दिएका थिए । यो हस्तक्षेप
हैन ?
–मैले व्यक्तिगत भन्दा पनि ठाडो हस्तक्षेप हो, ठाडो हस्तक्षेप देखिन्छ ।
द्दनेपालमा राजनैतिक अस्थिरता भएको बेला राष्ट्र कजमोर भएको फाइदा त उहााले लिएको हैन ?
–जब हामी दाजुभाई दिनरात झगडा गर्छौ भने त्यसबाट छिमेकीले फाइदा लिन्छ । हामी झगडा नगरौ कसैले निर्देशन दिनै सक्दैन, हस्तक्षेप गर्नै सक्दैन ।
द्दअर्डर दिएर पत्रै पठाउादा नेपालका
राजनैतिक पाार्टीलाई लाज लाग्नुपर्ने हैन र ?
–उनीहरुको इन्ट्रेस्ट होला तर सार्वोपरि
युरोपियन होइनन् । यहााका राजनैतिक पार्टीहरुलाई लाज त लाग्नुपर्ने हो तर म भन्छु म ब्रिटेनमा बस्छु, ब्रिटेन क्रिश्चियन कन्ट्री हो । ब्रिटेनमा कुनै धर्म मान्नेहरुको कमी छैन । हिन्दु, बुद्धिस्ट, मुस्लिम सबै छन् त्यहाा । धर्म भनेको आस्था हो । यहाा धर्म र जातको नाममा इस्यु गर्ने काम भएको छ । यो राम्रो होइन । त्यसले गिभ एण्ड टेक गरेर भएपनि संविधान बनाउनुपर्छ । नत्र नेपालमा पुन: युद्ध हुन सक्छ । हामीले भोलिको नराम्रो दिन आउनुभन्दा अगाडि त्यसमा सचेत हुनुपर्छ । हामीले हिजो युद्धदेखि सकेका छौं । प्रंत्येक पार्टीले राष्ट्रिय चिन्तन गर्नुपर्छ ।
द्दतपाईको विचारमा मिलनविन्दु के
हुनसक्छ ?
–सबैमा इमान्दारिता हुनुपर्छ । माओवादीका बरिष्ठ नेताहरुले परिस्थिति बुझ्नुपर्छ ।
द्दउहााहरु सहमति पनि नगर्ने, प्रक्रिया पनि नमान्ने अनि कसरी मुलुकमा संविधान
जारी हुन्छ ?
–यो एक्सरसाइज यहाा मात्र हैन अफ्रिकामा पनि भएको थियो । मलाई विश्वास छ संविधान बनाउने कुरामा उहााहरु सहमतिमा आउनुहुन्छ ।
द्दविपक्षीहरुको रवैया हेर्दा मुलुक फेरि द्वन्द्वमा जाने खतरा छ । के लाग्छ
यहाालाई ?
–झट्ट हेर्दा त्यस्तो देखिए पनि सबै पार्टीले इमान्दारिता देखाएमा मुलुक द्वन्द्वमा
जाादैन । हिजोको जस्ता जनता छैनन् ।
द्दमाओवादीले अहिले पनि बन्दुककै धम्की दिादैछन् नि ?
–अब त्यस्तो नहोला । आठ बर्षमा धेरै
परिवर्तन भइसकेको छ । हिजोका युद्ध पश्चिमबाट बुन्दुक बोकेका थिए तर अब पश्चिमकाले बुझिसकेका छन् । पूर्वेली जनता बन्दुक बोक्ने पक्षमा छैनन् ।अब भाषणले कोही प्रभावित हुनेवाला छैनन् । उहााहरुले जे जे माग गरेका छन् सत्तापक्षले मान्नुपर्छ भन्ने छैन । अहिले मोर्चाकै सदस्य बाहिरिदैछन् ।
द्दके को आधारमा आन्दोलनमा जाने भनेको हो ?
–उहााहरुलाई सेफ ल्याण्डिङ्ग चाहिएको छ ।
द्ददुईपटक चुनावबाट जितेर आइसक्नु भएको छ । सेफ ल्याण्डिङ्ग त भइसक्नु भयो उहााहरु हैन र ?
–सेफल्याण्ड भनेको त्यो हैन । प्रचण्डजीले धेरै चिज दिन्छु भनेको हुनाले त्यसबेला धेरैको हत्या भयो । त्यो वर्गको रगतले उहााहरुलाई चैन दिएको छैन । संविधानसभामा उहााले खेल्नुभएको भूमिका नाटकमात्र हो । त्यसैले उहााले जति काम गर्दै हुनुहुन्छ आफ्नो सेफ ल्याण्डिङ्गका लागि मात्र हो । राष्ट्रको हितमा गर्नुभएको छैन ।
द्दसेफ ल्याण्डिङ्गका उहााहरुलाई कसले गराइदिने त ?
–उहााहरुले आफै बुझ्नुपर्ने हो । जनताको र राष्ट्रको हितमा काम गर्छु, पार्टीको योजना लान्छु भन्नु नै सेफ ल्याण्डिङ्ग हो । तर उहााहरु आफ्नो व्यक्तिगत कुरा गरेर, भागेर, डराएर जानुहुादैन ।
द्दउहााहरु बाहिरी रिमोट कन्ट्रोलबाट त चल्नुभएको छैन ?
–म भन्छु जतिसुकै रिमोट कन्ट्रोल बाहिर भएपनि भोलिका दिन यही देश नै चाहिन्छ । राष्ट्र सबैभन्दा ठूलो कुरा हो । दल ठूलो
हैन । पहिला राष्ट्र हुन्छ, जनता, समाज हुन्छ । जनताको म्यान्डेट नमान्नु त राम्रो हैन । उहााहरुलाई खतरा हुन्छ ।
द्दकस्तो खतरा ?
–यसभन्दा अगाडि आफ्नै कार्यकर्ताबाट आक्रमण भएको थिया । अब चुनाव भयो भने माओवादी दुई चार सिटमा सिमित हुन्छन् । उहााहरुले अब बुझ्नुपर्छ राष्ट्र जोगाउन संविधान बनाउन लाग्नुपर्छ । संविधान बनाउादा मेरो गोरुको बाह्रै टक्का भनेझौ गनुूहुादैन ।
द्दअन्तमा केही छ ?
–जनता त्राहीमाम छन् । सुरक्षा छैन, ग्याास छैन, दण्डहीनता बढेको छ । कानुन छैन । अहिलेको प्राथमिकता भनेकै संविधान निर्माण हो । संविधान बनेपछि तीन करोड नेपालीले राहत पाउाछन् । संविधान बनेपछि कानुनी राज्य शुरु हुन्छ । विकासमा मुलुक अगाडि बढ्छ । संविधान बनिसकेपछि आर्थिक क्रान्ति हुन्छ । रक्षा, आर्थिक, गृह, पराराष्ट्र नीतिलाई परिवर्तन गर्नुपर्छ । यसो भए १० बर्षमा नेपाल समृद्धि बन्छ ।

तपाईको प्रतिक्रिया