धरान २० जेष्ठ ः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसुलेसनमा रहेका विरामीमध्ये १८ जना विरामी निको भएर घर फर्किएका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार निको हुनेमा धरान १३ की महिला र १७ जना झापामा रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार दुई पटक पिसिआर जाण्ôच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको उहाले जानकारी दिनुभये ।
उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलले विदाई गर्नुभएको थियो ।
प्रतिष्ठानको आइसोलेसनमा अझै ८० जना संक्रमित व्यक्तिहरु रहेका छन् । ती सबै झापाका रहेका छन्् ।
