धरान÷लगातारको लकडाउका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आयोजना गरेको रक्तान कार्यक्रममा ९४ पिन्ट रगत संकलन भएको छ ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दल धरान १४ विजयपुरका युवाहरुले धरान १४ का वडा अध्यक्ष कृष्ण भट्टराईको उपस्थितिमा विजयपुर चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

अत्यन्तै उत्साहपूर्ण ढंगबाट भएको रक्तदान कार्यक्रममा ६७ पुरुष र २७ जनाले रक्तदान गरेका थिए । सो अवसरमा रक्तदान गर्ने महिला तथा पुरुषलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कोरोन भाइरसको संक्रमणका बेला सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रम रगतको अभावले कसैले पनि ज्यान ज्यान गुमाउनु नपरोस र आफूहरुले गरेको रक्तदान कार्यक्रमले थोरै भएपनि रक्तसञ्चार सेवामा सहयोग पुगोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल तरण दल विजयपुरका सभापतिा जिवन थापाले बताउनुभयो ।
