विराटनगर/नेपालका प्रमुख पााचवटा सीमावर्ती औद्योगिक सहरमा रेल्वे नाका पुर्याउने विगतको दुई देशबीचको सम्झौता अनुसार भारतको वथनाहादेखि मोरङ्गको कटहरीसम्मको १८.१ किलोमिटर रेल्वेमार्गमध्ये भारततर्फको ५ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ ।
भारतीय रेल्वे सेवाका महानिर्देशक राजेन्द्र सिंह बृद्धिले जनवरी ७ मा वथनाहास्थित भारततर्फ निर्माण सम्पन्न भएको रेल्वे स्टेशनको एक समारोहबीच समुद्घाटन गर्नुभएको थियो । भारत सरकारले २ अर्ब ८० करोड रुपैयाा लगानी गर्ने उक्त योजनामा नेपालतर्फ मोरङ्गको सीमावर्ती वुधनगरको भेडियारीदेखि कटहरीसम्मको १३.१ किलोमिटर रेलमार्ग कटहरीमा केही जग्गाधनीले मुआब्जामा विवाद गरेपछि काम रोखिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय रेल्वे सेवाका महानिर्देशक राजेन्द्र सिंह बृद्धिले भन्नुभयो, नेपाली पक्षबाट काममा अवरोध नभए सन् २०१६ को अक्टोबर सम्ममा नेपालको कटहरीसम्म ब्रोडगेज रेल गुड्छ । रेल्वे निर्माणका लागि भारततर्फको सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । नेपालतर्फको विवादले काममा अवरोध भएको् छ, लगातार काम गर्न पाइएन । नेपालतर्फको काम रोकिएर ढिलाई भएकोमा उहााले दु:खेसो समेत पोख्नुभयो । उहााले भन्नुभयो नेपालतर्फ सतहको काम प्राय: पूरा भएको छ । रेल्वे ट्रयाक निर्माणको जिम्मेवारी पाएको तातिया कस्ट्रक्सनका इन्जिनियर तीर्थन्कर जानाले हाल नेपालतर्फ बुधनगर स्टेशन, प्लेटफर्म, ओभरहेड ट्यांकी र यार्ड निर्माण भइरहेको छ । यहाा स्मरणीय कुरा के छ भने इन्डिन रेल्वे कन्ट्रक्सन इरकोन नेशनल (इरकोन) ले भारतको वथनाहादेखि भेडियारी बुधनगर हुादै मोरङ्गको कटहरी सम्मको रेल्वले ट्रयाक खोल्न र कल्भर्ट तथा पुल निर्माणका लागि कोलकाताको तातिया कन्ट्रक्सनलाई जिम्मा दिएको हो । वि.सं. २०६८ साल वैसाबाट रेल्वे निर्माणको काम थालनी भएको हो ।
तातियाले ट्रयाकमा करिब ८० लाख क्युवी फिट माटो भरेर जमिन देखि ठाउा हेरी तीन मिटर देखि ५ मिटर उचाईमा ग्राभेले गर्ने काम ९० प्रतिशत पूरा गरिसकेको छ । योजनामा उल्लेखित सम्झौता अनुसार नेपाल सरकारले ट्रयाकभित्र पर्ने जग्गा उपलब्ध गराउनुपर्ने र भारत सरकारले अन्य सम्पूर्ण पूर्वाधार निर्माण गर्नुपर्नेै हुन्छ । यसै अनुरुप दुई बर्ष अगाडि नेपाल सरकारले सर्भे डिजाइन अनुसार ट्रयाकमा पर्ने १ सय १९ विघा जमीन अधिग्रहण गरी इरकोनलाई उपलब्ध गराएपछि तातिया कन्ट्रक्सनले काम शुरु गरेको थियो । ट्रयाकमा अन्य काम अगाडि बढाउन जग्गाको मुआब्जा विवादले रोकिएको र मुआब्जा विवाद सुल्झने वित्तिकै काम अगाडि बढ्ने तातियाका इन्जिनियर जानाले उद्घाटन समारोहमा बताए । नेपाल सरकारले जग्गा मुआब्जामा हालसम्म ६०
