लकडाउनका कारण सबै क्षेत्र प्रभावित

धरान । कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण गर्न चैत्र ११ देखि लगातार गरिएको लकडाउले सम्पूर्ण क्षेत्र धरासायी बनेको भन्दै लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्नेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
सुनसरीको धरानमा आयोजित पर्यटनमा परेको असरबारे सुनसरीका महिला पत्रकारहरूलाई एक दिने क्षमता अभिवृद्धि तालिमक अवसरका सो कुरा बताइएको हा ।
क्रियाशील पत्रकार महिला सुनसरीको आयोजनामा आइतबार धरानमा क्षमता अभिवृद्धिबारे तालिम प्रदान गरिएको हो । कोरोनाले विश्वको अर्थतन्त्रमा नै प्रभाव पारेको बेला लकडाउनले सर्वसाधारणको जीवनयापनमा समस्या ल्याएको सहजकर्ता भवानी बरालले बताउनु भएको थियो ।
उहाले पनि पर्यटन क्षेत्र पनि यसबाट अछुतो नरहेको बताउदै कोरोना संक्रमणको संख्या विश्वमै भयावह अवस्थामा बढ्दै गएकोले अब लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले नेपालको सन्दभृमा लकडाउन मात्रै भयो तर विकल्प नदिएको बताउदै कम्तीमा सरकारले विकल्प दिएर लकडाउन गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले पर्यटकहरूको विश्लेषण गर्दा नेपालमा तीन खाल्का पर्यटक ‘हिमाल हेर्ने, जैविक विविधता अध्ययन गर्ने र मनोरञ्जन’ गर्नेहरू मात्रै आउने गरेको बताउनुभयो । त्यसक्रममा सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ र क्रियाशील पत्रकार प्रदेश १ की अध्यक्ष गंगा बरालले सहजीकरण गर्नुभएको थियो । सुनसरीकी अध्यक्ष चाम्लिङले कोरोना महामारीका कारण लकडाउन लम्बिरहँदा पर्यटन व्यवसाय ध्वस्त भइरहेकाले त्यसविषयमा कसरी रिपोर्टिङ गर्न सकिन्छ भन्नेबारेमा जानकारी गराउन तालिम दिइएको बताउनुभयो ् ।
सामाजिक दूरी कायम गरेर गरिएको तालिममा सुनसरीको इटहरी, इनरुवा र धरानका सक्रिय महिला पत्रकारहरू सहभागी रहेका थिए । प्रदेश सांसद् विकास कोषको सहयोगमा कार्यक्रम गरिएको हो । तालिममा सुनसरीका २० महिला पत्रकारहरू सहभागी थिए् ।

तपाईको प्रतिक्रिया