सुनसरीका सञ्चार कर्मीको कोरोना टेष्ट

धरान ६ जेठ ः अग्रभागमा रहेर समाजका लागि काम गर्नेहरुमाथि धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेपछि आज सुनसरीका पत्रकारहरुको पिसिआर विधिबाट कोरेनाको टेष्ट गरिएको छ ।
इटहरीको सुनसरीस्थित जनता क्याम्पसमा भएको परीक्षणमा पहिलो चरणमा अग्रभागमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्ने सुनसरीको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाव संकलन गरिएको हो ।
नेपालमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु कोरोनाको जोखिममा पर्न थालेपछि सुनसरीका पत्रकारहरुको स्वाव संकलन गररिएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र इटहरी अस्पतालले स्वाव संंकलन गरेको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभयो ।
सुनसरी कार्यक्षेत्र बनाएर मोफसल तथा राष्ट्रिय स्तरसम्मका सञ्चारगृहमा काम गर्ने सञ्चारकर्मीहरु सुरक्षित रहेर काम गर्न सकून भन्ने उद्देश्यले नै महासंघको समन्वयमा पहिलो चरणमा २० जनाको स्वाव संकलन गरिएको उहाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ५ जना सञ्चारकर्मीलाई कोरोना भएको पुष्टि भइसकेको छ । यसैक्रममा सुनसरीमा समेत तीन जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण भेटिएपछि यसरी स्वाव संकलन गरिएको हो ।
लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका सञ्चारकर्मी सचिन पोख्रेलले अहिलेको विषम परिस्थितिमा सञ्चारकर्मीहरु जोखिम मोलेर भएर पनि फिल्डमा गएर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यता भएकोले सञ्चारकर्मीको कोरोना टेष्ट आवश्यक भएको बताउनुभयो ।
महासंघले गरेको कामप्रति अन्य पत्रकारहरुले खुलेर प्रशंसा गरेका छन् । इनरुवाका पुराना सञ्चारकर्मी ईकवाल अहमदको कोरोना टे्ष्ट सञ्चारकर्मीलाई आवश्यक रहेको र यसले कसरी जोखिम न्यूनिकरण गर्दै समाचार सम्प्रेषण गर्न सकिन्छ भन्ने कुरामा टेष्टपछि थप मद्दत पुग्ने बताउनुभयो ।
पहिलो चरणमा २० जनालाई गरिएको भएपनि यसलाई निरन्तरता दिने महासंघले जनाएको छ । महासंघले अहिलेको विषम परिस्थितिमा जिल्लामा रहेका सञ्चारकर्मीलाई जोखिम न्यूनिकरण गर्दै समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया