धरानरभारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा भारतको ६६ औ गणतन्त्र दिवस विगतमा झै यस पटक पनि भव्य रुपमा मनाइदै छ ।
पेन्सन वितरण कार्यालयका अफिस इन्चार्ज मेजर शतिश पाटीलले झण्डोत्तलनसागै वीर शहीदहरुको स्मारकमा माल्यार्पण र सलामी दिएसागै कार्यालयमा अन्य पदाधिकारी, भूतपूर्व सैनिकहरुले समेत माल्यार्पण र सलामी दिनेछन् ।
सो अवसरमा भारतको ६६ औ गणतन्त्र दिवस र यसको इतिहासका सम्बन्धमा प्रमुख अतिथिबाट प्रकाश पारिने छ भने कार्यक्रममा उपस्थित स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी, प्रहरी प्रशासनका प्रमुखहरुबीच शुभकामना आदानप्रदान हुनेछ ।
