बृजलाल अगवाल स्मृतिग्रन्थ प्रकाशन हुँदै

धरान÷मारवाडी समुदायका अग्रज,दर्जनौ परोपकारी संघ संस्थामा आवद्ध एवम् सामाजिक अभियन्ता स्व. वृजलाल अग्रवालका विवधि अविस्मरणीय पक्षलाई समावेश गरी स्मृति ग्रन्थ प्रकाशन हुने भएको छ ।
अग्रवालको निधन भएको पाँच बर्षपछि हरनाम दाश वृजलाल गर्ग स्मृति प्रतिष्ठानले उहाँको स्मृतिग्रन्थ प्रकाशन गर्न लागेको हो । स्व. अग्रवालसँग जीवनका कुनै न कुनै क्षणमा निकट रहेका, समाजसेवामा सहकार्य गरेका व्यक्तित्वहरुलाई प्रतिष्ठानले आलेख पठाउन पत्राचार समेत गरिरसकेको छ ।
हरनाम दाश गर्ग स्मृति प्रतिष्ठानका महासचिव पवन अग्रवालका अनुसार प्रकाशानार्थ स्व. अग्रवालसँग सम्बन्धित शैक्षिक, धार्मिक, सामाजिक एवम् निर्माण सम्बन्धी कार्यहरुका सम्बन्धमा भएको योगदान वा अविस्मरणीय क्षण समेटी आलेख उपलब्ध गराउन पत्राचार गरिसकिएको छ । स्व. हरनामदाश अग्रवाल र स्व.चन्द्रदेवी अग्रवालका सुपुत्रका रुपमा वि.सं. १९८९ साल भाद्र २३ गते धरानमा जन्मनु भएका स्व. वृजलालले समाजका हरेक क्षेत्रमा कुनै न कुनै रुपमा योगदान पु¥याउनु भएको छ । उहाँका योगदानलाई चीरकालसम्म स्मरणीय बनाउन स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको महाचिव अग्रवालले बताउनुभयो ।
वि.ंस. १९९९ सालमा १० बर्षको उमेरदेखि नै व्यवसाय शुरु गर्नुभएका अग्रवालको एउटै मान्यता रहेको थियो । आफूले आर्जन गरेको केही निश्चित
रकम परोपकारको क्षेत्रमा लगाउनुपर्छ । यो मान्यतालाई उहाँले जीवनपर्यन्त पछ्याउनुभयो । आफै पनि विभिन्न
परोपकारी, सामुदायिक भवन निर्माणमा जुट्नुभयो । धरान १२ स्थित अग्रसेन भवनको अध्यक्ष, नेपाल अग्रवाल सभा धरानको संस्थापक अध्यक्ष, पिण्डेश्वर संस्कृत मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, पूर्वाञ्चल विपस्यना केन्द्र धम्म विराटनगरको अध्यक्ष, धरान १६ स्थित इस्कोन मन्दिरको सल्लाहकार, निः सहाय बालबालिका सेवा आश्रम इटहरीको आजीवन सदस्य, सरस्वती बाल अनाथ आश्रमको आजीवन सदस्य, महाकाल शनि मन्दिरको आजीवन सदस्य, मुगालक्ष्मीदेवी मन्दिर व्यवस्थापन समितिको कार्यसमिति सदस्य लगायत दर्जनौ संघ संस्थामा उहाँको आवद्धता रहेको थियो ।

तपाईको प्रतिक्रिया