धरानमा पनि भेटियो कारोना संक्रमित

धरानमा समेत कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।
धरान १३ शिवधाराकी ५२ बर्षीय एक महिलालाई कोरोना संक्रमण भएको पाइएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा सञ्चालन गरे लगत्तै यो संक्रमण देखिएको छ । मंगलबार विहान चेक गर्न गएकी ती महिलालाई शंका गरेर थ्रोट स्वाव चेकजाच गर्दा संक्रमण भएको पाइएको हो ।
संक्रमित महिलाका विषयमा विस्तृत जानकारी नआएको भएपनि अहिले त्यो क्ष्इोत्रमा प्रहरी परिचालन गरी शिल गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । यो संगै सुनसरीमा ४ जना संक्रमित भएका छन् । यसले प्रतिष्ठानमा ओपिडी सञ्चालन गर्दा जोखिम निम्च्याउने संकेत देखिएको धरानका सर्वसाधारणले बताएका छन् । ओपिडी सञ्चालन गर्न नहुने धारणा उनीहरुको छ ।

 

तपाईको प्रतिक्रिया