ब्राम्हण समाज नेपाल धरान उपमहानर समितले ज्ञापनपत्र ुबुझायो

धरान÷ विगत लामो समयदेखि व्राम्हण वर्गलाई अपहेलना गरेको भन्दै व्राहमण समाज नेपाल धरान उपमहानगर समितिले सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाएको छ ।
समितिले लामो समयेखि विभिन्न व्यक्ति तथा केही साम्प्रदायिक संस्थाहरुबाट अनेक प्रकारका लाञ्छना लगाउनुका साथै बेलाबेलामा विविध तरिकाले अपहेलान र तेजोबोध गर्ने काम नगरिएको भन्दै इलाका प्रसासन कार्यालय धरानमा ज्ञापनपत्र बुझाएको हो ।
समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारी र सचिव कमलप्रसाद भट्टराइले हस्ताक्षर गरेको विज्ञप्तीमा केही समय पहिले हिन्धर्मलम्बीहरुले मन्ै आएका विभिन्न धार्मिक संस्कारहरु स म्पादन गर्ने गुरुपुरोहितहरुलाई नेपालका पूर्व प्रधानमन्त्री एवम् वर्तमान जनता समाजवाीका नेता डा. बाबुराम भट्टराईले आफ्नो ट्विटमर्फत निस्कृष्ट शब्द प्रयोग गरी सम्मानित गुरु पुरोहितहरुलाई हेप्ने मनसायले ‘टपरे’ भनी सम्बोधन गरेको प्रति ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमार्फत समाजले निजले प्रयोग गरेका शब्दे वैदिक कर्ममाण्ड गराउने गुरु पुरोहितहरुको मान मर्दन भएको ठहर गर्दे उक्त क्रियाकलाप्रति खेद प्रकट गरेको छ । समाजले पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो अमानवीय र समाज विरोधी गतिविधि खुल्ला रुपमा हुँदा राष्ट्र कानुन बमोजिम कारबाही नगर्नु अर्को विडम्बना भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
हरेक व्यक्तिले अपनाउने पेशा र कर्मको सम्मान गर्दै आइन्दा यस्ता निकृष्ट हर्कतहरु कतैबा भए गरिएमा तुरुन्त कारबाही गर्न समेत व्राम्हण समाज नेपाल धरान उपमहानगर समितिले जोडदार माग गर्दै धरान उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ सुनसरी, व्राम्हण समाज नेपाल केन्द्रीय कार्यालय काठमाण्डौ र व्राम्हण समाज नेपाल जिल्ला शाखा सुनसरीमा बोधार्थ समेत बुझाएको छ ।

तपाईको प्रतिक्रिया