घण्टाघरबाट हेर्दा

जादवको चिन्ता
काम पनि छैन काज पनि छैन खाने मामलामा लाज पनि छैन भन्ने उखान यतिबेला हाम्रा बेकामे राष्ट्रपति माने भैसपछिसाग ठ्याक्कै मिल्न पुग्या छ । संविधानसभाबाट संविधान नबनुनज्याल उत्तानोटा लगाएर शितल निवासमा ढलीमली गर्न पाउने अधिकार पाएका जादव संविधान बनोस् भन्ने चाहदैनन् । सहमतिकै भजन गाएर यस अघि चार बर्ष र अहिले १५ महिना सुल्क्याइसकेका नेताहरुले सहमतिमा परेको गााठो फुकाउनै सकेनन् । अब बहुमतीय बाथै भएपनि संविधान बनाई छाड्ने जमर्को कसेका कााग्रेस, एमाले लगायतका नेताहरुलाइृ भैसपछि हिजो आज आलोपाले भेट्दै सहमतिमै संविधान बनाउनुस् भन्न थाल्या छन् । सहमति भए पो सहमतिमा बनाउनु ? खाली अर्ती दिएर मात्र त हुादैन नि । कि आफूले पनि केही खालो सार्नुपर्‍यो, भैसपतिलाई एउटै टेन्सिन छ त्यो के भने संविधान आयो भने अपाmू शितल निवासबाट आउट । त्यसैले उनी यतिबेला बहुमतीय प्रक्रियाको गोल रोक्ने ध्याउन्नमा लिप्टी कसेर लाग्या छन् । कि कसो हौ ?
खोर्सानीको धुलो
विगतमा हतियारले लडेका माउवादीहरु सर्लक्कै सप्रिएछन् । अब खोर्सानी धुलो आन्दोलनमा लागेछन् । यसको रिहर्सल उनीहरुले माघ ८ गतेकाृ संविधानसभाको वैठकमा गरे । त्यस भनदा अगाडि उनीहरुले कुर्सी फोड र माइक तोडका अभ्यास पनि गरे । तर त्यो त्यति प्रभावकारी भएन । चौतर्फी अहालोचना भयो । तर खोर्सानी धुलो आन्दोलन शुरु हुन लाग्दा संसद सचिवालयको मर्यादा पालकले समातेर अमार्यादित काम गरिदिए । यदि खोर्सानीको धुलो आन्दोलनलाई माउवादीहरल्े अभ्याउ गर्व गर्न पाएका भए त्यसबाट एउटा न एउटा निकास निस्कने थियो । विचाराहरुले आन्दोलनको स्वरुप फेर्न खोजकै हुन् तर सत्ता पक्षका भडुवाहरुले अगाडि बढ्नै दिएनन् । अब भोलिका दिनमा उनीहरुले आन्दोलनको स्वरुप कस्तो बनाउने हुन कुन्नि ? त्यो भने हेर्न बााकी छ । तर जेहोस खोसानीको धुलाको प्रचार भने गजबले भयो ।
अर्थमै अनुपस्थिति
हात्तीको आकारबाट खुम्चिएर मुसाको साइजमा आइपुग्दा नि माउवादीका नेताहरुको अझै चेत खुल्न सकेको रै’नछ । पहिला पहिला उनीहरु धम्क्याएर राजनीति गर्थे भने हिजोआज घुक्र्याउने राजनीतिक गर्न थाल्या छन् । विचाराहरु अब केही नलागेसी’ के गरुन् त ? अस्तिका दिन उनीहरु अर्थ समितिको वैठकमै गएनछन् । सत्तापक्षले प्रक्रियाबाट संविधान जारी गर्न लागेको विरोधमा उनीहरु अर्थ समितिको बैठकमा नगएका हुन् रे । हुन त माउवादीहरुलाई जाबो अर्थ समितिको बैठठकमा किन जानु पर्‍या छ र ? डर, धाक, धम्की, अगडम वगडम,लुटपाट गरेर सोहोर्नु सोहोरेकै छन् । अर्थ टन्न छादैछ । अर्थ नहुनेहरु पो अर्थ समितिमा जान्छन् । अर्थ हुने माउवादीलाई अर्थ समितिका किन जानुपर्‍यो ? कि कसो हौ ?
केही छैन
नेपाली राजनीतिका लौह पुरुष गणेशमानसिंहले त्यसै भन्या हैनन् नेपाली जनताहरु भाते हुन् माने बुद्धि नभएका । अब हेरौ न नेपाली जन्ताले ग्याास् नपाएर भान्सामा ठ्याास पारेर भात पकाएर खान पाएका छैनन्। सुरक्ष छैन, संविधान छैन । माने यहाा चाहिने कुरा केही छैन । यसको धुवााधार विरोध गरेर नेप्लीज जन्ता सडकमा आउनुपर्ने हो । तर कोही स्किदैनन् । बरु दिनदिनै ग्याास पाइने आसमा लाइनमा बस्छन् । बरु संविधान नदे ग्याास दे भनेर चिच्याउाछन् । सरकारले सुने पो ? नेताका घरमा ग्याासको कमी छैन अरुका घरमा होस् कि नहोस् ? ग्याासले आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई भोलिकादिनमा वल्लो घाट न पल्लोतिरको बनाइद्या छ । वडो आपूर्ति मन्त्री भैटोपल्या थे जाबो एउटा ग्याास समेत दिन नसक्ने भेसी उन्को राजनीति नै गोलमाल हुने पक्का छ ।
भूत
यतिबेला नेपाली राजनीतिमा भूत आतक मच्चिएको छ । एक दलले अर्को दललार्इी भूत देख्न थाल्या छन् । माउवादीका महामूर्ख विद्वान बाउरामले त कााग्रेस र एमाललाई २०४७ सालको भूतदेखि सके, उपिन्द्र जादवले सिके राउतलाई भूत देख्या छन् । एक अर्काबाट सबै तर्सिन थाल्या छन् । मधेशीलाई उल्लु बनाएर राजनीति गरेर फाइदा लिादै आएका उपन्द्रिलाई यतिबेला सिके राउत सबैभन्दा ठूला भूत भएका छन् । किन नहुन् त ? उपिन्द ्र लगायतका मधेशी जनताहरु राजधानीमा बसेर मडिया मारेपछि सबै कार्जेकर्ता सिकेकै पछाडि दौडिएका छन् । कार्जेकर्ता कसैका हनुमान त हैनन् । तमसुक गरेर सधै तेरै पछाडि गुनगान गाएर हिाड्छु भन्या पनि हुादैन । आफ्ना कार्जेकर्ता सिनित्तै भएको बुझेपछि उपिन्द्र यतिबेलासिकेका विरुद्ध आन्दोलन गर्नुपर्छ भन्दै हिाड्न थाल्या छन् ।
मसान जगाउन सजिलो
माउवादीका अध्येक्षे प्रचण्डाउ यतिबेला साह्रै अप्ठेरोमा पर्‍या छन् । कााग्रेस र एमालेलाई तह लगाउन १९ दलल्य र ३० दलीय मोर्चा बनाएर हौसिएका प्रचण्डको अहिले नौनारी गलेका छन् । मोर्चाभित्र एउटै धारणा छैन । चरातिर अनुहार फर्काइएका मोर्चामा रहेका दलहरुले उल्टै अहिले आएर प्रचण्डाउलाई पेल्न थाल्या छन् । गोडाछएकले त छाडेरै हिाडिसके । विचार, आदर्श, नीति केही नमिल्नेसाग हतार हतार मोर्चा बनाउन पुगेका प्रचण्डाउ मोर्चाकै कारण आन्दोलन गर्न नसक्ने स्थितिमा पुगेका छन् । यो सबै कुराको सुइाको पाएरै होला अस्तिका दिन झालेमालेका अध्येक्षे केपी ओलीले प्वाक्क बोलिदिए मसान जगाउन सजिलो छ त्यसलाई बसाउन गाह्रो छ । मोर्चालाई लिएर आन्द्योला गरौ त्यो पनि हुादैन मोर्चालाई आठ्ठाइ राखै त्यो पनि हुादैन । यहााभन्दा ठूलो फसाद के पर्छ ?
सनकसिंह काजी
नेप्लिज कााग्रेसका भकभके काजी हिजो आज यसो बोली टोपल्न थाल्या छन् । कहिलेकाहीा के छाटाले छुन्छ कुन्नि सनकसिंह भकभके काजी माने शेरबहादुर देउवा भकभाउाछन् । झण्डै एक बर्ष अगाडिदेखि बूढानिलकण्ठको कोठे राजनैतिबाट बाहिर निस्केका काजी अस्तिका दिन फुत्त बाहिर निस्किएर संविधानसभाबाट पारित प्रश्नावली प्रस्ताव समितिलाई कुनै पनि हालतमा खारेज गर्न सकिदैन भनेर उफ्रिए । पारित भएको प्रस्ताव उल्ट्याउन र खारले गर्न मिल्दैन रे । माउवादीका अध्येक्षे प्रचण्डाउले प्रस्ताव खारेज गर्न दबाब दिादै आएका छन् । काजीलाई के झ्वाक चलेर यसो भन्या हुन् कुन्नि ? यत्रा दिन थुतुनोमा बुझो हालेर बसेका काजीलाई कस्ले उचाल्या हो कुुन्नि ? नचालिकन काजी बोल्ने मान्छे छ हैनन् ।
अन्तेमा
ड्याास माउवादीका अधयेक्षे वैधाउ क्याास माउवादीका अध्येक्षे प्रचण्डाउसाग सनक्क भएर टाढिएका छन् । उनी टाढिनुपर्ने धेरै कारण मध्ये प्रमुख कारण्चाहिा संधिानसभा नै रै’छ । ड्याासले संविधानसभा विघटन गर्नुपर्छ भन्दै आएको छ । संसदमा मधेशी र क्याासले नाराबाजी गर्दा विघटनको कुरै गरेनछन् । जाबो विघटनको नारा समेत नलगाइदिनेसाग आन्दोलनमा सहकार्य हुादैन भन्दै वैधाउ टाढिएका रै’छन् । घण्टाघरको ठाकेकुवा छ प्रचण्डाउको त्इस्तो नारा लगाउने ल्याकतै छैन । सभासदको नामा राज्येकोषबाट लुतुलुतु माल खान पाइएको छ । अरु सुविधा पाइएको छ । भोलि विघटन भयो भने यस्तो सुविधा कहाा पाइन्छ ? अर्थोक जे भए पनि वैधाउले यति कुरा चाहिा बुझ्नु पर्ने हो ।

तपाईको प्रतिक्रिया