बाउरामले थर बदले
आयाराम गयाराम नेताका रुपमा चर्चा कमाएका हिसिला स्वामी
बाउरामले यसपटक थरै परिवर्तन ग¥या छन् । छेपारोले रंग बदले जस्तै यिन्ले जहिल्यै पनि बदल्न मात्र जान्या छन् । यस भन्दा अगाडि जनमोर्चाको कात्रो पालेर माउवादीको जामा लगाए । माउवादीको जामा चारतिर भ्वाङ्ग
पारेपछि त्यसलाई मिल्काएर आफैले नयाँ शक्ति नाम गरेको भोटो सिएर लगाएर हिडे । त्यो समेत चारतिर काम नलाग्ने, कसैले नपत्याउने भएसी उपिन्दर जादवसँग मागेर धोती लगाए । त्यसरी यिन्ले कति बदले बदले ? अब अहिले आएर केही जोर नचलेपछि आफ्नो थर नै कामी राख्या छन् । आजसम्म कुनै कामीले हामी फलानाको थर लेख्छम भन्या छैनन् । उनेरलाई त्यसैमा गौरव छ । तर बाउरामलाई के झ्वाँक चलेछ कुन्नि ? ड्याम्मै कामी लेख्दिए । बाउरामको थर परिवर्तन भएसी’ हिस्स परेकी हिसिला र मानुषीलाई कम्ता आपत प¥या छैन । सँगै सति जान पनि नसकिने सँगै बस्न पनि नसकिने क्या आपत्त ? बाठो लड्छ सय बल्ड्याङ्ग लाटो लड्छ एक बल्ड्याङ्ग भन्या यही हो । ठीस भए छन् क्यारे भनौ भने आकाश पाताल छेड्ने गफ जोत्छन् । ठिँस हैन भनौ भने के बर्बराउछन् पत्तै पाउन छाडे ।
दश अर्बले खलास गर्ला जस्तो छ
यस पटक त दुई तिहाइको कमाउनिस्टको सरकारले उधुमै
मच्चायो । कारोनाको हाउगुजी देखाएर जन्तालाहरुलाई घरबाट बाहिर निस्कनै नदिएर जन्ताले तिरेको कर ग्याम कि ग्याम बजाएछन् । एक्कासी कोरोना भगाउ अभियानमा १० अर्ब रुपैये सिद्धिएको भनेर वही खाता तेस्र्यायो । कसैले सुको पैसा पाएको हैन, बाख्रा गोठ र भैसी गोठमा कोचारिएको
क्वारेन्टाइनमा बसालेको भुक्तभोगीहरुले बिर्सेका छैनन् । अनि हरहिसाबचाहिँ १० अर्बको ? आची गर्नेहरुलाई भन्दा देख्ने लाई लाज भन्या यही हो । जादुगरले गायब बनाए झै १० अर्ब सिद्धियो भनेसी कस्को कन्पारो तत्दैन ? त्यसैले सोझा मनुवाहरु यतिखेर कमाउन्सिट
सरकारका विरुद्धमा तथानाम फलाक्दै सडकमा उफ्रन थाल्या छन् । १० अर्ब डकार्नेहरु आत्तिएर सडकमा उफ्रनेहरु विरुद्ध कहिले पानीको फोहोरा हाल्छन् कहिले बाँसका लौराले घुइत्रो हान्छन् । आफ्ना नजिकका जोइटिंग्रे सञ्चारकर्मी डाकेर १० अर्बको हिसाब माग्नेहरु फलानो वादी हो भनेर आरोप लगाउँछन् । हे शिव ती कमाउनिस्टहरुको धोक्रो पनि कति बढेमानको बनाइद्या होला ? जति खाँदे पनि आँट्ने । १० अर्बले कमाउन्सिट सरकारलाई खलास पार्ला जस्तो पो छ ।
राष्ट्रको नाममा सम्बोधन
हाम्रा देशका चार मृगौले पर्धानमन्तरी कम्ता विचित्रका छैनन् । अर्थोक केही नभएपनि आफ्ना देशका नागरिकहरुलाई पर्धानमन्तरीले १५÷१५ दिनमा सम्झन थाल्या छन् । १५ दिनसम्म वाल्वाटारको कोठाबाट बाहिर निस्कदैनन् । १५ दिन पछि जुरुक्क उठेर आएर राष्ट्रका नाममा सम्बोधन गर्छन् । के के न गरी टोपले भनेझै एक दिन गुड्डी हाक्छन् त्यसपछि वाल्वाटारतिरै छिर्छन् । पहिले पहिलेका सरकार प्रमुखहरु कुनै गतिलो काम
गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्थे । अहिले त्यो परम्परा टुटेछ । टुट्नु पनि स्वभाविक हो । पहिला पहिला प्रजतन्त्रका नाममा सम्बोधन गर्थे । पहिला पहिला प्रजातन्त्र,लोकतन्त्र थियो । अहिले गनतन्त्र आ’छ । त्यसमाथि कमाउनिस्टको दुई तिहाइको सरकार । देश र जनतका लागि केही लछारपाटो नलगाए पनि सम्बोधन चाहिँ गर्न सकिन्छ भनेर पर्धानमन्तरीले ग¥या रे ।
खोल्न दिने तर नदिने
सरकारको बहुलठ्ठी निर्नय देख्दा घण्टाघलाई हिजो आज कुरी कुरी लागेर आउन थाल्या छ । कोरोनाको बहानामा जन्तालाई झण्डै तीन महिना घरभित्र थुन्यो । कोरोना झन झन बुर्कुसी मारेर वहुसंख्यक भए । कोरोना नियन्त्रणका नाममा झ्याम कि झ्याम राज्येकोषबाट रकम बजाउन रोकिएन । लकडाउनमा सबै मन्त्रीहरु मोटाएर अरिमठ्ठे भए । तर कोरोनाकै हाउगुजी देखाएर मजदुरलाई काम गर्न दिएन, पसलेलाई पसल खोल्न दिएन, यातायात, होटल, उद्योग धन्दा सबै चौपट बनायो । अति भसपी जन्ता सडकाँ आए । कोरोनो सरकारले अलिकति लचकता अपाउने निर्नय ग¥यो । अब उप्रान्त मोटरसाइकल चल्न दिने तर पछाडि श्रीमति समेत बोक्न नपाइने, होटल खोल्न दिने तर बसेर खान नदिने, पसल खोल्न दिने छानेर सामान लिन नपाइने, यातायात चल्न दिने तर आधा मात्र यात्रु बोक्न पाइने । ख्याल गज्जबको निर्नय छैनन् । बरु बन्दै गरिदिनु नि टन्टै साफ । कि कसो हौ ?
नारा पनि कस्ता कस्ता ?
