प्रदेश एकको वैठक अवरुद्ध

विराटनगर÷प्रदेश सरकार संघीय सरकारको छाया बनेको, स्पष्टसँग आफ्नो भनाई राख्न नसकेको लगायतका दर्जनौ विषय उठान गर्दै नेपाली काँग्रेसले प्रदेश नं. १ को संसद वैठक सोमबार अवरुद्ध गरेको छ ।
नेपाली काँग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइरालाका अनुसार प्रदेश सरकारले विपक्षीले उठाएका सवालमा चित्तबुझ्दो जवाफ नदिएसम्म अवरुद्ध जारी रहन्छ । काठमाण्डौमा जानु प¥यो भने अनावश्यक झन्झट लगाइ दिएको छ । आम सर्वसाधारणको काठमाण्डौसँग पहुँच नै नहुने भएको छ । पहिला काठमाण्डौ कहाँ जाने त्यहाँको वडाको सिफारिस लिनुपर्ने फेरि जिल्ला प्रशासन जानुपर्ने, जिल्ला प्रशासनले गृहलाई पठाउने, गृहले दिएपछि फेरि पिसिआर गरेको छैन भनेर बाटाबाट फर्काइदिन्छ । सर्वसाधारणलाई राज्यले दुःख दिइरहेको छ । त्यसै पनि कोरोनाले सर्वसाधारणमा नकरात्मक असर परिरहेको छ । अर्काेतर्फ पिसिआरमा प्रदेश सरकारले कति खर्च ग¥यो त्यसको पारदर्शिता हुनुपर्छ । प्रदेशको नामांकन आज भोली भन्दै टार्दै लगेको छ । हामी एउटा जिम्मेवार प्रतिपक्षी भएकोले टुृलुटुलु हेरेर बस्न पनि सक्दैनौं । प्रदेशका मुख्यमन्त्री तथा प्रवक्ताले विपक्षीले उठाएका सवालको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद निरन्तर अवरुद्ध हुने समेत कोइरालाले प्रष्ट पार्नुभयो ।
सोमबार प्रदेश संसदको वैठक शुरु हुनसाथ प्रमुख प्रतिपक्षी दलले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले विपक्षीलाई आफ्ना भनाई राख्न समय दिनुभएको थियो । नेपाली काँग्रेसका प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशका नागरिक कुन दर्जाका हुन भनेर प्रश्न गर्नुभएको थियो । मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्न प्रदेशले प्रभावकारी भूमिका निर्वाह गरेको भनेर भिडियामा मात्र भन्ने गरेका छन् तर कुनै काम हुन नसकेको समेत कार्कीले आरोप लगाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया