राईद्वारा किरालाई सहयोग

धरान ÷ किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ को भवन निर्माणको लागि पत्रकार दिलबहादुर राईले नगद सहयोग गरेका छन् ।
पूर्वाञ्चल डिबिआर अनलाइन टिभीका प्रबन्धक समेत रहेका पत्रकार राईले संस्थालाई नगद १३ हजार रुपैयाँ सहयोग गरेका हुन् । मंगलबार विहान एक कार्यक्रमकाबीच पत्रकार राईले संस्थाका कोषाध्यक्ष सुनिता राईलाई उक्त नगद रकम प्रदान गरे । पत्रकार राईले आफ्नो बुबा–आमा स्व.कृष्ण बहादुर–स्व. राजकुमारी राईको स्मृतिमा नगद रकम प्रदान गरेका हुन् । उनले बार्षिक रुपमा आफुले खर्चिएको कुल रकमको केही प्रतिशत रकम यसरी नै उहाँहरु –आमा बुबा)को नाममा सामाजिक सेवामा खर्चिदै आएको बताए ।
उनले बराहक्षेत्रस्थित नहडाकी मृगौला पीडित चम्फा माया याम्फुलाई नगद २ हजार रुपैयाँ र संखुवासभाकी हाल बीपी प्रतिष्ठान धरानमा उपचाररत रिमा तामाङलाई उपचारार्थ नगद २ हजार रुपैयाँ सहयोग गर्न लागेको बताए ।

तपाईको प्रतिक्रिया