मृगौला चार, थुतुनो हजार, दिमाग झार, जय होस ओली सरकार । गाँठे नारा पनि कस्ता कस्ता बनाएका हौ ? काठमाण्डौका सडकमा मात्र नभएर देशैभरिका सडकमा यस्तै नारा लगाएर युवा विद्यार्थीहरु उफ्रदैछन । उफ्रनुको प्रमुख कारन कोरोनामा पर्धानमन्तरीले १० अर्ब सिध्याइदिए त्यसको हिसावकिताव चाहियो रे । के तुक न बेतुकको माग
राख्या होलान् ? यत्रो महामारी फैलिया बेला मन्तरीलाई कोरोना कसरी फैलदैछ भनेर नयाँ नयाँ गाडी किनेर दिनुप¥यो, यही बेला राष्ट्रपतिले ल्याङ्ग–ल्याङ्ग
गरेकोले यसो एक आद्य करोडको कार्पेट ओछ्याइदिनु प¥यो, लकडाउनले मन्तरीहरु सबै निवासमै थुनिएका हुँदा उनेरलाई स्थानीय जिम खाना खोल्दिनु प¥यो, सक्कली मगाउन नसकेपनि नक्कली नै भएपनि कोरोना परीक्षण गर्ने किट किनि दिनुप¥यो, । विचरा पर्धानमन्तरीलाई कम्ता गाह«ो परेन । भन्न पो सजिलो छ काम गर्न त गाह«ो छ नि । वित्थामा अबुझहरुले त्यसरी सडकमा नारा लगाएका । फेरि दश अर्बको हिसाब किन दिनु ? वडो हिसाब खोज्न आएका थिए वाल्वाटारमा प्रहरीले पानी छ्याप्दै दनक दिएछन् ।
बढाएका छन् बढाएका छन्
जन्तालाई लकडाउन गराएर घरमै थुनेर कर तिर भन्ने सरकारले अस्तिका दिन मन्तरीदेखि सांसदसम्मको तलब ह्वात्तै बढाएछ । मौका यही हो । आफ्नो तलब भत्ता आफैले बढाउन पाउने अधिकार छँदैछ । फेरि यस्तो महँगी बढ्या छ । घरवार जोड्नै प¥यो, श्रीमतिका लागि गहना थुर्पादिनै प¥यो । इष्टमित्र आफन्तका अगाडि मन्तरी, सांसदको धक्कु लगाउन रवाफै देखाउनै प¥यो । दुई बर्ष अगाडिको तलब भत्ताले पुग्ने कुरापनि भएन । फेरि नेपालमा
राजनति गर्ने भन्या अफ्ना र परिवारका लागि हो । भत्ता, तलब बढायो भनेर विरोध गर्नेहरु जोरी पारीमात्र हुन् ।
पारित हुदैमा फिर्ता भयो
नेपालका संसदहरुले यसपटक बडो बहादुरी देखाएर कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई निशान छापमा राख्ने भनेर निर्नय गरेछन् । निर्नय त गरे तर अझै हो कि हैन भनेर पर्मान खोज्न एउटा समिति बनाका छन् रे । यस्ता कुराको टुंगो पहिल्यै गर्नु पदैैन ? चौतर्फी ठँस ठस्ती गन्हाउन थालेसी जन्ताका आँखामा छारो पो हाल्या हुन कि ? निशान छापमा राख्ने वित्तिकै त्यो भूभाग सुलित्त पाइने हो र ? रामेलाइ सीतासँग विवाह गर्न मन लाग्यो भनेर मात्र हुन्छ ? सीताले पनि त रामेसँग विवाह गर्न मान्नुप¥यो नि । संसदमा बुरुक वुरुक उफ्रेजस्तो सजिलो होला भन्ठान्या होला न गुइठेहरुले े। हेर्दैजाम फिर्ता ल्याए भने गरेछन् गाँठे भनमला, दिपाली गरमला । हैन भने उही हो गुएँलाको फूल ।
अन्तेमा
राजिन्दर महतोलाई सबैले दुत्कार्थै, गाली गलौज गर्थे । अस्तिका दिनदेखि तिन्लाई सबैले वाहवाही गर्न थाल्या छन् । कसैले धोती भन्थे, कसैले फलानाको मान्छे भन्थे । अस्तिका दिनदेखि सबैले आफ्नै मान्छे भन्न थाल्या छन् । शनिवार संसदमा तिन्ले बडो गज्जबको भाषन हान्दिए । तिनका अगाडि खुंवार राष्ट्रवादी खप्रओ पनि यसपटक फिक्का भएका छन् । सबैतिर राजिन्दर महतो हाइ हाइ भा’छन् । अर्का मधेशी नेता उपिन्दर जादव पनि यतिबेला खुंखार राष्ट्रवादी भा’छन् । जे होस मधेशी नेताहरुको दिन फि¥या छन् । अब चाहिँ केही होला कि ?