करोडभन्दा बढी रकम सम्बन्धित जग्गाधनीलाई वितरण गरिसकेको छ । तर कटहरीका पदमप्रसाद गौतम,
घुरनलाल माझी, गर्की माझी, बडुलाल माझी लगायतका जग्गाधनीले मुआब्जामा दिइने रकममा चित्त नबुझाई अदालतमा मुद्दा दर्ता गरे । अदालतले समेत समयमै मुद्दा किनारा नलगाइदिादा र सरकारले समेत असन्तुष्ट जग्गाधनीहरुलाई चित्त बुझाउन नसक्दा महत्वपूर्ण योजनाको काम अगाडि बढ्न सकेको छैन । नेपाल सरकारले सीमावर्ती वुधनगर भेडियारी देखि कटहरी सम्ममा रेल्वले ट्रयाकमा पर्ने ५ सय ६५ जनाको १ सय १९ विघा जग्गा अधिग्रहण गरी ठाउा अनुसारको मुल्या्रकनका आधारमा प्रतिकट्ठा ९० हजार देखि २५ लाख रुपैयासम्म मुआब्जा वितरण गरेको थियो ।
नेपालका पााचवटा सीमावर्ती औद्योगिक क्षेत्रमा इलेक्ट्रोनिक ब्रोड गेज रेल्वे मार्ग विस्तारको भारतसाग सम्झौता भएपछि रेल्वेमार्गको काम वथनाहा कटहरीमा भने द्रुत गतिमा भइरहेको थियो । यसपछि जयनगर जनकपुर र बर्दीबासमा समेत कामले तिब्रता पाएको थियो । तर दुवै स्थानमा यतिबेला जग्गा मुआब्जा विवादले काम रोकिएको छ । यस्तै अन्य नाकामा
वीरगञ्ज पथलैया, सुनौली भैरहवा, रुपैडिया नेपालगञ्ज कोहलपुर रहेका छन् । समयमै अर्थात कामले तिब्रता पाउन नसक्नु नेपालको अस्थिर राजनीतिक समेत प्रमुख कारण हो । स्थानीय जग्गाधनीलाई विभिन्न राजनैतिक दललले उक्साएका कारण पनि मुआब्जामा विवादसागै काम रोकिएको हो । वथनाहा कटहरी रेल्वे मार्गमा तीनवटा स्टेशन रहने छन् । बुधनगरमा एउटा ठूलो कस्टम इन्डिग्रेटेट चेकपोष्ट जुन भारत सरकारले नै निर्माण गरिदिने हो , त्यसपछि कटहरीमा समेत स्टेशन बन्छ । सीमावर्ती नेपालको अैद्योगिक क्षेत्र कटहरीसम्म रेल्वे नाका आइपुग्दा उद्योग व्यवसायी फस्टाउने उद्योगीहरु बताउाछन् । उद्योगी गोपाल अग्रवाल भन्नुहुन्छ भारत र तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ हालसम्म ट्यांक लहरीबाट ल्याउदैर्छौें । जुन ढुवानीका हिसाबले महागो पर्न
जान्छ । तर रेलबाट सामान ल्याउादा सस्तो पर्न जान्छ ।
यहाा स्मरणीय कुरा के छ भने नेपालको सीमावर्ती क्षेत्रका पााचवटा औद्योगिक नगरमा रेल आउादा अथवा यस्तो संरचना भारत सरकारले बनाइदिादा भविष्यमा नेपालले पूर्व पश्चिम रेलमार्ग निर्माण गर्दा ट्याक ट्याक स्टेशन जोड्न मिल्छ । नेपालको ठूलो धनराशीको बचत हुन्छ । १८.१ किलोमिटर रेल्वेमार्ग निर्माण गर्दा जग्गा बाहेक मात्र २ अर्ब ८० करोड भारतीय रुपैयाा लाग्छ । यो सानो रकम हैन । यस्तै जयनगर, जनकपुर बर्दीबास ७० किमी छ त्यसमा झन ठूलो धनराशी खर्च हुन्छ ।
