चीनद्वारा नेपालका एघार स्थानमा भूमि कब्जा

धरान÷उत्तरी छिमेकी चीनले नेपालको भूमि एघार स्थानमा मिचेर कब्जा जमाएको भएपनि वर्तमान सरकारले त्यस सम्बन्धमा आधिकारिक रुपमा सार्वजनिक धारणा बाहिर ल्याएको छैन ।
स्रोतले दिएको जानकारी अनुसार ताप्लेजुङ्गदेखि गोरखा, मनाङ्ग लगायतका स्थानमा चीनले वि.सं. २०१७ सालदेखि नै नेपाली भूमि मिच्दै आएको छ । चीनले मिचेको नेपाली भूभागका सम्बन्धमा वर्तमान सरकार मौन बस्नु अर्को रहस्य भएको छ । स्रोतले दिएको जनकारी अनुसार सखुवासभाको भोटखोला जसलाई संखुवासभाको कर्णाली समेत भन्ने गरिन्छ जहाँ चीनले संरचना निर्माण गर्न ३६ हजार हेक्टर भूमि मिचेको छ । स्थानीयका अनुसार चिनियाँ प्रहरीको बाक्लो उपस्थितिमा भोटखोलामा नेपाली भूभाग मिचेर, नेपालकै खोला नाला दोहन गरेर चीनले सडक लगायत भौतिक संरचना निर्माण गरिरहेको छ । हालैमात्र गोरखा जिल्लाको उत्तरी रुई गाउँ लगायत ११ वटा स्थानमा चीनले आफ्नो कब्जा जमाएको देखिएको छ । रुई गाउँमा हाल ८० घर रहेका छन् र उनीहरुले नेपाल सरकारालाई तिरो तिरेको रसिद अध्यावधिक रुपमा आफूहरुसँग सुरक्षित राखेका छन् । नेपाली भूभाग फिर्ता गराउने सम्बन्धमा सरकारले आजसम्म चीनसँग पहल गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया