बिजयपुर अस्पताल प्रा.लि. धरानमा बरिस्ठ सर्जन डा.गजेन्द्र दास द्वारा महत्वपूर्ण शल्यक्रिया

धरान÷दायाँ हातको पाखुरामा सानो सुपारीको दाना जत्रो दाना थियो त्यसको खासै असर थिएन र गरिएन पनि । समय वितिरह्यो केही वढेको हो कि भन्ने लागेर करिब(करिब १०÷१२वर्ष अगाडि भारत रोजगारीको सिलसिलामा रहदा एउटा अस्पतालमा काट्नको लागि सबै तयारी गरियो तर मन्जुरी नामापत्रमा सहि गरेर अप्रेसन गर्न आफ्नो मान्छे कोही नभएको हुनाले त्यतिकै रोकिएको थियो । मेरो जन्म स्थान संखुवासभाको मादी हो तर
धरान–संखुवासभा सडक संजाल बिस्तार भएपछि केही व्यवसाय तथा केहि स्वरोजगार बन्न र गर्नको लागि पिलुवा खोलाको पुल नजिकै चैनपुर न.पा.वडा नं. ९ मा हाल बसाइ रहेको छ । दुख्ने पोल्ने केीह थिएन तर अस्वभाविक रुपमा यो मासुको डल्लो बढे सँगसँगै यसले मेरो नियमित कार्यमा तथा लत्ताकपडा लगाउन र फुकाल्न निकै कठिन हुन थालेको थियो ।


उपचार गर्नुपर्छ त्यसको अप्रेसन गरि फाल्नु पर्छ यो समस्या बनेर क्यान्सर जस्तो जटिल रोग वा समस्य हुन सक्छ भन्ने चौतर्फी दबाब वा भनाइ अनुसार पारिवारिक सल्लाहमा यस बिजयपुर हस्पिटल प्रा.लि.धरानमा आईपुगेको छु । हाम्रो गाउँ–घर तथा जिल्लामा यस अस्पतालको खुब नाम लिने गर्दछ । यस अस्पतालबाट मेरो परिवारका सदस्यहरु पनि गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन् । त्यसकारण यस अस्पताल र यहाँका चिकित्सक, नर्स लगायत अस्पताल व्यवस्थापन प्रति पुर्ण विश्वास लाग्दछ ।
चैनपुर न.पा. वडा नं.९ पिलुवासंखुवासभा बस्नुहुने ५५ बर्षीय पेम्बा छिरिङ शेर्पाको दायाँ हतको पाखुरामा करिब ५ केजी जतिको ट्युमर लिएर बिजयपुर हस्पिटल प्रा.लि.को सर्जरी विभागमा जचाउन छोरा दावा साङ्गे शेर्पाको साथमा आउनु भएको थियो । उहाँको सम्पूर्ण समस्याको अध्ययन तथा परिक्षण पश्चात् यस अस्पतालका बरिस्ठ सर्जन डा.गजेन्द्र दासुको नेतृत्वमा डा.दिपक पौडेल (ऐनेस्थियोलोजिष्ट) सहितको समुहले करिब २ घण्टाको विशेष शल्यक्रिया ओटी गर्नुभई विगत ३० वर्षवाट बढिरहेको ट्युमरलाई
शरीरबाट फाल्ने जटिल तथा महत््वपूर्ण कार्य सम्पन्न भएको छ । यस प्रकारको शल्यक्रिया सयौंको संख्यामा भइरहेको भएतापनि यो एक छुट्टै र विशेष प्रकृतिको भएको भएकोले यो शल्यक्रियालाई विजयपुर अस्सपतालले सफलताको रुपमा लिएका लिएको छ । शल्यक्रिया सफल पर्न विभिन्न ढंगबाट सहयोग गर्नुहुने सम्पूर्ण ओटी समुह तथा अन्य महानुभावहरुमा अस्पतालले धन्यवाद समेत दिएको छ । अस्पतालले विशेष भुमिका निर्वाह गर्नुहुने प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनलाई पनि धन्यवाद व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया