धरान/नेपालको भलिवल खेलमा पुरुषको तुलनामा महिला खेलाडीहरु सशक्त देखिएका छन् । भलिवलको विश्वकपमा छनौट गर्ने उद्देश्यले माल्दिभ्सको मालेमा भएको पहिलो चरणको खेलमा नेपाली महिला टोलीले विश्वकपमा पुग्ने आशा जगाएका छन् ।
दक्षिण एसियाली सामुन्द्रिक राष्ट्र मालदिभ्सको राजधानी मालेमा यही माघ ५ गतेदेखि ९गतेसम्म भएको विच भलिवल एभिसी कन्टीनेन्टल कपमा भएको प्रतिष्पर्धामा नेपाली महिला टोलीले पहिलो स्थान हासिल गरेको छ । पाकिस्तान, अफगानस्थान, बंगलादेश, माल्दिभ्स, भारत र नेपाल गरी ६ वटा देशका विचमा महिला र पुरुष तर्फका खेलहरु भएका थिए ।
पूर्वाञ्चल क्षेत्रीय भलिवल संघका अध्यक्ष विश्वराज धिमालको नेतृत्वमा पुरुषका दुई र महिलाका दुई गरी चारवटा टिम प्रतिष्पर्धाका लागि माल्दिभ्स पुगेको थियो । पुरुषतर्फको प्रतिष्पर्धामा नेपाली खेलाडीले भारत र पाकिस्तानसाग पराजय भोग्नुपरेको थियो भने महिलाहरुले पाकिस्तान र माल्दिभ्ससागको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । अब दोस्रो चरणको खेलमा विजयी भएपछि वल्र्डकपमा खेल्ने बाटो खुल्छ क्षेत्रीय अध्यक्ष धिमालले भन्नुभयो । उहााका अनुसार भविललमा महिला खेलाडीहरुले आशा जगाएका छन् ।
