स्थानीय सरकारले धमाधम ज्येष्ठ नागरिकलाई सम्मान गर्न थाल्यो

धरान÷ पछिल्लो समयमा ज्येष्ठ नागरिक समाजका गहनाको रुपमा हेर्ने प्रचलनसंगै स्थानीय तहबाट उनीहरुलाई सम्मान गर्ने प्रचलन बढेर गएको छ ।
धरानमा रहेका २० वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई आ आफ्नो वडाले सम्मान गर्ने परम्पराको थालनी भएको छ ।
यसरी गरिएको सम्मानले स्थानीय सर्वसाधारणले अभिभावकको भूमिकामा आफ्नो कर्तव्य बुझ्ने मौका पाएका छन् भने ज्येष्ठ नागरिकले समाजमा एक्लो भएको महसुस गर्न पाएका छैनन् ।
पछिल्लो पटक धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकाले आफ्नो वडामा रहेका ९० बर्षमाथिका ९ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मानपत्र सहित नगद ५ हजारले सम्मान गरेको हो ।
वडा कार्यालयमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने ज्येष्ठ नागरिकहरु हर्षित बनेका थिए । सम्मनित हुनेमध्ये ९० बर्षीया जानीमाया राईले आफूलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाले सम्मान पाउदा बाच्ने आशा अझै बढेर गएको बताउनुभयो ।
जानीमाया मात्र हैन ९५ बर्षीय गंगाबहादुर राईले त सम्मानित भएपछि आफूलाई खुशी लागेको बताउनुभयो । उहाले आफनो पालाको इतिहास बताउदै आफूहरुको पालामा विद्यालय नभएको र पठ्न नपाएका भन्दै गुनासो समेत पोख्नुभयो ।
तर उहाले समेत सम्मानित हुन पाएकोमा खुशी लागेको बताउनुभयो । सम्मान कार्यक्रममा यी दुई बृद्धबृद्धामात्र हैन सम्मानित हुने अन्य ज्येष्ठ नागरिकले समेत वडाले यसरी सम्मान गरेकोमा खुशी व्यक्त गरेका थिए ।
वडाले आफनै कार्यालय भवनमा एक कार्यक्रमको आयोजना गरीे गरिएको सम्मान कार्यक्रममा जानीमाया र गंगाबहादुरसंगै ९५ वर्षीय सुकबहादुर राई, ९५ वर्षीय चतुरमान तामांग, ९२ वर्षीया पुर्णीमाया राइ , गनीमाया राई, ९२ वर्षीया प्रेमश्वरी राई ,९१ वर्षीया पुष्प निरौला, ९० वर्षीया ल्वाङ्गमाया तामाङ्गलाई सम्मान गरेको थियो ।
ज्येष्ठ नागरिक समाजका अभिन्न अंंग, पथप्रदर्शक भएका कारण वडाले सम्मान गरेको धरान २० का वडाअध्यक्ष मणिराम राईले बताउनुभयो । उहाले बृद्धबृद्धालाई हेला गर्ने, परिवारको खाचो भएको अवस्थामा बृद्धाश्रम पु¥याउने लगायतका कार्य समाजमा बढेका
कारण यसलाई निरुत्सहित गर्दै ज्युउदो इतिहासलाई सम्मान गर्ने परम्पराको थालनी गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया