वेफ्वाकको घुर्की र आन्दोलन अहिलेको आवश्यकता हैन

मुलुक यतिबेला अत्यन्तै तरल राजनैतिक अवस्थाबाट गुज्रिरहेको छ । जनताका लागि भन्दै जनताका नाम भाजाएर सभासद र सत्तामा पुगेका दलका नेताहरु जनताको संविधान बनाउने भन्दा पनि आफ्नै स्वार्थले गााड कोराकोर गरिरहेका छन् ।
सहमतिका आधारमा संविधानसभाबाट संविधान बनन्ने अब निश्चित भइसकेको छ । दर्जन पटक सहमति जुटाउने नाममा दलका नेताहरुले महंगा रिसार्टमा आवासीय, पााचतारे होटलका महंगा कोठामा वार्ता, आ–आफ्ना निवासमा वार्ता, संसदीय समितिकमा वार्ता रे । तर त्यसबाट कुनै प्रकारको उपलब्धी हासिल हुन सकेन ।
अन्तत : सत्ता पक्षीय प्रक्रियाबाटै भएपनि संविधान जारी गर्ने तयारीमा लागेको छ भने वैचारिक रुपमा चौतर्फी मुख फर्काएर बसेका एकीकृत माओवादी सहितको १९ दलीय र ३० दलीय मोर्चाले आन्दोलनमा जाने घोषणा गरिसकेको छ । संविधानसभाको प्रस्ताव निर्माण समितिले आफ्नो काम थालिसकेको छ । तर पस्ताप निर्माण समितिको प्रारम्भिक चरणकै काम विवाद रहित भने देखिएन । प्रक्रियाबाट संविधान जारी गर्ने पक्षमा देखिएको राप्रपा नेपाल आइतबारको बैटकबाट बाहिरिएको छ । पार्टी स्थापनासागै संवैधानिक राजतन्त्र, हिन्दु राज्य, समावेशिताको मुद्दा उठाउदै आएको संविधानसभाको चौथो ठूलो शक्ति राप्रपा नेपालले उठाउदै आएको मुद्धामा प्रश्नावली नै नबनाउने प्रस्ताव निर्माण समितिको निर्णय पश्चात ऊ बाहिरएको हो ।
प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संघीयता बाहेकका मुद्दामा मात्र प्रश्नावली बनाउने निर्णय गर्नु दुर्भाग्यपूर्ण हो । प्रश्नावली समितिले त्यस प्रकारको निर्णय कसको बटम लाइनमा गरेको हो ? जल्दा बल्दा, अहिलेसम्म देखिएको विवादित विषयमै प्रश्नावली बनाइने हो भने प्रस्ताव निर्माण समितिले कस्ता प्रश्न बनाएर संविधानसभामा पेश गर्ला ? विवादित विषयमा समाधान नखोज्ने हो भने प्रस्ताव निर्माण समितिको औचित्य के ? समिति रेडिमेट रुपमा चल्ने हो भने त्यसले समस्या अझ बल्झाउाछ । प्रक्रियाबाटै जाने भएपनि संविधान निर्माणको विषय अझ पेचिलो बन्दै गएको छ ।
उता माओवादीका अधयक्ष पुष्पकमल दाहालले संविधानसभा परित्याग गरी सडक आन्दोलनमा जान ३० दलीय मोर्चामा प्रस्ताव गरेका छन् । उनको यो प्रस्ताव आफैमा हाास्यास्पद छ । सडक आन्दोलन समस्याको समाधान हुन सक्दैन । सडक आन्दोलनबाटै समस्याको समाधान हुने भए संविधानसभाको निर्वाचन कुन प्रयोजननका लागि थियो ? प्रचण्डले घोषणा गरेको सडक आन्दोलनमा अब कसैको साथ सहयोग देला जस्तो देखिदैन । स्वय् मोर्चा भित्र रहेका मधेशी दलहरुले संविधानसभा परित्याग गर्न नसकिने र अहिले आन्दोलनको औचित्य छैन भनेर आफ्ना धारणा सर्वाजनिक गरिसकेका छन् । परिस्थिति आफ्नो अनकूल नभए पनि प्रचण्डले सडक आन्दोलनमा जाने निर्णय गर्नु अराजकताको विजारोपण मात्र हो । संविधान हामी मान्दैनौं भन्नु युक्तिसंगत हुादैन । जनताले को परिवर्तनकारी शक्ति हो भनेर गतबर्ष भएको दोस्रो संविधानसभाको निर्वाचनले प्रष्ट पारिदिएका छन् । संविधानसभा भित्र बसेर सहमति पनि गर्न नसक्ने अनि जनतामा जान्छौं भन्नु घुर्की मात्र हो र सडक आन्दोलन अहिलेको आवश्यकता हुादै होइन ।

तपाईको प्रतिक्रिया